×

NMB BANK
NIC ASIA

असफलताको बाटोमा ‘नमस्ते पे’ : ५ महिनामा जम्मा १३ हजार ग्राहक, २ लाख मात्र कारोबार !

फागुन २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा शुरू गरेको मोबाइल वालेट ‘नमस्ते पे’ करीब असफल जस्तै बनेको छ ।

Muktinath Bank

टेलिकमले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड स्थापना गरेर शुरू गरेको नमस्ते पे नामक वालेटले इजाजत पाएको एक वर्ष पुग्न लागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेलिकमका निर्देशक कृष्णप्रसाद भण्डारीलाई सञ्चालन जिम्मा लगाएको वालेट औपचारिक रूपमा शुभारम्भ भएकै ५ महिना पूरा भएको छ । यो अवधिसम्म जम्मा १३ हजार मात्रै ग्राहक छन् । 


Advertisment
Nabil box
Kumari

पुस मसान्तसम्ममा नमस्ते पेले जम्मा १३ हजार ४१ ग्राहक बनाएको छ । मासिक सरदर ८२२ पटक मात्रै यसले कारोबार गरेको छ । 

Vianet communication
Laxmi Bank

यो वालेटमा रकम लोड गरेको, भुक्तानी गरेको, सेवाप्रदायकले मोबाइल रिचार्जसहिको सुविधा लिएको समेतको एकमुष्ट रकमको कारोबार अहिलेसम्म जम्मा २ लाख ३ हजार रुपैयाँको मात्रै रहेको सूचना टेलिकम स्रोतले लोकान्तरलाई उपलब्ध गराएको छ । 

नमस्ते पेले ३ चैत २०७७ मै केन्द्रीय बैंकबाट वालेट सञ्चालनको अनुमति पाएको हो । यसले वालेटको ३० भदौमा औपचारिक शुभारम्भ गरेको पाँच महिना पुगेको छ । 

अहिलेसम्म यो वालेटबाट बत्ती र पानीको मात्रै बिल तिर्न मिल्छ । यसको मोबाइल रिचार्ज गर्ने सुविधा टप अप भने (एनटीसी)कै नेटवर्कका मोबाइलमा मात्रै सीमित छ ।

नमस्ते पेबाट विना इन्टरनेट भुक्तानी सुविधा दिने, यूएसडी कोड प्रयोग गरेर स्मार्ट फोन बाहेकमा पनि भुक्तानी लिन र दिन सकिने सुविधा दिने यसको मुख्य उद्देश्य छ । 

टेलिकमले एस्ट्रिक ५०० ह्यासबाटै रकम पठाउन सकिने सबैभन्दा सुविधा दिने भएको हुँदा सजिलो वालेट भनिएको भएपनि अहिलेसम्म यसको प्रभावकारी प्रयोग हुनै सकेको छैन । 

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक (वालेट)को इजाजत पाउने २७ वटा कम्पनीमध्ये २४ औं नम्बरमा छ । नमस्ते पे ग्राहक संख्या र सेवाको हिसाबलेसमेत अरू निजी क्षेत्रका वालेटको तुलनामा करीब पुछारतिरै छ ।

वाणिज्य बैंकसँगको सहकार्य शुरू भएको यो वालेट कम्पनीको चुक्ता पूँजी अन्य सबै वालेटहरूको भन्दा बढी छ । ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यो कम्पनीमा टेलिकमको ६० र राष्ट्रिय वाणिज्य बैंकको ४० प्रतिशत हिस्सा छ ।

नेपालमा सञ्चालनमा रहेका अन्य वालेटमध्ये स्थापित भइसकेको ई–सेवाको जम्मा ५ करोड रुपैयाँमात्रै चुक्ता पूँजी छ भने प्रभु पे र आईएमईको १० करोड रुपैयाँको चुक्ता पुँजी छ । 

यसको तुलनमा नमस्ते पे अहिलसम्मकै ठूलो वालेट कम्पनी हो । तर, यसकै सेवा प्रभावकारी छैन भने ग्राहक संख्या, प्रयोगकर्ता र बजार हिस्सा न्यून छ । 

यसको रणनीति नै कमजोर हुँदा सञ्चालन इजाजत पाएको एक वर्षसम्म बजारमा उपस्थिति नै देखाउन नसकेको टेलिकमकै एक उच्च अधिकारीले लोकान्तरलाई बताए । 

यो वालेटले सेवा प्रवाह शुरू गरेको जानकारी बजारमा दिन नसक्दा र सबैभन्दा बढी टेलिकमका प्रयोगकर्ता रहको ग्राहकसम्म पुग्न नसक्दा अहिलेसम्म सेवा विस्तार आक्रामक हुन नसकेको देखिन्छ । 

नमस्ते पेमा हालसम्म जम्मा १० वटा बैंकबाट रकम लोड गर्न सकिने सम्झौता भएको छ । तर, नमस्ते पेले सम्झौता गरेकै साझेदार बैंकबाट वालेटमा रकम लोड नहुने समस्या छ ।

१३ पुसबाट नमस्ते पेले ४० वटा बैंक तथा वित्तीय संस्थाबाट कनेक्ट आईपीएसको प्रयोग गरेर वालेटमा रकम लोड गर्न सकिने गरी सम्झौता गरेको उल्लेख छ । यो विषय पनि कार्यान्वयनमा गइसकेको छैन ।

यो वालेटको सेवा कम भएको, ग्राहक आकर्षित गर्ने आधार नभएको, आकर्षक सेवा सुविधा नदिएको र कमजोर बजारीकरणका कारण ग्राहकले नमस्ते पेबाट सेवा लिनै नचाएको नमस्ते पेका ती कर्मचारीको भनाइ छ । नमस्ते पेमा आउने अधिकांश गुनासो पनि रकम लोड गर्न नमिलेको, सिस्टमले सपोर्ट नगरेको, सेवा कम भएको, बैंकबाट पैसा पठाउन नमिलेको र पठाएको रकम पनि खातामा घट्ने वालेटमा नआउने समस्या भएको सहितका छन् ।

पछिल्लो समय वालेटमा रिचार्ज गर्दा ५ प्रतिशतसम्म क्यास ब्याक आउने, एक हजारभन्दा बढी रकम राख्नेले ब्याज पाउने, हवाइ टिकटमा छूट पाइने, वालेटबाट कारोवार गर्दा ग्राहक लोभ्याउने विभिन्न अफर समेत ल्याइरहेका छन् । यो भीडमा नमस्ते पेको रणनीति कमजोर भएको, पर्याप्त सुविधा र सेवा नभएकाले पनि यसको वालेटको प्रभावकारिता कमजोर भएको टेलिकमकै एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा लोकान्तरलाई बताए । 

ग्राहक संख्या हेर्ने हो भने मंसिरसम्मको तथ्यांक अनुसार टेलिकमको मोबाइल प्रयोगकर्ता २ करोड १९ लाख पुगेका छन् । सबैभन्दा बढी ग्राहक संख्या भएको टेलिकमले मोबाइल नम्बरबाटै दिन सकिने सेवालाई अझै प्रभावकारी बनाउन सकेको छैन । 

नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हाल टेलिकमकै कर्मचारी कृष्णप्रसाद भण्डारी छन् । भण्डारीसँग नमस्ते पेको योजना, सेवा प्रवाहमा देखिएको कमजोर उपस्थिति, नियामक निकायले दिएको समयसीमा अनुसार ग्राहक सेवा सहितका विषयमा कुरा गर्न खोजेको भनेर सन्देश दिएर जानकारी लिन खोज्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

टेलिमका प्रवक्ता राजेश जोशीका अनुसार नमस्ते पेको सम्पूर्ण जिम्मेवारी भण्डारीलाई नै दिएको छ ।

टेलिकमलाई नमस्ते पेले कुनै जानकारी नदिने र दुई अलग–अलग कम्पनी भएकाले पनि सम्बन्धित कम्पनीबाट नै जानकारी लिनुपर्ने भनाइ जोशीको छ ।

असारसम्म ३ लाख ग्राहक नपुर्‍याए इजाजत पत्र खारेज हुने

वालेटहरूले आगामी असारसम्मा तीन लाख ग्राहक नपुर्‍याए सञ्चालन इजाजतपत्र (लाइसेन्स) नै खारेज हुने व्यवस्था भएको छ ।

राष्ट्र बैंकको मौद्रिक नीति २०७८ अनुसार आगामी असार मसान्तसम्मा तोकिएको ३ लाख संख्या र मासिक औसत ६ लाख रुपैयाँ कारोबार पुर्‍याउनै पर्छ । गत वर्षको मौद्रिक नीतिले गरेको यो व्यवस्थालाई कोभिडका कारण एक वर्षको समय थप गरेर असार मसान्त पुर्‍याएको राष्ट्र बैंकको भुक्तानी सेवा विभागका कार्याकारी निर्देशक गुरुप्रसाद पौडेले बताए । 

उनका अनुसार गत असारमै यो सीमा पुर्‍याउनुपर्ने भए पनि पाँचवटा वालेटको पनि तोकिएको ग्राहक संख्या र कारोबार रकम पुगेको पाइएन । कोभिडका कारण सेवा प्रभावित भएको वालेटहरूकै गुनासोका आधारमा ग्राहक संख्या र कारोबार सीमा समय एक वर्षलाई थप गरिदिएको उनले बताए ।

पौडेलका अनुसार तोकिएको समयमा ग्राहक संख्या र कारोबार रकम पुर्‍याउनैपर्छ, अन्यथा कुनै नयाँ व्यवस्था नभए नियमानुसार कारवाही हुन्छ । पौडेलका अनुसार राष्ट्र बैंकले लिएको नीति अनुसार चल्न नसक्ने वालेटको सञ्चालन अनुमति खारेज हुन्छ । 

उनले भने, ‘यो नियम टेलिकलाई छूट अरूलाई कारवाही भन्ने हुँदैन । सबैलाई समान व्यवहार गर्नुपर्ने हुँदा असारमा नमस्ते पे सहितका धेरैवटा वालेटहरूको इजाजत खारेज हुन सक्छ ।’

राष्ट्र बैंकले यसअघि तोकिएको शर्त पालना नगरेको र कारोबार रकम तथा ग्राहक संख्या नपुर्‍याएको भन्दै एउटा वालेटको इजाजत खारेज गरिसकेको छ । 

अब आगामी असारदेखि इजाजत ओगट्ने र सेवा प्रवाह कमजोर भएका वालेटको इजाजत खारेज हुने उनको भनाइ छ । यसमा नमस्ते पेले पनि ३ लाख ग्राहक र मासिक औसत ६ लाख कारोवार नपुर्‍याए इजाजत खारेज हुने चेतावनी राष्ट्र बैंकको अहिले नै दिएको छ । 

राष्ट्र बैंककै तथ्यांकअनुसार मंसिरमै वालेटका प्रयोगकर्ता १ करोड नाघेका छन् । यस्तो संख्याको ९० प्रतिशतभन्दा बढी हिस्सा चल्तीमा रहेका पाँचवटा वालेटकै छ । 

सबैभन्दा बढी बजार हिस्सा रहेको ई–सेवाको ग्राहक ५० लाख नाघेका छन् । अन्य दैनिक प्रयोग बढ्दै गएका खल्ती, आइएमई पे, प्रभुपेसहितको ग्राहक संख्या राष्ट्र बैंकले तेकेको भन्दा बढी छ । 

वालेटललाई आईपीओ जारीमा समेत दबाब

वालेटमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनीलाई प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्न समेत दबाब छ । राष्ट्र बैंकले ३२ जेठ २०७७ मा जारी गरेको ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७’ अनुसार वालेटले ३ वर्षभित्र आईपीओ जारी गर्नुपर्छ ।

सो व्यवस्था लागू गरेको १८ महिना पूरा भइसेको छ । अब डेढ वर्षमा सञ्चालनमा रहेका र पब्लिक कम्पनीको रूपमा दर्ता भइसकेका वालेट आईपीओमा समेत जानुपर्छ ।

राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी वालेटहरूलाई आईपीओमा जानुपर्ने व्यवस्था गरेको हो । 

यो व्यवस्थाअनुसार सर्वसाधारणमा शेयर जारी गर्ने गरी पब्लिक कम्पनीको रूपमा दर्ता भएको संस्थाले सेवा प्रारम्भ गरेको मितिले ३ वर्षभित्रमा कम्तीमा २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।

यो व्यवस्था अनुसार टेलिकमकै वालेटले बजारमा टिक्न प्रधिस्पर्धा गर्ने कि आईपीओमा जाने भन्ने पनि चुनौती छ । हाल पब्लिक कम्पनीरूको रूपमा दर्ता भएको वालेट आईएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (नमस्ते पे) मात्रै छन् । 

नमस्ते पेमा टेलिकमको साझेदार कम्पनी राष्ट्रिय वाणिज्य बैैंकले भने राष्ट्र बैंकले तेकेको हरेक शर्त पालना गरेर जाने बताएको छ ।

यसका लागि तोकिएको ग्राहक, कारोबार संख्या र तोकिएकै समयमा आईपीओमा जान कुनै समस्या नहरेको उसले उल्लेख गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x