२२ असार २०८३, सोमबार

आज होली, टेलिकमले ल्यायो आकर्षक अफर

आज होली, टेलिकमले ल्यायो आकर्षक अफर

आज बिहीबार परेको होलीका अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि आकर्षक अफर ल्याएको छ । 
टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर ल्याएको हो । यो अफर आजदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ’, टेलिकमले जनाएको छ ।  

होलीसहित चैते दशैंलाई समेत दृष्टिगत गरी अफर ल्यायएको बताउँदै टेलिकमका प्रवक्ता शोभन अधिकारीले यसको अवधि १५ दिनसम्म कायम रहने जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्