×

NMB BANK
NIC ASIA

पूर्व सभामुख पक्राउ प्रकरण

भारततर्फ भाग्न खोज्दै थिए महरा ?

बुटवल | चैत ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

Muktinath Bank

पश्चिम (गन्तव्य यकिन नभएको)तर्फ जाँदै गरेका महरालाई सोमबार रुपन्देही प्रहरीले कपिलवस्तुको सीमाबाट काठमाडौं फर्काएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै महरालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राखेको छ ।


Advertisment
Nabil box
Kumari

महरालाई विमानस्थलबाट सिधै सीआईबी लगिएको थियो ।

Vianet communication
Laxmi Bank

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महरालाई पक्राउ गर्न आइतबार नै प्रहरीलाई निर्देशन दिएको खबर बाहिरिएको थियो ।

सुन तस्करीका सम्बन्धमा छानबिन गर्न गठित आयोगले मुद्दा चलाउन सिफारिश गरेका आधारमा महरालाई पक्राउ गरेर हिरासतमा राखिएको हो ।

कता जाँदै थिए महरा ?

स्रोतका अनुसार पक्राउ परिने सम्भावना बढेपछि महराले आइतबार राति काठमाडौं छाडेका थिए । महरा राजधानीबाट बाहिरिएको सूचना पाएपछि प्रहरीले भारतीय सीमा नाकाहरूमा निगरानी बढाएको थियो ।

स्रोतका अनुसार महरा पार्टी निकट एक व्यक्तिको प्राइभेट गाडीमा सोमबार बिहान पूर्वी नवलपरासी पुगेका थिए । त्यहाँबाट अर्कै गाडी चढेर पश्चिम नवलपरासीको बर्दघाट पुगेको पाइएको प्रहरी स्रोतको दाबी छ ।

त्यहाँबाट उनी बुटवलतर्फ लागेनन्, तल्लो बाटो सुनवल हुँदै भैरहवा पुगे । भैरहवाबाट लुम्बिनी हुँदै कपिलवस्तुको पकडी पुगेपछि प्रहरीले फर्काएको हो ।

बर्दघाटबाटै प्रहरीले उनलाई पिछा गरेको थियो । पकडीमा प्रहरीले ब्यारियर राखेको थियो । महरा चढेको बा ०१० २७ च १९९३ नम्बरको गाडी प्रहरीको ब्यारियर छलेर अगाडि बढ्यो । गाडी भारतीय सीमा क्षेत्र अलिगढवातिर लागेपछि घेरा हालेर नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो ।

तर, रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जित राठोर भने महरा दाङतर्फ जान लागेको पाइएको बताउँछन् । ‘उहाँ (महरा)को स्वास्थ्य कमजोर रहेछ । बिरामीजस्तो देखिनुभएको थियो । केन्द्रबाट उहाँलाई फिर्ता पठाउन आदेश आएपछि हामीले विमानमार्फत काठमाडौं पठाएको हौं,’ राठोरले भने ।

महराले दाङको एक विवाह समारोहमा जान लागेको बताएको राठोरले जानकारी दिए ।

विप्लवसँग जम्काभेट !

प्रहरीले महरालाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा पुर्‍याउँदा त्यहाँ नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवसँग जम्काभेट भयो । विप्लवलाई महराले सोधे, ‘तपाईं कता जान लाग्नुभयो ?’ विप्लवले काठमाडौं जान लागेको बताए । त्यसपछि महरालाई विप्लवले सोधे, ‘तपाईं कता नि ?’ जवाफमा महराले ‘खै, साथीहरूले मलाई हिँडाए’ भनेको प्रत्यक्षदर्शी पत्रकार प्रकाश डुम्रेले जानकारी दिए ।

अहिले विद्युतीय चुरोट (भेप)मा राखेर सुन तस्करी गरेको आरोपमा महराका छोरा राहुलविरुद्ध मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको सीआईबीले जिल्ला अदालत, काठमाडौंमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

सुन तस्करीमा संलग्न व्यक्तिसँग माओवादी नेता महराको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो । 

त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । तर, राहुलमाथि मुद्दा दर्ता गरिए पनि महरालाई उन्मुक्ति दिइएको थियो । 

यता पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पनि सुन काण्ड र सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएपछि पक्राउ परेका छन् । सहकारीसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पुनलाई बुटवल ल्याइएको छ ।

पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x