१३ असार २०८३, शनिबार

पूँजीगत खर्च बढाउन शिक्षामन्त्रीको निर्देशन

पूँजीगत खर्च बढाउन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूँजीगत खर्च बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा आज मन्त्री पौडेलले सो निर्देशन दिएका हुन् ।

मन्त्रालयको पूँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पूँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखलाई निर्देशन दिए । “पूँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको छ”, उनले भने, “एक महिनाको अविधिमा ट्र्याकमा ल्याउनेगरी काम गरौँ, कुनै अप्ठ्यारो परे फुकाउन तयार छु ।”

साथै उनले कर्मचारीले काम गर्न खोजेको भए पनि मूर्तरूपले अघि बढ्न नसक्दा पूँजीगत खर्च कम भएकामा चिन्ता व्यक्त गए ।
मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति विवरणअनुसार चालुतर्फ भौतिकमा ५२ प्रतिशत, वित्तीयमा ३८.८९ प्रतिशत, पूँजीगततर्फको भौतिकमा २० प्रतिशत र वित्तीयतर्फ ३ प्रतिशत प्रगति भएको छ । यस्तै सङ्घमा ३२.७ प्रतिशत, प्रदेशमा ६४.४८ प्रतिशत र स्थानीयतर्फ २.८२ प्रतिशत प्रगति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्