×

रिगल आममाफी प्रकरण

दण्डहीनतालाई प्रश्रय मिल्यो, गम्भीर चिन्तन गरौं– मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मी [कुराकानी]

काठमाडाैं | असोज १९, २०८०

k

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा अहिले सरकार र राष्ट्रपतिको चौतर्फी आलोचना तथा विरोध भइरहेको छ ।

Laxmi Bank

हत्याजस्तो जघन्य अपराधमा ४० प्रतिशत मात्र कैद भुक्तान गरेका व्यक्तिलाई राष्ट्रपति रामचन्द्र पौडेलले कैद माफीमिनाहा दिएपछि पीडित परिवारले अन्याय महसुस गरिरहेको छ । साथै, मृतक चेतनकी पत्नीले रिले अनशन समेत शुरू गरेकी छन् ।


Advertisment

जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च अदालतले समेत जन्मकैदको सजाय तोकेका व्यक्तिलाई माफी दिइएपछि दण्डहीनताले प्रश्रय पाएको भनेर पनि चिन्ता व्यक्त भइरहेको छ । यस विषयमा सर्वोच्चमा रिट परेर विचाराधीन अवस्थामा समेत छ ।


Advertisment

यसै सन्दर्भमा लोकान्तरकर्मी अजय अनुरागीले मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीसँग संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:

नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको कसूरमा तीनै तहको अदालतबाट जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएको विषयको अहिले चौतर्फी विरोध भइरहेको छ । यो विषयलाई तपाईंलेचाहिँ कसरी हेर्नुभएको छ?

तीनै तहको अदालतबाट जन्मकैदको सजाय पाएका व्यक्तिलाई सरकारको सिफारिशमा राष्ट्रपतिले कैद माफी मिनाहा दिनुभएको छ । संविधानदिवसकै अवसरमा दिएको माफी मिनाहा संविधान, विधिको शासन र दण्डसम्बन्धी कानूनी सिद्धान्त एवं मान्यता अनुकूल छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ । यसमा अहिले गम्भीर प्रश्न उठेको छ र गहन छलफल तथा विमर्शको विषय पनि बनेको छ ।

पीडितपत्नीको चित्कार र न्याय खोसिएको अनुभूति भयो भन्ने पीडादायी अभिव्यक्तिले जोसुकैको ध्यान गम्भीररूपले आकर्षण गरेको छ ।

यस्तो गम्भीर अपराधका दोषीलाई माफी दिन मिल्छ?यसबाट कस्तो सन्देश गएको छ ?

नेपालको संविधानले अपराधपीडितलाई न्याय पाउने हक सुरक्षित गरेको र प्रस्तावनाले कानूनी राज्यको अवधारणाप्रतिको प्रतिबद्धतालाई आत्मसात गरेको छ ।

दिनदहाडै हुल बाँधेर संगठितरूपमा गरिएको गम्भीर र जघन्य किसिमको अपराधमा माफी दिने/दिलाउने कामले समाजमा गम्भीर एवं नकारात्मक सन्देश गएको छ । त्यसले दण्डहीनतालाई प्रश्रय दिएको सन्देश पनि स्वाभाविक रूपमा गएको छ ।

राज्यले पीडितलाई न्याय दिनुपर्ने हो,तर यसले त झन अन्याय भयो नि हैन ?

पीडितले अन्याय महसुस गरी पीडाबोध गर्ने अवस्था र आम जनसमुदायको पीडितप्रतिको सहानुभूतिले संविधान, कानून एवं कानूनी राज्यको मूल्य मान्यताप्रति बेवास्ता गरिएको उदाहरण प्रस्तुत घटना हुन पुगेको छ, यो वाञ्छनीय होइन ।

जस्तोसुकै अपराधमा पनि सरकार र राष्ट्रपतिकहाँ पहुँच पुर्‍याउनेले माफीको लाभ प्राप्त गर्ने रहेछन् भन्ने परेपछि दण्डहीनता मौलाउने भयो । सक्नेले, जे गरे पनि हुने रहेछ भन्ने सन्देश जाने भयो । यसबारे चिन्तन मनन गरौं । न्यायपूर्ण समाज निर्माणमा संवैधानिक प्रावधानको सदुपयोग गरौं । सजाय पाएकाको मात्र होइन, पीडितको आवाज अझ गम्भीररूपले सुनौं, विचार गरौं । जसरी हुन्छ, पीडित‌लाई न्यायको अनुभूति दिलाऔं ।

अर्को प्रसङ्ग: अहिले विभिन्न जिल्लामा सामाजिक सद्भाव बिथोल्ने गरी प्रदर्शन र झडप भइरहेको छ । यस विषयमा के भन्नुहुन्छ ?

सामाजिक सद्‌भाव बिथोल्ने, धार्मिक असहिष्णुता प्रदर्शन गरी झडप समेत हुने स्थिति आउनु गम्भीर विषय हो । यो शान्तिप्रिय नेपालीका लिग दुर्भाग्यको कुरा पनि हो ।

आपसी सद्‌भाव बिथोल्ने र धार्मिक असहिष्णुता प्रदर्शन गरी झडप समेत हुने कुराले शान्ति सुरक्षामा खलल पुग्न गएको छ ।

आपसी सद्भाव, धार्मिक र सामाजिक सहिष्णुता कायम गर्दै अघि बढ्नु आजको आवश्यकता हो । अन्तरविरोध र मनोमालिन्यले हामीलाई कहीँ पुर्‍याउँदैन । त्यसैले सम्बन्धित  सबैलाई संयमित भई शान्ति, सद्भाव कायम राख्न र सहिष्णुता प्रदर्शन गर्न आग्रह गर्दछु ।

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

साउन १४, २०८१

लोक सेवा आयोगले लिने परीक्षा निष्पक्ष हुन्छ भन्ने आमविश्वास छ । तर, आयोगमै कार्यरत कर्मचारीका छोराछोरीले परीक्षा दिए भने त्यो निष्पक्ष नहुन पनि सक्ने रहेछ भन्ने एउटा तथ्यले देखाएको छ । आयोगका तत्कालीन शाखा अ...

असार ३०, २०८१

२६ वर्षअघि तीन जनाको नाममा दर्ता गरिएको नवलपरासीको साबिक गैडाकोट गाविसको वडा नम्बर १ (क)को कित्ता नम्बर ९९ को ९३ रोपनी जग्गा पुनः सरकारी कायम भएको छ । सर्वोच्च अदालतले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्दा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x