३२ असार २०८३, बिहीबार

आँचल शर्मा प्यारासुट नेचुरल स्याम्पुको ब्राण्ड एम्बेसडर

आँचल शर्मा प्यारासुट नेचुरल स्याम्पुको ब्राण्ड एम्बेसडर

प्यारासुट नेचुरल  स्याम्पुले चर्चित अभिनेत्री आँचल शर्मा दवाडीलाई नयाँ क्याम्पेनको लागि ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्ध गरेको छ । 

ब्राण्डका सम्पूर्ण स्याम्पुका रेन्जहरू शर्माले प्रचार गर्नेछिन् ।

प्यारासुट नेचुरल  प्राकृतिक प्याराबेन फ्री स्याम्पु हो जुन ३ भेरियण्टमा उपलब्ध छ । प्यारासुट नेचुरल  स्याम्पुको प्रत्येक भेरियण्टमा नरिवलको दूध प्रोटीनको गुण समावेश छ, जुन कपाललाई जरासम्म पोषण प्रदान गर्न र बलियो बनाउनका लागि उपयुक्त मानिन्छ । नेचुरल  स्याम्पुको प्रत्येक भेरियण्टमा विशेष प्राकृतिक गुणहरु पाइन्छ । 

कपाललाई रेशमी र मोइस्चराइज गर्नका लागि एलोभेराको गुण समावेश छ । त्यसैगरी, एन्टी–हेयर फल भेरियण्टमा हिनाको प्राकृतिक गुण छ, जसले कपालाई बाक्लो बनाउन मद्दत गर्छ र ड्यामेज रिपेयर भेरियण्टमा हिबिस्कस हुन्छ जसले कपाललाई नरम बनाउँछ ।

प्यारासुट नेचुरल स्याम्पुको नयाँ क्याम्पेनले कपालको हेरचाहका लागि, स्याम्पु प्रयोगकर्ताहरूलाई “केमिकललाई भनौँ “नो”, नेचुरल लाई भनौँ “यस,” भन्ने नाराका साथ उत्पादन बिक्रि शुरु गरेको थियो ।

 “सबैको जीवनमा स्याम्पुको विशेष भूमिका रहेको छ, त्यसैले सही स्याम्पु छनौट गर्नु धेरै महत्वपूर्ण हुन्छ । नरिवलमा आधारित कपाल हेरचाह उत्पादनका लागि विश्वव्यापी रूपमा प्रख्यात प्यारासुटसँग आबद्ध हुन पाउँदा म हर्षित छु,” स्याम्पुबारे बोल्दै शर्माले भनिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्