२२ असार २०८३, सोमबार

विद्युतीय गाडी बनाउन विद्यार्थीहरूलाई गोल्छा ग्रुपले गर्‍यो आर्थिक सहयोग

विद्युतीय गाडी बनाउन विद्यार्थीहरूलाई गोल्छा ग्रुपले गर्‍यो आर्थिक सहयोग

गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ ।

यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।

विद्यार्थीहरुले आवश्यक सीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्य स्थललाई अन्तिम रूप दिने आदि जस्ता प्रारम्भिक गतिविधिहरूबाट काम शुरु गरेको थियो र फेब्रुअरी २०२२ सम्म टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ ।

अनेकन टेस्ट राइडहरु पछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रुपमा प्रतिस्पर्धा गर्न तयार रहेको बताइएको छ ।

सबै नियमहरु पलना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेशनहरु अनुसार गाडी बनाइएको हो ।

‘मैचा’ को ब्याट्रीले १ किलोवाट चार्जबाट १५० किलोमिटर सम्मको रेन्ज दिन्छ ।

मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

उनीहरुको प्रमुख उद्देश्य नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई प्रवद्र्धन गर्नु हो ।

साथै, उनीहरू शेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो विद्युतीय सवारी टोली हुन् ।

salt training

कमेन्ट गर्नुहोस्