×

स्वास्थ्यमा 'छायाँ मन्त्री'

बुवा मन्त्री, छोराको हालीमुहाली !

काठमाडाैं | बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ ।

मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका छोरा अमरेन्द्रले गर्ने गरेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । उपेन्द्रको अनुपस्थितिमा अमरेन्द्रले नै मन्त्रीले गर्नुपर्ने बैठक गर्ने गरेको कर्मचारीहरूको भनाइ छ । उपेन्द्रको अनुपस्थितिमा सबै काम अमरेन्द्रले नै गर्ने भएकाले कर्मचारीहरूले उनलाई ‘छायाँ मन्त्री’को उपमा दिन थालेका हुन् ।


Advertisment

null


Advertisment

अमरेन्द्रलाई बुवा उपेन्द्रले सह-सचिव स्तरीय सुविधा दिने गरी सह–स्वकीय सचिव नियुक्त गरेका छन् । फागुन २७ गते मन्त्री यादवले उपप्रधान र स्वास्थ्य मन्त्रीको शपथ लिएका थिए । २०७९ सालको स्थानीय तहको चुनावमा अमरेन्द्र विराटनगर महानगरपालिकाको उपमेयरमा पराजित भएका थिए ।

तर, बुवा मन्त्री भएपछि उनी मन्त्रालयमा हर्ताकर्ता बनेका छन् । एक साताअघि अमरेन्द्रले सामाजिक सञ्जाल फेसबूकमा लेखेका थिए, 'रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजविराजको गुरुयोजनालाई अन्तिमरूप दिँदै सकारात्मक ऊर्जाका साथ हामी सरोकारवालाहरू…, कार्य प्रगति पुनः ५ वर्ष उपरान्त सुचारू ।'

स्टाटस मात्रै होइन उनले मिटिङको केही तस्वीरहरू पनि राखेका छन् । मन्त्री उपेन्द्रको अनुपस्थितिमा उनले बैठक आयोजन गरेर तस्वीर सामाजिक सञ्जालमा राखेका हुन् । बैठकमा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. भगवान कोइराला, जनता

समाजवादी पार्टीकी सांसद रञ्जु ठाकुर, मन्त्रालयका कर्मचारीहरूसहित विज्ञ डाक्टरहरूको उपस्थिति देखिन्छ ।

null

त्यति मात्र होइन, मन्त्रालयमा स्वास्थ्य क्षेत्रका उपकरणहरू आपूर्ति गर्ने ठेकेदारको पनि बढीजसो मिटिङ उपेन्द्रभन्दा उनका छोरा अमरेन्द्र यादवसँगै हुने गरेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

मन्त्री यादवले भने मन्त्रालयमा कम समय दिने गरेको एक कर्मचारीले बताए ।

'उपप्रधानमन्त्रीज्यू मन्त्रालय आउन त आउनुहुन्छ, तर उहाँ केहीबेर बसेर कहिले पार्टीको काममा त कहिले अन्य कामको सिलसिलामा बाहिर जाने गर्नुहुन्छ,' ती कर्मचारीले लोकान्तरसँग भने, 'उहाँको अनुपस्थितिमा छोरा अमरेन्द्र र अर्का उपस्वकीय सचिव महेश चौरसियाले सबैसँग मिटिङ गर्नुहुन्छ ।'

मन्त्री यादवले आफ्ना छोरा अमरेन्द्रबाहेक चौरसियालाई उपसचिवसरह सुविधा दिनेगरी उपस्वकीय सचिव, पार्टीका कार्यकर्ता लाक्पा शेर्पालाई शाखा अधिकृतसरह सुविधासहित स्वकीय अधिकृतको रूपमा नियुक्त गरेका छन् ।

अर्कातर्फ छोरा अमरेन्द्र र स्वकीय उपसचिव महेशले मिलेर विभिन्न किसिमको सेटिङ गरिरहेको चर्चा कर्मचारीहरूबीच हुने गरेको छ । स्वास्थ्य सामग्री आपूर्ति गर्ने ठेकदारहरूसँग अमरेन्द्र र महेशको नियमित भेटघाट तथा छलफलका कारण मन्त्रालयका कर्मचारीहरू सेटिङको आशंका गर्छन् ।

मन्त्रालयका एक उच्च तहका कर्मचारीका अनुसार मन्त्री यादव नियुक्त भएसँगै स्वास्थ्य सेवा विभागका महानिर्देशक संगीता कौशल मिश्रा, व्यवस्थापन महाशाखा प्रमुख डा. श्रवनकुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्रप्रसाद चौरसिया सहितको सेट नै परिवर्तन गर्न चाहेका थिए ।

'पूर्वस्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले लगेको टीमलाई परिवर्तन गरेर आफू अनुकुलको नयाँ टीम त्यहाँ लग्न खोज्नुभएको थियो,' ती कर्मचारीले लोकान्तरसँग भने, 'तर, मन्त्रीज्यूले निजी सचिवमा नियुक्त गर्नुभएका स्वास्थ्य सेवा विभागका सूचना अधिकारी भवनाथ खतिवडा र छोरा अमरेन्द्रबीच भएको छलफलपछि त्यही टीमलाई निरन्तरता दिने कुरा भएको थियो ।'

null

यसअघि पनि यादव स्वास्थ्य मन्त्री हुँदा खतिवडालाई निजी सचिवमा राखेका थिए । पुनः उनै खतिवडालाई ल्याइएको छ । खतिवडा र अमरेन्द्रबीच असाध्यै घनिष्ठ सम्बन्ध रहेको कर्मचारीहरू बताउँछन् ।

'चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा विभागले ४ अर्बभन्दा बढी रकमको टेन्डर गरेको हुनाले अहिलेको टीमलाई चलाउनुको साटो त्यसैलाई निरन्तरता दिन खोजिएको हो,' एक आपूर्तिकर्ताले लोकान्तरसँग भने, 'यही सरकार कति दिन रहने भन्ने यकिन छैन । त्यसैले यही टीमलाई विश्वासमा लिएर काम गराउन खोज्नुभएको हो,' त्यसो हुनुमा पनि अमरेन्द्र नै निर्णायक रहेको ती आपूर्तिकर्ताले बताए ।

'सरुवा हुन्छ भन्ने हल्ला चलेकै हो । तर, सबै कुरा मिलिसकेकाले यही टीमले निरन्तरता पाउने भनेर हामी सप्लायर्सबीच कुरा आएको हो,' उनले थपे, 'सबै सेटिङ मिलाइसकिएको छ ।'

विभागका कर्मचारी भवनाथ खतिवडाले सबै कुरा मिलाएको भन्ने सप्लायर्सबीच चर्चा छ । यद्यपि यी आरोप पुष्टि भने हुन सकेको छैन । 'यसअघि स्वास्थ्य मन्त्री हुँदा मन्त्रीज्यू सबै कामको जिम्मा तत्कालीन स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादवलाई छाडेर पार्टीको काममा जिल्ला जानुहुन्थ्यो,' स्वास्थ्यतर्फको ट्रेड युनियनका एक नेताले लोकान्तरसँग भने, 'त्यतिबेलाका कर्मचारी बाल्केश्वर यादवमार्फत् सरुवा, नियुक्ति आदिको सेटिङ हुन्थ्यो ।'

बाल्केश्वर पहिले स्वास्थ्यकै कर्मचारी थिए । केही महिनाअघि उनको मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको थियो । उनी जसपाकै स्वास्थ्यतर्फको ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पनि थिए। मधेशमा सरुवा भएपछि उनले राजीनामा गरेका थिए। राजीनामा स्वीकृत हुनुअघि नै उपेन्द्रले जनकपुरमा उनलाई पार्टीकै मधेश प्रदेश कमिटीको अध्यक्ष बनाएका थिए ।

उपेन्द्र स्वास्थ्यमन्त्रीको पदभार सम्हाल्न आएपछि उनले खादा माला लिएर स्वागत गरेका थिए। अहिले पनि उनी बेलाबेला मन्त्रालय आइरहने गरेको कर्मचारीहरू बताउँछन् ।  

स्थानीय तह, प्रदेश र संघसमेत तीनै तहका स्वास्थ्यतर्फका कर्मचारीका लागि आवश्यक पर्ने एकीकृत स्वास्थ्य सेवा ऐन बनाउन अहिले आवश्यक छ ।

'संघीय निजामती सेवा ऐन संसद्‌मा दर्ता भए पनि स्वास्थ्य सेवा ऐनको विधेयक मस्यौदा गर्ने काम समेत भएको छैन,' ट्रेड युनियनका ती नेताले थपे, 'तर, मन्त्रीज्यूको ध्यान ऐन बनाउनुभन्दा पनि नियमित काममै देखिन्छ ।'

null

मन्त्रालयका सिनियर सचिव डा. रोशन पोखरेलको प्रशासनिक अधिकार स्वास्थ्य मन्त्री उपेन्द्रले ल्याएका सचिव मधुसुदन बुर्लाकोटीलाई दिइएको छ ।

मन्त्री र सचिवबीच ट्युनिङ मिलेको छ । उपेन्द्रका छोरा अमरेन्द्र पनि बुर्लाकोटीको कार्यकक्षमै बढीजसो समय बिताउँछन् । बुर्लाकोटी पहिले सह–सचिव हुँदा पनि स्वास्थ्य मन्त्रालयमा बसिसकेका छन् ।

मन्त्री यादव आएको १ महिना बितिसक्दा पनि उल्लेख्य काम केही भएको छैन । सचिव बुर्लाकोटीले दुई दिनमा दुईवटा परिपत्र जारी गरेका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागलगायत निकायहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूको हाजिरी हेर्दा आफ्नो निकाय/कार्यालयमा हाजिर भएको देखिने तर, निजलाई कार्यकक्षमा खोज्दा फेला पार्न नसकिने, सेवाग्राहीले सेवा लिन गएको समयमा पनि सम्बन्धित कर्मचारीहरूलाई फेला पार्न नसकिने, सेवाग्राहीले पाउनुपर्ने सेवा पाउन नसकेको भनेर गरेको गुनासो सम्बोधन गर्न परिपत्र गरेका छन् ।

कार्यालयको समयमा आफ्नो कार्यकक्षमा अनुपस्थित रहनु प्रचलित कानून, नैतिकता, वैयक्तिक आचरण एवं विधिको प्रतिकूल हुने हुँदा त्यस्ता व्यक्तिलाई कानूनबमोजिम कारबाही हुने भनेर बुर्लाकोटीले माघ ७ गते परिपत्र गरेका थिए ।

त्यसअघि माघ ६ गते पनि उनले परिपत्र गरेका थिए । त्यसैगरी स्वास्थ्यकर्मी, चिकित्सक, कर्मचारीहरू बिदा स्वीकृत गराई/नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्था तथा विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थामा पूर्णकालीन रूपमा कार्यरत रहेको भन्ने गुनासो आएकाले त्यस्ता व्यक्तिलाई कानू बमोजिम कारवाही हुने भनेर परिपत्र गरेका थिए ।

'विभिन्न किसिमका गुनासो आएपछि त्यसलाई सम्बोधन गर्दै कर्मचारीलाई सतर्क गराउन परिपत्र गरिएको हो,' सचिव बुर्लाकोटीले लोकान्तरसँग भने, 'केही दिनभित्रै त्यस्ता कर्मचारीहरूको बारेमा खोजी गरी कारबाही गर्छौं ।'

यता अमरेन्द्र यादवले भने आफ्नो नियुक्ति नै एघारौं तह (सह–सचिव)को भएकाले सबै हेर्नु स्वाभाविक भएको बताए ।

'मेरो नियुक्ति नै एघारौं तहको सह-सचिवस्तरको हो । स्वास्थ्य क्षेत्रमा मेरो आफ्नै १७ वर्षको अनुभव छ । मेरो भागमा योजना परेकाले योजनाका सबै कुरा हेर्नु स्वाभाविक नै हो,' अमरेन्द्रले लोकान्तरसँग भने, 'मेरो बुवाको संसदीय क्षेत्रको विकास निर्माण, अस्पताल, प्रतिष्ठान निर्माणका लागि मैले योजना हेर्नैपर्छ ।'

अर्कातर्फ स्वास्थ्य सेवा विभागको यसअघिको टेन्डर रोक्दा मन्त्रालयको प्रगति १३ प्रतिशतबाट ९ प्रतिशतमा झर्ने हुनाले नरोकिएको उनको जिकिर छ ।

‘यसअघि स्वास्थ्यमन्त्री मोहन बस्नेतको कार्यकालमा भएको टेन्डर रोक्दा ठीक नहुने भनेर नै नरोकेको हो । आज हामीले विगतमा मन्त्रालयबाट भएका काम रोक्दा हामीले अहिले गरेका काम पनि पछि आउनेले रोक्छन् । त्यसैले हामीले विगतका टेन्डर रोकेनौं,’ उनले थपे, ‘फेरि कतिपय टेन्डरको सबै काम पूरा भइसकेको छ । १ अर्ब १३ करोडको टेन्डर रोक्न खोजेको भए रोकिन्थ्यो, तर त्यसो गर्दा मन्त्रालयको प्रगति १३ प्रतिशत बाट ९ प्रतिशतमा झर्थ्यो ।’

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x