२३ जेठ २०८३, शनिबार
सुन तस्करी छानबिन आयोगको प्रतिवेदन

EXCLUSIVE : जीवन चलाउनेको सनसनीपूर्ण बयान– 'सीआईबीमा ६० लाखको बार्गेनिङ, ३० लाखमा डिल भएपछि छुटेँ'

चैत २, २०८०
काठमाडौं
EXCLUSIVE : जीवन चलाउनेको सनसनीपूर्ण बयान– 'सीआईबीमा ६० लाखको बार्गेनिङ, ३० लाखमा डिल भएपछि छुटेँ'
छानबिन आयोगले बुझाएको प्रतिवेदन लिँदै गृहमन्त्री रवि लामिछाने ।

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैयाँमा डिल भएको र पैसा जुटाउन भन्दै आफू केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतबाट मुक्त भएको बयान उनले आयोगलाई दिएका छन् । 

सुन तस्करीसम्बन्धी छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुझ आयोगलाई चलाउनेले विदेशबाट ह्वाट्स एपमा बयान दिएका थिए । उक्त बयानको अडियो रेकर्ड र च्याटमा भएको कुराकानीलाई आयोगले प्रमाणको रुपमा लिएर पेन ड्राइभमा हालेर बुझाएको छ । सीआईबीका कुन तहका अधिकारीले ६० लाख बार्गेनिङ गरेको भन्ने सम्बन्धमा स्रोतले बताउन चाहेन । 

‘सीआईबीले बयानका लागि बोलाएपछि म गएँ, त्यहाँको दोस्रो तलामा ४ घण्टा बयान भएको हो । त्यसक्रममा मसँग ६० लाख रुपैयाँको बार्गेनिङ भयो,’ चलाउनले आयोगसँगको बयानमा भनेका छन्, ‘अन्ततः ३० लाखमा डिल भएपछि बयानका कागज च्यातिए । म पैसा जुटाउन भन्दै सिंगापुर हुँदै मलेसिया आएँ ।’ 

सम्पर्क सुत्रमार्फत आयोगसँग सम्पर्कमा आएका चलाउनेले बयानका क्रममा वास्तविकता खोलेमा मलाई के हुन्छ ? भनेर सोधेका थिए । आयोगका अधिकारीले सजाय कम हुने आश्वासन दिएका थिए । ‘हाम्रो सम्पर्क सुत्रमार्फत चलाउने ह्वाट एपमा कुरा गर्न तयार भए, त्यसपछि उनले सीआईबीमा भएको बार्गेनिङको कुरा गरे । उनले थप कुरा आयोगमै उपस्थित भएर बयान दिने भनेपछि उनलाई नेपाल बोलाएका थियौं,’ आयोग स्रोतले लोकान्तरसँग भन्यो । 

आयोगसँग बयानका लागि चलाउने भारत हुँदै नेपाल आउन सीमावर्ती भारतको रुपैडिया नाकामा आएका थिए । उनी रुपैडिया नाकामा आएको सीआईबीले सुइको पाएपछि चलाउनेले प्रयोग गरेको मोबाइल फेरि सिंगापुरतिर पठाएको तथ्य आयोगले फेला पारेको स्रोतले बतायो । 

चलाउनेले दिएको सनसनीपूर्ण बयानबारे आयोग पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सविस्तार सुनाएका थिए । बुधवार आयोगले प्रतिवेदन गृहमन्त्री लामिछानेलाई बुझाएको थियो । 

त्यसपछि गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्ड र प्रहरी प्रमुख वसन्त कुँवरसँग छलफल गरेका थिए । सुन तस्करीका दोषीलाई उम्काउने काम गरेको भन्दै सीआईबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही गर्न आयोगले प्रतिवेदनमा सिफारिस गरेको छ । 

आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा छलफल गर्न शुक्रवार अपरान्ह ५ बजे प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आयोगले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमनका पूर्वमहानिर्देशक झलकराम अधिकारी लगायतलाई कारबाही सिफारिस गरेको छ ।

यी पनि पढ्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्