साउन २१, २०७९
सवितुः पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ ...
सुक्ष्म खाना दीर्घ जीवन अर्थात् किस्ता–किस्ताको खाना नै स्वास्थ्यवद्र्धक मानिन्छ । नेवारी पाककलाको आफ्नै पहिचान छ ।
नेवारी पकवानको इतिहास पनि पुरानो छ । नेवारहरू खानाका निकै सौखिन पनि हुन्छन् ।
सयौं नेवारी परिकारमध्ये च्वःहि पनि एक दुर्लभ खानामा पर्छ र स्वास्थ्यका हिसाबले पनि राम्रो मानिएको छ । च्वःहि राँगाको रगतमा मिसिएको सेतो रगतलाई हाडेमासीमा मिसाएर पकाउने लोकप्रिय परिकार हो । यो परिकार बच्चादेखि बूढापाकालाई निकै मन पर्छ ।
च्वःहि बनाउन चाहिने सामग्रीः
राँगाको रक्तको सेतोभाग (स्वेत रक्त) १ लिटर, तोरीको तेल ३० एमएल, अन्डा २ पिस, अदुवा लसुनको पेस्ट १ र आधा चिया चम्चा, राँगाको हाडेमासी (बोन म्यारो) १५० ग्राम, जिराको धुलो आधा चिया चम्चा, खुर्सानीको धुलो आधा चिया चम्चा, धनियाँको धुलो आधा चिया चम्चा, नून स्वादअनुसार, गरम मसलाको धुलो आधा चिया चम्चा, बेसार पिन्च ।
च्वःहि बनाउने विधिः
च्वःहि बनाउन एउटा स्टिलको सफा बाटामा राँगाको सेतो रगत हाल्ने । (ताजा राँगाको रगतलाई केहीबेर रेस्ट गरेर राख्नासाथ रातो जम्छ भने सेतो भाग पिधमा छुट्टिएर बसेको हुन्छ) ।
दुवै अन्डा फुटाएर हाल्ने र दिएका सम्पूर्ण धुलो मसला र नून हाल्दिने । अदुवा लसुनको पेस्ट पनि हालेर राम्ररी चलाउने र स्लाइस गरेको बोन म्यारोलाई सबैतिर पर्ने गरी टपिङ गर्ने ।
भुटेको तोरीको तेललाई सबैतिर पर्ने गरी चम्चाले छरिदिने र लेबल मिलाएर बाटाको वरिपरि पुछ्ने । मःम बफ्याउने स्टिमरमा बाटालाई नहल्लाइ राख्ने र छोपेर १२–१५ मिनेट मज्जाले बफ्याउने ।
राम्ररी पाकेपछि बाटालाई घोप्ट्याएर च्वःहिलाई प्लेटमा खन्याउने । अब आफ्नो इच्छाअनुसार सेभमा काटेर तातोतातो सर्भ गर्ने । राँगाको रगतको च्वःहि बनाएजस्तै सीको सेतो रगतको या बंगुरको सेतो रगतको पनि च्वःहि यही विधिअनुसार बनाउन सकिन्छ ।
सवितुः पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ ...
जब हामीले अल्कलाइन डाइटको विषयमा कुरा गर्छाैं भने पीएच लेबलको पूर्ण सम्झना हुन्छ । अल्कलाइन डाइटलाई एसिड अल्कलाइन डाइट या अल्कलाइन एस डाइट भनेर पनि चिनिन्छ । यस डाइटले हाम्रो शरीरमा पीएच लेबल मेन्टेन गर्न मद्दत...
साकार कोइराला नेपालमा हाल ८ वटा विश्वविद्यालयअन्तर्गत १६ वटा कलेज तथा क्याम्पसहरूले कानूनमा स्नातक तह (B.A.LL.B) र काठमाडौं विश्वविद्यालयले (BEc.LL.B and BBM.LL.B) अध्यापन गराउँदै आएका छन् । ...
सुरेन्द्र नेपाल श्रेष्ठ एउटा अचानो र चुलेसीले चलेको चुल्हो देखेका हामी गाउँले नेपाली २५ वर्ष अगाडि बेलायत आएपछि रंगरंगका चप बोर्ड र चक्कु देख्दा अचम्म नलाग्ने कुरा नै भएन । मासु होस् वा माछा, सागपात हो...
म्यादी अर्थात् टेम्पोररी । नेपालमा चुनाव सञ्चालन गर्नका लागि शिक्षक वा अन्य सरकारी कर्मचारी खटिन्छन् र सुरक्षाका लागि भनेर अस्थायी प्रहरीको भर्ती लिने चलन छ । अस्थायी प्रहरीलाई भनिने ‘म्यादी’ यसपटकको नेप...
अहिले आँपको सिजन छ । सबैलाई आँप खुब मन पर्ने फल हो । सिजनको आँप त्यसैपनि खुब स्वादिष्ट हुन्छ । आप एक फलको रूपमा मात्र नखाई धेरै परिकार बनाएर खान सकिन्छ । पौराणिक हिसाबमा हेर्ने हो भने आँपको पात पनि एक प...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...