३२ असार २०८३, बिहीबार

टेलिकमले सार्वजनिक गर्‍यो 'फागु अफर', सस्तो दरमा 'डाटा प्याक'

टेलिकमले सार्वजनिक गर्‍यो 'फागु अफर', सस्तो दरमा 'डाटा प्याक'

मुलुकभरी मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर सार्वजनिक गरेको छ ।

 यो अफर  बिहीवार (चैत ३ गते) देखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ । 

यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । . *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । 

नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहने टेलिकमले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्