×

NMB BANK
Dabur

वर्तमान राजनीतिक परिदृश्य

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

काठमाडाैं | कात्तिक ३०, २०८०

NTC
Premier Steels

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैसियतमा जापान भ्रमण गर्दाको विषय उल्लेख छ ।

Sagarmatha Cement
Muktinath Bank

जापानका लागि तत्कालीन राजदूत केदारभक्त माथेमाले बीपी कोइराला जीवित छँदै नेपालका लागि जापानी राजदूत रहेका एकजना जापानी कूटनीतिज्ञलाई आफ्नो निवासमा 'डिनर'का लागि बोलाउनुभएको रहेछ र पूर्व प्रधानमन्त्री देउवासँग चिनजान र कुराकानी गराउनु भएछ । त्यस साँझको प्रसंग उल्लेख गर्दै प्रा. सुवेदीले लेख्नुभएको छ, 'तपाईं जतिबेला नेपालको राजदूत भएर बस्नुभयो, बीपी जीवितै हुनुहुन्थ्यो । तपाईंको उहाँसँग धेरैपटक भेट पनि भयो । संयोगले आज बीपीकै पार्टीको नेता र पूर्व प्रधानमन्त्री देउवाजीसँग भेट भयो । अब तपाईं बताइदिनुस्, बीपी र अहिलेका नेतामा के फरक पाउनु भयो ? ती जापानीले जवाफ दिएछन्, 'हो मैले उहाँलाई धेरैपटक भेट्ने अवसर पाएँ र विभिन्न विषयमा गहन छलफल समेत गरियो । उहाँबाट म निकै प्रभावित पनि छु । बीपी नेपालको भविष्य र भविष्यको नेताका बारेमा निकै चिन्तित हुनुहुन्थ्यो, अहिलेका नेताको बारेमा मलाई थाहा छैन ।' यस प्रसंगले एउटा राजनेताको चिन्तनको केन्द्र र भविष्यको प्राथमिकतालाई दर्शाउँछ । र, हामीले के गर्नुपर्नेमा के गर्‍यौं भन्ने छुट्याउँछ । अब यस विषयमा समीक्षा र आत्मचिन्तन गर्ने ठाउँमा स्वयं शेरबहादुर देउवा हुनुहुन्छ । यसको जिम्मा उहाँलाई नै छाडी दिऊँ । समग्र देशको आजसम्मको ऐतिहासिक समीक्षा दिउँसोको घामझैं छर्लङ्ग छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालीमा एउटा उखान छ, 'नाच्न नजान्ने आँगन टेढो' नेपालको राजनीतिमा यतिबेला यही उखान चरितार्थ भएको छ । जनताको व्यापक समर्थन पाएर निरन्तर सत्तारूढ भएका राजनीतिक दलले शासन चलाउने ढंग नपुर्‍याएर जनआक्रोश चुलिँदै गएपछि केही दिन अघि बैठक गरेर व्यवस्थामाथिको खतरा देखाउन थालेका छन् । यो फत्तुर निकै उदेकलाग्दो र टीठलाग्दो पनि छ । यसले एकपटक फेरि जग हँसाएको छ । राज्यको बागडोर प्राप्त गरेपछि आफूले के–के गरियो, सिंहावलोकन र आत्मसमीक्षा गर्ने फुर्सद वा इमान्दारी कसैमा छैन । कम्तीमा १५ वर्षअघिको नेपाल र अहिलेको नेपालमा के अन्तर आयो ? विकास कति भयो ? जनताको जीवनस्तर कति माथि उठ्यो र समग्रमा देश कति धनी भयो ? भन्ने विषयमा देश चलाएका दलहरूको निष्कर्ष के हो ? किनभने पन्ध्र वर्ष देश विकासको जग बस्न पर्याप्त समय हो ।


Advertisment
SBL

भर्खरै १८ वर्ष नाघेका किशोरकिशोरीहरू उमेर ढल्कदै गरेका बाबुआमालाई धरधरी रुवाएर विदेशिनुपर्ने नियति कसले सिर्जना गर्‍यो ? स्वदेशमा जीविकोपार्जनको कुनै विकल्प नभएपछि नेपालका भर्भराउँदा युवा भोक मेटाउन र परिवार पाल्न अरब जानुपर्ने बाध्यतामा कसले पुर्‍यायो ? दलाललाई लाखौं बुझाएर पनामाको जंगल हुँदै अमेरिका भासिने क्रममा सयौंले जीवन गुमाउनु पर्ने कहालिलाग्दो पीडाका लागि जिम्मेवार को ? यी प्रश्नको जवाफ के छ ? अनि राजनीतिक प्रणालीमाथिको खतरा देखाउँदैमा विगतको कमजोरी ढाकछोप हुन्छ र जनताको चित्त बुझ्छ ?

Vianet communication
Laxmi Bank

जुन राजनीतिक प्रणालीका लागि जनता स्वयं लामो लडाइँमा सामेल भए, ज्यान गुमाए, दुःख झेले र सर्वस्व गुमाए, त्यो प्रणालीप्रति जनताको ममत्व हुँदैन र ? यस विषयमा दलका सीमित नेताले सिकाउनुपर्छ र ? हिजो सडकमा जनाधिकारका निम्ति को लड्यो ? नेता मात्रै हो कि जनता पनि हो ? के एक्लै वा सीमित नेताले वर्तमान प्रणाली ल्याएको हो ? यतिबेला जनताले चित्त बुझाउने ठाउँ कहाँ हो ? यस्तो स्थितिमा व्यवस्थामाथिको खतरा देखाएर जनताको ध्यान अन्यत्र मोड्न खोज्नु जनताप्रतिको इमान्दारी हो र ? 

नेपालमा अहिले मुख्य दुईथरी राजनीति मौलाएको छ । एकथरी उग्रवामपन्थीहरू जनताको संवेदनामा खेलेर कहिले जनजीविका र मुक्तिका सस्ता कर्णप्रिय नारा, त कहिले उग्रक्रान्तिकारी कुरा गरेर थाकेका छैनन् । यिनिहरू घरिघरि आफ्नो सिद्धान्तमै नभएको जातिवाद र राष्ट्रवादको नारा समेत उराल्छन्, भैंसी पूजा र क्षमा पूजा गर्छन्, राम, लक्ष्मण र सीताको मूर्ति बनाउँछन् । यी समूहले काम गर्ने मौका पाउँदा अवसरको चरम दुरुपयोग गर्दछन् । जनताको चाहना र समाजको आवश्यकतासँग यिनिहरूलाई कुनै सरोकार हुँदैन । बोली र व्यवहारमा पटक्कै तालमेल नभएको यो समूह जनअनुमोदित हुँदै बारम्बार सत्तामा पुगेको छ, तर परिणाम शून्य छ । 

अर्कोथरी उग्रदक्षिणपन्थीहरू राष्ट्रवाद या धर्मको नारा लगाउँछन् । नेपालको सन्दर्भमा "धर्म निरपेक्ष वा धर्म सापेक्ष राष्ट्र" सार्वजनिक बहसको विषय छ र यो केही हदसम्म तार्किक पनि छ, तर यसको झण्डा बोक्नेहरू मध्येको सानो संख्या मात्र इमानदार देखिन्छ । ऊ चाहन्छ नेपाल विश्वको एकमात्र हिन्दू राष्ट्र बनोस् । यस तर्कलाई नाजायज भन्न सकिँदैन । तर, बाँकी धर्मको नामका राजनीतिक व्यापारी छन्, जो धर्मको आगोमा आफ्नो स्वार्थको रोटी सेकाउन चाहन्छन् । यिनीहरूले आफ्नो सत्ता स्वार्थ पूरा गर्न धर्मलाई हतियार बनाएका छन् । अब यिनले लगाउने राष्ट्रवादको नारा समेत देखाउने दाँत हो । इतिहासको विभिन्न कालखण्डमा आफ्नो सत्ता जोगाउन यिनीहरूले विदेशी शक्तिसँग अनुचित सम्झौता गरेका छन्, जसको मूल्य हामी अहिले चुकाइरहेका छौं । यिनीहरूले चलाउँदा देशको हालत कस्तो थियो, हामी सबैलाई राम्रोसँग थाहा छ ।

जनताको सहने सीमा नाघिसक्यो । त्यसैले अवस्था प्रस्ट छ कि प्रणालीमाथि होइन, नेता वा व्यक्ति विशेषमाथि खतरा छ । यो नेपाली जनताको मन मनको कुरा हो र राजनीतिक, सामाजिक यथार्थ हो । अब विषयान्तर गरेर जनता झुक्किनेवाला छैनन्, दूधको दूध पानीको पानी छुट्ट्याउने समय आएको छ ।

अब अर्का दुईथरी पनि छन्, जो पुराना दल र नयाँ दलमा बाँडिएका छन् । पुराना दलले थोरबहुत जनताको विश्वास त पाएका छन्, तर भरोसा जित्न सकेनन् । बारम्बार अवसर पाउँदा समेत गरेर देखाउन सकेनन् । पुराना दलप्रतिको जनविश्वासमा पहिरो गएर क्रमिक रूपमा जनाधार भत्किँदै गएको छ, तथापि थोरबहुत जग बाँकी नै छ । यसको जगेर्ना नगर्ने हो र समयमै होस् नपुर्‍याउने हो भने नामोनिशान बाँकी रहने छैन । तर, होश आउने कुनै लक्षण छैन ।

अब नयाँ दलहरू फगत प्रतिक्रियात्मक मात्र हुन् या सिद्धान्तनिष्ठ, हेर्न बाँकी नै छ । सत्ताको कमजोरी औंल्याउनु मात्र पूर्ण योग्यता होइन, फरक गरेर देखाउन सक्छौं भनेर उनीहरूले प्रमाणित गर्न सक्नुपर्छ । यसका लागि नयाँ दलहरूसँग समय छ र परीक्षण हुन बाँकी नै छ । तत्काल जनता खुशी पारेर गरिने राजनीति दीर्घकालीन र टिकाउ हुँदैन । यस प्रकार यतिबेला नेपालको राजनीति बिल्कुलै तरल छ र यो जतापनि बग्न सक्छ । अस्थिर राजनीतिको फाइदा जो कोहीले उठाउन सक्छ । टाढा बसेर रमिता हेरिरहेको जस्तो लाग्ने तर बेलाबेलामा नेपाली राजनीतिका बारेमा धारणा राखिरहेका पूर्वराजाको समूह भित्रभित्रै पुरानो स्थान हासिल गर्ने भरमग्दुर प्रयत्न गरिरहेको छ । यसलाई निरपेक्ष रूपमा मूल्यांकन गरियो वा नजरअन्दाज गरियो भने ठूलो भुल हुन सक्छ । हामीले ठाउँ दिँदै जाने हो भने जे पनि हुनसक्छ ।

अब थोरै चर्चा गरौं, के अहिले गणतन्त्रमाथि साँच्चै खतरा छ त ? र, यसको कारण के हो र कारक पक्ष कुन हो ? यसको कारण खोज्न धेरै टाढा जानुपर्दैन । नेपाली जनताको ठूलो साथ र सहयोग लिएर नेपालमा ३५ वर्षअघि प्रजातन्त्र र १५ वर्षअघि गणतन्त्र स्थापना गरियो । यी राजनीतिक परिवर्तन जनताका लागि जनताद्वारा गरिएका परिवर्तन थिए । वास्तवमा अब देशमा खुशी, शान्ति र सद्भाव छाउँछ र जनताको अपेक्षा पूरा हुन्छ भन्नेमा सबै विश्वस्त थिए ।

बहुदलीय प्रजातन्त्रका १२ वर्ष त पूर्ण निराशाजनक रहे नै राजाको निरंकुशता उन्मुलन भएयताका १५ वर्ष पनि सुखद् र उत्साहजनक रहेनन् । न देशको भौतिक विकास हुन सक्यो, न त जनताको जीवनमा गुणात्मक सुधार आयो । यसको सट्टा सत्ताको बागडोर सम्हालेका मुख्य राजनीतिक दलहरू गैरजिम्मेवार रूपमा शासन प्रणालीको दुरुपयोगमा केन्द्रित भए । यस अवधिमा दलका सीमित नेताहरूले राज्यको ढुकुटी निरन्तर दोहन गरी राष्ट्रलाई खोक्रो बनाउने काम गरे । यसका अनेकौं दृष्टान्त छन् ।

सडक, अस्पताल, विश्वविद्यालय, सरकारी कार्यालय, संस्थान सर्वत्र अनियमितता र बेथिति मौलायो । राजनीतिमा अपराधीकरण, अपराधको राजनीतिकरण, विकासमा भ्रष्टाचार, राष्ट्रिय असुरक्षा, असन्तुलित परराष्ट्रनीति, अन्तरदलीय कटुता, अस्वस्थ गुटबन्दी, अन्याय र स्वेच्छाचार यस अवधिका अकाट्य प्रमुख कीर्तिमान हुन् । यसको श्रेय पुराना दलका मुख्य नेताहरूलाई जान्छ । अनि यति उपद्रव मच्चाएपछि गणतन्त्र कसरी सुरक्षित हुन्छ ? लाखौं जनताको समर्थन, हजारौंको त्याग र बलिदान मुठ्ठीभर नेताको सुख सुविधाका लागि मात्र हो ? यसको जवाफ के छ ? कसैसँग उत्तर छैन । अनि सरकारी निवासमा सर्वदलीय बैठक बोलाएर आत्मसमीक्षा गर्नु त कहाँ हो कहाँ, उल्टै गणतन्त्रमाथि खतरा बढ्यो भन्नु खेदजनक कार्य हो । यसको कुनै तुक छैन ।

हामीले गत ३५ वर्षमा के बिगार्‍यौं भनेर पछाडि फर्केर हेर्नुपर्छ कि पर्दैन ? नेपाली जनता के भन्दैछ ? एउटा सीमान्तमा उभिएको नागरिकका लागि नेपाल राष्ट्र अभिभावक बनेको छ ? साँच्चै बन्नु र बनेजस्तो गर्नुमा आकाश जमिनको अन्तर छ । भोका, रोगी, गरीब, पिछडिएका र बेरोजगार नागरिकको पीडा सरकारलाई थाहा छ ? थाहा होइन, कुनै मतलव छैन ।

के राज्यको जिम्मेवारी ढुकुटी दोहन गर्नलाई मात्र हो ? अनि व्यवस्थामाथिको खतरा देखाएर पानीमाथिको ओभानो हुन खोज्ने ? अब यस्तो चल्दैन । जनताको सहने सीमा नाघिसक्यो । त्यसैले अवस्था प्रस्ट छ कि प्रणालीमाथि होइन, नेता वा व्यक्ति विशेषमाथि खतरा छ । यो नेपाली जनताको मन मनको कुरा हो र राजनीतिक, सामाजिक यथार्थ हो । अब विषयान्तर गरेर जनता झुक्किनेवाला छैनन्, दूधको दूध पानीको पानी छुट्ट्याउने समय आएको छ ।

 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक १५, २०८०

नेपाल वैदिककालदेखि नै ज्ञान, सीप, कला/कौशल र सृजनाको केन्द्र रहिआएको स्थान हो। मानव सभ्यताको विकासक्रममा यहाँका विभिन्न रैथाने जाति र समुदायले विभिन्न किसिमका सीप, कला/कौशलको विकास तथा मानव संस्कृतिको निर्मा...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

x