
चांगन अटोको पिकअप हन्टरले पिकअप विधामा राम्रो सफलता पाएको कम्पनीले दाबी गरेको छ ।
आफ्नो पहिचान बनाउने क्रममा छोटो समयमै हन्टरले सबैको ध्यान खिचेको कम्पनीले जनाएको हो ।
बजारमा बिक्री शुरू भएको दुई महिनामा नै हन्टर ३० जनाले बुकिङ गरेको कम्पनीले भनाइ छ ।
कम्पनीले भनेको छ,‘ग्राहकहरुबाट निकै नै राम्रो प्रतिकृया प्राप्त गरिरहेको हन्टरलाई हाल सम्म ४१२ जना ग्राहकहरुले टेष्ट राइड गरिसक्नुभएको छ र ग्राहकहरुको सहभागिता निकै नै उत्साहजनक छ ।’
कम्पनीका अनुसार हन्टरमा १ Þ९ टर्बोचार्जड इन्जिन रहेको छ जसमा १९१० सिसि समावेश छ जसले १५० एच पी पावर र ३५० एन एम टोर्क प्रदान गर्दछ ।
यस पिकअपको ग्राउण्ड क्लियरेन्स २३० एमएम रहेको छ ।
१ टनसम्मको भार भजन क्षमता रहेको यस हन्टरमा ६ स्पिड अटोमेटिक ट्रान्स्मिसन समावेश छ जसले गर्दा रोडको स्थिति अनुरुप ग्यर अटोमेटिक चेन्ज हुने गर्दछ ।
यस बाहेकका अन्य विशेषताहरुमा १० इन्चको इन्फोटेन्मेन्ट टच स्क्रिन, इन्जिन पुस स्टार्ट बटन, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ्ग सिस्टम, इलेक्ट्रोनिक स्टेब्लिटी प्रोग्राम र हिल डिसेन्ट कन्ट्रोल समावेश छ ।
यसका साथै यसमा चालक एवम्ं यात्रुका निम्ति पावर असिस्टेड सिट पनि समावेश छ । यी विविध विशेषता सँगसँगै यसमा इको र स्पोट्रस मोड पनि समावेश छ ।