
आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार भएको वार्तामा उनीहरूबीच ९ वटा बुँदामा सहमति जुटेको हो ।
सहमतिअनुसार घटनाको छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन हुने भएको छ । उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन बुझाउने छ । 'यस घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नेछ,' सहमतिको एक नम्बर बुँदामा लेखिएको छ ।
यसैगरी, नेपालीलाई शहीद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानून, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले निर्णय गर्नेछ ।
सहमतिपत्रमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, गणेशकी श्रीमती एकमाया नेपाली, गणेशका बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपालीलगायतले हस्ताक्षर गरेका छन् ।
यस्तो छ सहमति पत्र :

