३२ असार २०८३, बिहीबार

वैदेशिक शिक्षाको लागि सहज यात्रा, घरमै बसेर पढ्न सकिने

वैदेशिक शिक्षाको लागि सहज यात्रा, घरमै बसेर पढ्न सकिने

सर्च एजुकेशन नेपालले विधार्थीहरुको लागि नेपालमा पहिलोपटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ । 

यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विद्युतीय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा सर्चएजुकेसन डटकममार्फत उपलब्ध हुनेछ । 

यस एपले विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययानका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउने कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्