१२ असार २०८३, शुक्रबार

फागुन १ गतेदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय

फागुन १ गतेदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय

कोरोना भाइरस संक्रमणको जोखिम बढेका बेला स्थगित गरिएका परीक्षा र भौतिक उपस्थितिको पठनपाठन सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले निर्णय गरेको छ ।

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बिहीवार एक सूचना प्रकाशित गर्दै स्थगित भएका परीक्षा सञ्चालनको व्यवस्था गर्न, सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न एवं कार्यालयमा सामाजिक/भौतिक दूरी कायम गरी दैनिक प्रशासनिक कार्यहरू सम्पादन गर्ने व्यवस्था गर्न त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको जनाएका छन् ।

भौतिक उपस्थितिमा पठनपाठन गर्दा स्थानीय तहसँग समन्वय गर्न र जोखिम नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्