×

NMB BANK
NIC ASIA

आलेख

स्थानीय चुनाव : कसलाई दिने भोट ?

माघ २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले संघीय शासन प्रणाली अपनाएपछि पाँच वर्षको अन्तरालमा छिट्टै दोस्रो स्थानीय निर्वाचन गराउँदैछ । स्थानीय सरकारको पहिलो चार वर्षमा धेरै राजनीतिक उथलपुथल भयो ।

Sagarmatha Cement
Muktinath Bank

स्थानीय सरकार सफल भयो या असफलता भन्ने कुरा अझै चर्चाको विषय बनेको छ । अर्को वर्ष संसदीय निर्वाचनमा लैजाने चुनावी माहोलको पागलपनमा मुलुक बाँच्न थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकतन्त्रमा सबैजना चुनावको समयमा निर्णायक क्षणबाट बाँच्छन् ।


Advertisment
Nabil box
Kumari

केही वर्षका लागि देशको शासन चलाउने राजनीतिज्ञहरू चयन हुने भएकाले जनताको ठूलो सामाजिक उत्तरदायित्वको कार्यमध्ये मतदान पनि एक हो, जसले समाजको भविष्यलाई संकेत गर्छ ।

Vianet communication
Laxmi Bank

सचेत नागरिकले एउटा कुरा के बुझ्न पर्छ भने हाम्रो भूमिका समाज निर्माण गर्नका लागि धेरै महत्त्वपूर्ण छ । यस्तो निर्णायक मतदान गर्दा नागरिकहरू जिम्मेवार र शिक्षित हुनु जरुरी हुन्छ ।

निर्वाचन प्रक्रिया विद्यमान राजनीतिक प्रणालीको प्रतिविम्ब हो । लोकतान्त्रिक समाजमा सामूहिक स्वशासनको प्रक्रियामा सहभागी हुनु नागरिकको कर्तव्य हुन्छ भन्ने मान्यता छ ।

अक्सर, यो जिम्मेवारी मतदानमार्फत पूरा गरिन्छ । लोकतान्त्रिक समाजमा नागरिकले जसरी र जसलाई मत दिएपनि मतदान एउटा महत्त्वपूर्ण विषय हो ।

निर्वाचनको जोश कार्यकर्ताको उत्साहसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । हुन त नेपालमा हुँदै आएको चुनावी अभियानको अभ्यास झूट, हेरफेर, निभाउन नसक्ने वाचा, हिंसा, शक्तिको दुरुपयोग, त्रासदी र अनिश्चितताले भरिएको छ । जसले मतदाताको बुद्धि र क्षमतालाई पनि अपमानित गर्दछ ।

सामान्य जागिर खानका लागि समेत न्यूनतम योग्यताको जरुरी पर्छ भने राजनीतिमा आउनका लागि किन पर्दैन ? कुनै मान्छेले न्युनतम योग्यताबेगर कुनै पनि सरकारी वा गैरसरकारी संस्थामा जागिर माग्यो भने नदिइएजस्तै निश्चित योग्यता नपुगेकाहरूलाई राजनीतिमा प्रवेश दिनुहुन्न ।

हुन त निर्वाचन भनेको उम्मेदवारको छनोट प्रक्रिया मात्र नभएर सार्वजनिक अधिकारीहरूका लागि वैधताको स्रोत पनि हो । यसको राजनीतिक र सामाजिक महत्त्व यति निर्णायक छ कि स्वतन्त्र र सर्वव्यापी निर्वाचनबाट आएको सरकारलाई मात्र वैध र लोकतान्त्रिक मानिन्छ ।

निर्वाचनविना लोकतन्त्रको कल्पना गर्न सकिँदैन । र, सत्ताका लागि सामाजिक शक्ति र राजनीतिक समूहबीच खुला प्रतिस्पर्धा हुँदैन । दलहरू र राजनीतिक उम्मेदवारका लागि निर्वाचनको समयमा विकृत, दूषित, दुर्व्यवहार र भ्रष्ट अभ्यास नयाँ होइन ।

हाम्रो देशमा निर्वाचन प्रक्रिया नैतिकरूपमा पतन भएको छ ।

पतनले यस्तो चरम रूप लिएको छ कि धेरै राजनीतिक दलहरूले अन्य दल र नेतासँग मिलेर अनैतिक चुनावी ठगी र छललाई प्रोत्साहन गर्न र त्यस्ता अखडाहरू सञ्चालन गर्न थालेका छन्, जसको परिणामस्वरूप खराब प्रतिनिधित्व र खराब सरकार जन्मिन्छ ।

मतदान गर्नु नैतिकताको दृष्टिले महत्त्वहीन कार्य होइन । यो कुनै व्यक्तिले बिहान लगाउने लुगाको छनोट वा मेनुमा रहेको खानाको निर्णय होइन । मतदान व्यक्तिगत सम्पत्ति होइन, साझा विरासत हो ।

यसले मतदाताको निर्णयमा आधारित राम्रो कारणको माग गर्दछ, मतदान गरेर हामी सरकारलाई राम्रो वा खराब के बनाउने हो, त्यो बनाउन सक्छौं । फलस्वरूप जनता र समाजलाई फाइदा वा नी के गर्ने हो त्यो गर्न सक्छौँ । जुन कुरा हाम्रो हातमा छ ।

हामी कस्तो प्रतिनिधिलाई साथ दिने र नदिने भन्ने कुराको निर्णय लिन पूर्ण अधिकारसम्पन्न जनता हौँ । मतदान बाध्यात्मक हुँदैन, तर जसले गर्छ उसले आफ्नो निर्णयको जिम्मेवारी बुझ्नुपर्छ । सही व्यक्तिलाई आफ्नो मत दिनु भनेको आमहितका लागि मतदाताले विश्वास गर्ने नीतिहरूलाई मतदान गर्नु हो । हामीले अज्ञानी, तर्कहीन र अनैतिक विश्वासका साथ मतदान गर्नुहुँदैन, जसो गर्नाले समाज र राष्ट्रलाई ठूलो नोक्सानी हुन जान्छ ।

नेपालमा उदीयमान लोकतान्त्रिक प्रणालीले हामीलाई नागरिक सहभागिताको सबैभन्दा ठूलो आधारभूत आधारमा चिन्तन गर्न आमन्त्रित गर्दछ । यो यस्तो तत्व हो कि जसबाट समुदायका सदस्यहरूले आफ्नो अधिकारीहरूसँगको सम्बन्धलाई बिस्तार गर्न, विरोध गर्न र मूल्यांकन गर्न सक्छन् ।

बढ्दो सहभागितामूलक र समावेशी लोकतन्त्रको निर्माणमा मतदान एउटा आधारभूत हतियार हो । प्रत्येक नागरिकले आफ्नो संवैधानिक अधिकार र कर्तव्य जान्नुपर्छ ।

उम्मेदवार छनोट गर्दा मतदाताले आफूले पाएको जिम्मेवारीलाई पनि सम्झनुपर्छ । राजनीतिक निर्णयहरूले हाम्रो दैनिक जीवनमा कसरी हस्तक्षेप गर्छ र असर गर्छ भन्ने कुरालाई अक्सर बेवास्ता गरिन्छ, जुन कुरा बिल्कुलै गलत हो । नैतिक मतले राम्रो निर्णय गर्ने ग्यारेन्टी गर्दछ ।

यसर्थ: आगामी निर्वाचनमा हामीले इमान्दार, जिम्मेवार र पारदर्शी उम्मेदवार छनोट गर्नुपर्छ । भ्रष्ट, बेइमान उम्मेदवारहरूबाट टाढा रहनुपर्छ । हाम्रो मतले उनीहरूलाई पुरस्कृत गर्ने वा दण्ड दिने भन्ने कुराको निर्क्योल निकाल्छ । हामीले आफ्नो हक र हितका लागि सोच्ने र सुशासन कायम गर्न को र कस्तो उम्मेदवार चयन गर्ने भन्ने सही समय यही हो ।

निजी र सार्वजनिक क्षेत्रमा महत्त्वाकांक्षालाई वैध मानिन्छ, तर राजनीतिमा व्यक्तिगत महत्वाकांक्षा जहर हो । राजनैतिक नैतिकता आफैँलाई चिन्नु र पहिचान गर्न सक्नुबाट शुरू हुन्छ ।

शक्तिको राजनीतिक दुरुपयोग हुँदा शक्तिको पतन हुन्छ । यो राजनैतिक अभ्यास गर्नेहरूको आनन्द र फाइदाका लागि प्रयोग र दुरुपयोग गरिन्छ । आमभलाइका लागि खराब राजनीतिज्ञको रक्षा, विरोध र निन्दा गरौँ । नेपाली राजनीति सफा गर्न असल नेता चुन्न आउने निर्वाचनमा बुद्धिमानीपूर्वक मतदान गर्नुहोस् ।

संघीयताको नाममा राजनीतिक दलहरूलाई जातीय आधारमा विभाजन गर्दा नेपालको राजनीतिक परिप्रेक्ष्यमा उल्लेखनीय परिवर्तन आएको छ ।

यी निर्वाचनहरूमा देशले 'जातीय' र 'राष्ट्रिय' मतबीचको दुविधाको सामना गर्नेछ । सामान्यतया जब मानिसहरूले गलत तरिकाले मतदान गर्छन्, तब मत खेर जान्छ । तपाईंको मत तपाईंको योग्यता झल्काउने कसी पनि हो । त्यसैले मतदान गर्नुपूर्व याद गर्नुहोस्, म के र कसका लागि मतदान गर्दैछु ? मेरो मतको सही सदुपयोग हुन्छ कि हुँदैन ?

नेतृत्व असीम रूपमा जटिल हुन सक्छ, तर एउटा उपयोगी रणनीति भनेको सम्भावित निर्वाचित अधिकारीहरूलाई तीनवटा व्यापक मापदण्डहरूमा मूल्यांकन गर्नु हो ।

योग्यता, चरित्र र सम्बद्धता यी तीन तत्त्वहरूको मूल्यांकन गरेर मतदान गर्न सकिन्छ । सही उम्मेदवारको छनौट तपाईंको अधिकार र कर्तव्य दुबै हो ।

माथि उल्लेखित कुनै कुराको ख्याल नगरी राजनीतिक दललाई मत दिनु भनेको हामीले हाम्रो नैतिकतामाथि नै धावा बोल्ने काम गर्नु हो । तपाईंसँग मत माग्ने प्रत्येक उम्मेदवारको नैतिक मूल्य मान्यताका बारेमा तपाईंले कहिल्यै सोच्नुभएको छ? भोट माग्ने व्यक्तिको आहार बिहार र विचारको बारेमा प्रश्न गर्नुभएको छ ? हामीले मतदानमार्फत प्रदान गर्ने सवै शक्तिले हाम्रो जीवनमा निकै ठूलो असर पर्छ, साथै यसको निकै ठूलो महत्त्व पनि छ ।

सही उम्मेदवारलाई मतदान गर्नुहोस् । तपाईंको मनले ठीक मानेको उम्मेदवारलाई मतदान गर्नुहोस् न कि पार्टी र यसको चुनाव चिह्न हेरेर । प्रमाणित गर्नुहोस् कि तपाईंको मत निकै ठूलो शक्ति हो । जसले तपाईंको मत लिन्छ, उसले समाज, गाउँ शहर, तपाईंको क्षेत्र र सम्पूर्ण देशका लागि के गर्न सक्छ भन्ने कुराको हेक्का राख्नुहोस् ।

यसरी गरिने मतदानले मात्रै जनहितमा काम हुनेछ । परिवर्तन र जनकल्याण हुनेछ । पार्टी र यसको चुनाव चिह्न मात्र हेरेर मतदान गरिँदा जनतामा फेरि निराशा र वितृष्णा पैदा हुने खतरा रहन्छ, जुन कुरा पटक्कै राम्रो होइन । मत जनताको शक्तिको साधन हो । खराब र भ्रष्ट उम्मेदवारलाई भोट नदिनु विवेकको कुरा हो ।

राजनीतिमा पनि राम्रोलाई पुरस्कृत र नराम्रोलाई दण्ड दिने प्रचलन छ भने हामी किन शुरूआति चरणमै असल र खराब नछुट्याउने ? हामी किन अब पनि चुनाव चिह्न र फलानो पार्टी भनेर बसिरहने ? हामीलाई त काम गर्ने मान्छे चाहिन्छ भन्नेबारे किन आज नै नसोच्ने ? अतः हामीले आफ्नो मतको सही सदुपयोग गर्ने बेला आएको छ ।

आगामी निर्वाचनलाई सत्य, न्याय र नैतिकतामा आधारित सच्चा नागरिक र लोकतन्त्रमुखी पद्धतिअनुसार हुने निर्वाचन बनाऔँ, जसले जनहित र जनतामुखी कार्यक्रममा जोड देओस् ।

के अब यो अभ्यास परिवर्तन गर्नुपर्दैन ? कहिलेसम्म धानिरहने 'भेडा'हरूको शासन? कहिलेसम्म सहिरहने 'जुका'हरूको मनमौजी? भन्नुस्, कहिलेसम्म ? अब जवाफ दिने तपाईं मतदाताको । आशा छ, आगामी चुनावमा पक्कै यहाँहरूले गतिलो जवाफ दिनुहुनेछ ।

अन्त्यमा, नैतिक मतले देशलाई समृद्ध बनाउँछ र लोकतन्त्रलाई बलियो बनाउँछ । तसर्थ: आफ्नो मत आफ्नै मर्जीले दिएर आगामी निर्वाचन सफल पारौँ ।

पार्टी र पार्टीको झण्डाभन्दा माथि उठेर आफ्नो हकअधिकारको पक्षमा लड्ने उम्मेदवार चयन गरौँ । मतको सदुपयोग गरौँ । फेरि पनि मेरो गोरुको बाह्रैटक्काको स्थिति आयो र तपाईं हामी पुरानै शैलीमा मासु र रक्सीमा बिक्यौँ भने हाम्रो भविष्य बिक्री हुनेछ ।

आउनुहोस्, सचेत र सजग जनताको भूमिका निभाउने वचनबद्धता बोकेर आजै र अहिल्यैदेखि आफूलाई तयार पार्नुहोस् । गलतलाई गलत र सहीलाई सही हो भन्नका निम्ति ।

सामान्य जागिर खानका लागि समेत न्यूनतम योग्यताको जरुरी पर्छ भने राजनीतिमा आउनका लागि किन पर्दैन ? कुनै मान्छेले न्युनतम योग्यताबेगर कुनै पनि सरकारी वा गैरसरकारी संस्थामा जागिर माग्यो भने नदिइएजस्तै निश्चित योग्यता नपुगेकाहरूलाई राजनीतिमा प्रवेश दिनुहुन्न । यहाँ त, शुन्य योग्यता भएका राजनीतिज्ञहरूको पक्षमा यति धेरै जिन्दावादको नारा लाग्छ कि दुनियाँ कान नसुनेको जस्तै भटभटाइरहन्छ सुगा रटाइ । यहाँ कान नसुन्नुको अर्थ चेतनशील कान नसुन्नु भनिएको हो ।

हामीले यस्ता मान्छे जिताउँछौं कि यो देशमा कार्बनडाइअक्साइड र अक्सिजन केले दिन्छ भन्ने कुरा थाहा नहुने व्यक्ति वनमन्त्री हुन्छन् ।

किसान को हो र किसानका समस्या के-के हुन् भन्नेबारे जीवनको कुनै कालखण्डमा नदेखेको मान्छे कृषिमन्त्री हुन्छ । जो आफैँ साधारण हस्ताक्षर गर्नसम्म सक्दैनन्, तिनै शिक्षामन्त्री हुन्छन् । जसलाई अर्थ-वाणिज्य र व्यापारसम्बन्धी कुनै ज्ञान हुँदैन, उही यो देशमा अर्थमन्त्री हुन्छ । यस्ता मान्छे सञ्चारमन्त्री हुन्छन्, जसलाई मास कम्युनिकेशनको कुन चराको नाम हो थाहा हुँदैन । यी र यस्ता थुप्रै कुराहरू छन् ।

यो त भयो विभाग र यससँग सम्बन्धित मन्त्रिमण्डलको कुरा भयो । यहाँ त यतिसम्म छ कि माथि कुनै योग्यता नभएका, कुनै भिजन र दूरदर्शिता नभएका, आफन्त र आफ्ना आसेपासेको पद र ओहोदाको जगेर्ना मात्रै गर्ने ध्याउन्न लिएका मान्छे प्रधानमन्त्री हुन्छन् । झट्ट सुन्दा राम्रो नसुनिए पनि यो नै हामीकहाँ हुँदै आइरहेको अभ्यास हो । तीतो सत्य पनि यही हो ।

के अब यो अभ्यास परिवर्तन गर्नुपर्दैन ? कहिलेसम्म धानिरहने 'भेडा'हरूको शासन? कहिलेसम्म सहिरहने 'जुका'हरूको मनमौजी? भन्नुस्, कहिलेसम्म ?

अब जवाफ दिने तपाईं मतदाताको । आशा छ, आगामी चुनावमा पक्कै यहाँहरूले गतिलो जवाफ दिनुहुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x