२९ असार २०८३, सोमबार

आइएमई पे स्क्यान गरी सामान किन्दा १० प्रतिशत छुट पाइने

फागुन १३, २०७८
आइएमई पे स्क्यान गरी सामान किन्दा १० प्रतिशत छुट पाइने

‘आइएमई पे’ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १०% छुट पाउने अफर सार्वजनिक गरेको छ । 

आइएमई पेले स्क्यान एनी क्यूआर अभियान मार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्यूआर स्क्यान गरी कुनै पनि भुक्तानी गर्न मिल्ने सुबिधा ल्याएको हो । 

यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आइएमई पे मोबाईल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्यूआर स्कान गरी भुक्तानी गर्न मिल्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार, प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउनेछन् । 

छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनी सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् । 

सोही क्याम्पियनमा आइएमई पे मोबाईल वालेटमार्फत मात्रै १०% छुट (रु. १०० सम्म मात्र) पाउँनेछ र स्कान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट आईडीले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १०% छुट पाउनेछ । यो अफर सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्