२४ असार २०८३, बुधबार

प्रजातन्त्र दिवसमा दीपावली

प्रजातन्त्र दिवसमा दीपावली

राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ को उपलक्ष्यमा आज साँझ विराटनगरमा घर–घर तथा सार्वजनिक स्थानमा दीपावली गरिएको छ ।

प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा जिल्ला प्रशासन कार्यालय आगाडि आज साँझ सहायक प्रमुख जिल्ला अधिकारी शरतकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसी, कर्मचारी, प्रहरीलगायतले भव्यरूपमा दीपावली गरेका छन् ।

नगरका विभिन्न सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान एवं सर्वसाधारण नागरिकले घर–घरमा दीपावली गरेका छन् । यस्तै दिवसका उपलक्ष्यमा फागुन ८ गते नेपाल रेडक्रस सोसाइटी र कोसी अस्पतालको संयुक्त संयोजनामा अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रम गरिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्