
मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ ।
सरकारले व्याख्यात्मक टिप्पणीसहित आजै एमसीसी पारित गर्ने तयारी गरेपछि प्रदर्शनकारीले प्रदर्शनलाई उग्र बनाउँदै लगेका छन् ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका छन् । प्रहरीले पनि लाठीचार्ज र पानीको फोहोरा प्रहार गरेको छ ।
बानेश्वर क्षेत्रमा रोड खाली गरेर प्रहरीले ब्यारिकेड राखेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना कम्युनिस्ट घटकहरूले एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।


