पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
काठमाडाैं | बैशाख ७, २०८१
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले देखाएको छ । हामीले समृद्ध नेपाल सुखी नेपाली भन्दै राष्ट्रिय आकांक्षाको कुरा गर्दै आएका छौं । सबैले बुझ्ने भाषामा लोककल्याणकारी समाजवादी व्यवस्था भएको खुला समाजको रूपमा हामी अगाडि बढ्न खोज्दै छौं । यस्तो हुँदा लगानीयोग्य वातावरण छ है भनेर जनतामा विश्वास जगाउन जरुरी देखिरहेका छौं । किनकी अहिले हामीसँग पैसा नभएको होइन । निक्षेप जम्मा भएर मुद्दती र बचतमा ब्याजदर घटाउनुपर्ने स्थितिमा बैंकहरू पुगेका छन् । बैंकमा डम्पिङ भएको पैसा राष्ट्र बैंकले किन्नुपरेको स्थिति छ । यो स्थितिमा पूँजीलाई चलायमान र लगानीयोग्य वातावरण कसरी बनाउने चुनौतीलाई सम्बोधन गर्न आवश्यक ठानेका छौं ।
पहिलो कुरा वित्तीय क्षेत्रमा विसंगति देखिएको छ । सहकारीका समस्या, लघुवित्तका समस्यालाई सम्बोधन गर्नुपर्ने छ । दोस्रो भनेको राज्य सञ्चालनमा आएको विचलनको कारण अर्थतन्त्र भद्रगोल भएको छ । त्यो भद्रगोललाई सुधार्ने पहिलो काम भनेको सकिएका योजनाको भुक्तानी दिने हो । त्यसपछि ठूला परियोजना जसले तत्काल रोजगारी पनि सिर्जना गर्छन्, पूँजीगत खर्च पनि हुन्छ त्यो ठाउँमा लगानीलाई केन्द्रित गर्ने हो । सामाजिक विकासमा थालिएका कामलाई निरन्तरता दिने हो ।
बजेटको सीमितताले यसमा थप गर्न सकिँदैन । आन्तरिक ऋण लिएर विगतमा मुलुकलाई चलाउँदै आएका छौं । ओभर ड्राफ्टमा मुलुक जाने खतरा बढ्दैछ । त्यो खतराबाट जोगिन हामीले अनावश्यक ढंगले बजेटको साइजलाई बढाउनु पनि हुँदैन । बजेटको सिट ठूलो देखाएर घोषणा गर्ने हाम्रो अभ्यास पनि छ । यति खर्ब उति खर्ब बनायौं भन्छौं । यसको असर एक वर्ष नपुगी देखिन्छ । किनकी पैसा नभएपछि प्रश्न उठ्छ, प्रश्न उठेपछि पूरक बजेटमा जानुपर्छ । पूरक बजेटमा जाँदा अघिल्लो बजेटमा फेल भएका विषय हुन्छन् । त्यसले गर्दा एकपटक लिएको आन्तरिक ऋणलाई अर्कोपटक सल्टाउनुपर्दा चर्को हुन्छ । फेरि पनि ऋण लिनुपर्ने चक्रमा फस्छौं । यसकारण माइक्रो इकोनोमिक्सलाई एक ढंगले लयमा फर्काउने पहिलो प्रयत्न गर्छौ ।
हामीसँग अहिले पैसा नभएको होइन । निक्षेप जम्मा भएर मुद्दति र बचतमा ब्याजदर घटाउनुपर्ने स्थितिमा बैंक पुगेका छन् । बैंकमा डम्पिङ भएको पैसा राष्ट्र बैंकले किन्नु परेको स्थिति छ ।
केही केही संरचनागत सुधारका कुरा छन् । विकास निर्माणका सन्दर्भमा सार्वजनिक खरिद काम लाग्दो भएन । सार्वजनिक खरिद अनुगमन कार्यालयलाई प्रभावकारी बनाउन सकिएन भन्ने छ । यसलाई संरचनागत सुधारको बाटोमा लिएर जानुपर्ने हुन्छ ।
तेस्रो प्रोजेक्ट छ, डीपीआर छैन । कसरी प्रभावकारी काम गर्ने भन्ने कुरा छैन । फन्डिङ स्रोतको कुनै लेखाजोखा छैन । स्रोत सुनिश्चित गरेर बजेटलाई त्यत्तिकै फुकाइएको छ । काम भएको छैन तर त्यत्तिकै ठेक्का लगाइएको छ । रद्द गरेर जान मिल्ने भए यसै गरी जाने नीति छ । भौतिक पूर्वाधार मन्त्रालयमा मात्रै डेढ दुई खर्बको स्रोत सुनिश्चित गरेको समस्या छ । ६० वर्ष भन्दा बढी सम्पन्न भएका कामको भुक्तानी गर्न बाँकी छ । अर्को भनेको राजस्व संकलनको चुनौती पनि बढेर गएको छ । हाम्रा केही विरोधाभास पनि छन् । वातावरण मैत्री बन्न विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिएका छौं । यसरी प्राथमिकता दिँदा भन्सार छुट गरेका छौं । त्यो भन्सार छुट गर्दा एउटा गाडी आउँदा २७० प्रतिशतसम्म लिन सक्ने शून्यमा झरेको छ । त्यसैगरी विद्युतीय गाडी भित्रिँदा पेट्रोलियम पदार्थको आयात पनि कम हुन्छ । आयात कम हुँदा भन्सारबाट लिइने राजस्व पनि सुकेर जान्छ ।
ठूलो संख्यामा अहिले युवाहरू विदेशमा छन् । अहिले भेपको कुरा आयो । पहिले रक्सी र चुरोटमा धेरै कर लगाएर आयकरको प्रतिशत बढाउँथ्यौं । तर, धुम्रपान गर्ने युवाहरूको ठूलो समूह विदेशमा छ । युवा नै विदेशमा हुँदा यो माध्यमबाट उठ्ने कर पनि साँघुरो हुँदै गएको छ । कर संकलनको यस्तो प्याटर्नलाई कसरी फेर्ने भन्नेतिर पनि लाग्नुपर्ने छ ।
अर्थतन्त्रमा देखिएका यी सबै समस्यालाई समाधान गर्ने विधि अर्थमन्त्री र सरकारले सोच्छ । त्यही हिसाबले जनतामा विश्वासमा जगाएर अघि बढ्ने हाम्रो समीकरणको सरकारको प्राथमिकता छ ।
यसपटक प्रधानमन्त्रीलाई जस्तो गर्दा सहज हुन्छ त्यस्तै गर्ने नीतिमा एमाले लागेको छ । किनकी अस्थिरता बढ्दा बढ्दा धेरै कुराको मनोवैज्ञानिक उपचार गर्नुपर्ने हुन्छ । सबै क्याबिनेट एमालेले चलाउन पाएको भए अझै राम्रो हुन्थ्यो । यो एउटा तथ्य नै हो । हामीलाई संसद्को अंकगणितले साथ दिएन । अरु दलसँग मिलेर जानुपर्ने अवस्था छ । यस्तोमा अरु दलले पनि महसुस गर्नुपर्छ । हामीले सत्ता रहोस् भनेर यो वा त्यो मन्त्रालय भनेर यसपटक दाबी गरेनौं । यदि जनताले महसुस गरे सत्ता साझेदार दलले महसुस गरे, अर्थमा एमालेको मन्त्री आए अझै राम्रो हुन्थ्यो भन्ने भए त्यो पनि गरिएला । तर अहिले एमाले यो सरकारको धरौटीमा छ । एक किसिमले हामी सरकारको ग्यारेन्टर हौं । यसैले बजेट बन्दा एमालेसहितको सहमतिमा बन्छ । यसकारण बजेटबारे चिन्ता लिन जरुरी छैन ।
बजेटहरू कहिल्यै पनि पपुलिस्ट हुनु हुँदैन । काम पपुलर गर्ने हो तर, बजेट पपुलिस्ट ल्याउने होइन । किनभने वित्तीय काम प्राविधिक विषय हो । अर्थ मन्त्रालयले यी प्राविधिक पक्षलाई ख्याल गरेर मात्रै बजेट बनाउनुपर्छ । अहिले जतिसुकै ठूलो कुरा गरे पनि खर्च गर्ने पैसा छैन । त्यसकारण पहिले सम्पन्न भएका कामको पैसा तिर्ने, बाँकी योजना पूरा गर्ने तर, नयाँ योजनाको लागि हतारिनु हुँदैन । ठेक्का भइसकेका कामलाई निरन्तरता दिने हो । स्रोतको सीमा पनि छन् । आर्थिक र स्रोत व्यस्थापनमा ध्यान दिनुपर्छ । बहुमतको सरकारमा भएजस्तो अर्थतन्त्र ५/७ प्रतिशतमा विकसित भइरहँदाको विषय एउटा पाटो हो । तर, अर्थतन्त्र संकुचन भएको बेलामा, शिथिलतातिर गएको बेलामा धेरै कुरा हुन सक्छजस्तो लाग्दैन । यो कुरा अर्थमन्त्रीले पनि बुझ्नुभएको छ ।
अहिलेको सरकार पहिरो रोक्ने मात्रै हो । यसमा भुल्न हुँदैन । २०७९ पुस १० गते जुन उत्साह थियो आजका दिनमा त्यति उत्साह छैन । किनकी १५ महिनामा धेरै कुरा बिग्रेको छ । कमी भएको छ, बिग्रिएको छ भन्ने कुरालाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ । त्योबाहेक अरु विकल्प छैन ।
एक ठाउँमा गभर्नरको तर्क सुन्दै थिएँ– शहरका सटर बन्दबारे उहाँले डिपार्टमेन्टल स्टोर धेरै खुलेको बताउनुभएको थियो । प्राविधिक रूपमा यो पनि होला । अर्को भनेको अर्थतन्त्र चलायमान नभएकोले पनि हो । जुन मात्रामा सेवा क्षेत्रको होटल, रेष्टुरा, कफी सपहरू खुलेका छन् यसले केही नभएको भन्ने मात्रै देखाएको छैन । हाम्रो समाज लोअर क्लासबाट लोअर मिडिल क्लासतिर उक्लिसकेको कारणले समाजको अपेक्षा पूरा गर्नुपर्ने स्थिति पनि छ । त्यसकारण निराशा चिर्ने पहिलो काम र दायित्व सरकारको हो । यसको लागि लगानीयोग्य वातावरण छ भन्ने देखाउनुपर्छ । यसको लागि चाहिने कानुन तुरुन्त ल्याउनुपर्छ । पहिले जुन कानुनले, जुन ब्यूरोक्रेटिक हर्डलले काम भएन भन्ने लागेको छ । त्यसलाई फेर्नुपर्छ । औद्योगिक क्षेत्रमा पहिले काम नहुनेलाई श्रमिकहरू हड्ताल र अशान्तिलाई लिइन्थ्यो । तर, अहिले त त्यो न्यारेटिभ परिवर्तन भएको छ । अहिले ब्यूरोक्रेटिक हर्डलले जटिलता ल्यायो भन्ने आइरहेको छ । एक छाना मुनिबाट भन्ने थियो । तर, अब एउटै टेबलबाट प्रक्रियाबाट लानुपर्ने विषय आएका छन् । यो नयाँ न्यारेटिभलाई सरकारले सम्बोधन गर्नुपर्छ ।
एमाले उपमहासचिव रिमालसँग लोकान्तरका लागि रमेश सापकोटाले गरेको कुराकानीको पहिलो अंश ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...