
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना कम्युनिस्ट घटकहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।
सत्ता गठबन्धनमा सहमति भएर एमसीसी पारित गर्ने तयारी गरेपछि साना कम्युनिस्ट घटकका कार्यकर्ता प्रदर्शनका लागि बानेश्वर पुगेका हुन् ।
प्रदर्शनकारीहरूले 'नो एमसीसी' लेखिएको कालो पट्टी निधारमा बाँधेका छन् ।
सरकारले व्याख्यात्मक टिप्पणीसहित आजै एमसीसी पारित गर्ने तयारी गरेको छ ।
त्यसका लागि आजै प्रतिनिधि सभाका दुई बैठक बस्ने तयारी छ ।
हेर्नुहोस्, तस्वीरहरू :

