×

NMB BANK
NIC ASIA

ओलीलाई भ्याइनभ्याइ

ओलीको लोभलाग्दो सक्रियता : स्वास्थ्यको परवाह नगरी देश दौडाहा, १८ घण्टासम्म खटाइ

चैत ३, २०७८

NTC
Premier Steels

नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघको तेस्रो पूर्ण बैठक चैत १ मा काठमाडौंमा आयोजना भएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिको हैसियतमा बैठकलाई सम्बोधन गर्न पुगेका थिए ।

Muktinath Bank

मन्तव्य सकेर बैठकबाट बिदा माग्ने क्रममा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रममा सहभागी भएर सचिवालय बैठकमा जानुपर्ने आफ्नो व्यस्तता सुनाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसक्रममा उनले भनेका थिए, ‘सचिवालयको बैठक छ । त्यसअघि पार्टी प्रवेश गराउनुपर्ने कार्यक्रम पनि छ । अहिले त हामीलाई मंसिर लागेको छ । पूरै धान पाकेको छ । धान काट्ने, बिटा बाँध्ने, खलोमा लाने, कुन्यु थुपार्ने बेला पो छ त । तपाईंहरू आफ्नो कार्यक्रम सम्पन्न गर्नुहोस्, म चाहिँ खेततिर लागें ।’ 


Advertisment
Nabil box
Kumari

किसानलाई मंसिरमा हुने जस्तो चटारो अहिले आफूलाई आइपरेको ओलीले बताएका थिए । मंसिरमा धान पाकेका बेला किसानलाई जस्तो भ्याइनभ्याइ हुन्छ, अहिले एमालेका लागि त्यस्तै बेला रहेको उनको भनाइ थियो ।

Vianet communication

हुन पनि पछिल्ला दिनमा ओलीको व्यस्तता हेर्दा मंसिरमा किसानको बास खेतमै बास भएजस्तो छ । केही दिनयता ओली देश दौडाहामा छन् ।

पछिल्लो १५ दिनको उनको व्यस्तता र उपलब्धता काठमाडौं उपत्यका र बाहिर पनि उत्तिकै छ । उनी हरेक दिनजसो काठमाडौं बाहिरका कार्यक्रममा उपस्थित भइरहेका छन् । 

चुनावलक्षित कार्यक्रम उनको प्राथमिकतामा देखिन्छ । देशभर आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा ओली सकेसम्म आफैं पुग्ने र नेता कार्यकर्ता भित्र्याउने गरेका छन् । 

दैनिक १८ घण्टासम्म खटिने गरेको उनी आफैंले बताउने गरेका छन् ।

कमजोर स्वास्थ्यका बावजुद चापाचाप शेड्युलमा उनी देशभरका कार्यक्रम भ्याउन दौडिरहेका छन् ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेयता ओलीको स्वास्थ्यमा कुनै गम्भीर समस्या छैन, तर मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिले स्वास्थ्यमा बढी नै सावधानी अपनाउनुपर्ने हुन्छ ।  

आगामी स्थानीय तहको निर्वाचनमा एमाले फेरि च्याम्पियन बन्ने दाबी ओलीले गरिरहेका छन् । तर, राजनीतिक परिस्थिति उनले दाबी गरेजस्तो सजिलो भने छैन । 

एमालेका विरुद्ध पाँच दल गठबन्धन बनाएर चुनावमा जाने सम्भावना जीवित छ । एमाले आफैँ पनि विभाजित भएको छ । स्थानीय तहमा २०७४ को जस्तो चुनावी नतिजा यसपटक दोहोर्‍याउन एमालेका लागि निकै ठूलो चुनौती छ । यही परिस्थिति बुझेका ओली देशभरका कार्यक्रममा आफैँ पुगेर चुनावी माहोल बनाउन लागिपरेका छन् । 

फागुन १५ यता मात्रै ओली काठमाडौं उपत्यका र बाहिर गरेर करीब २० वटा ठूला कार्यक्रममा सहभागी भएका छन् । त्यति नै संख्यामा पार्टीको आन्तरिक भेटघाट तथा छलफलमा सहभागी भएका छन् । 

ओलीको दौडाहा जुन रफ्तारमा छ, त्यत्तिको दौडाहा एमालेका अरू शीर्ष नेताहरूको देखिँदैन । देशभरका सबैजसो कार्यक्रममा कार्यकर्ताले अध्यक्ष ओलीकै उपस्थिति खोज्ने भएकाले पनि उनको देश दौडाहा बढेको ओलीको सचिवालय सदस्यहरू बताउँछन् । 

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई पार्टी प्रवेश गराउँदै ओली

संघीय संसद्को प्रतिनिधि सभाले फागुन १५ मा एमसीसी अनुमोदन गरेपछि एमालेले फागुन १७ गते एमसीसीका बारेमा धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा ओली मुख्य वक्ता थिए । पत्रकार सम्मेलनमा उनी डेढ घण्टा बोलेका थिए । 

त्यसअघि उनको व्यस्तता कांग्रेससँगको संवादमा थियो । त्यही बेला उनले काठमाडौं बाहिरका कार्यक्रम पनि भ्याइरहेका थिए । ओली दिनभरजसो पार्टीका आन्तरिक कार्यक्रममा व्यस्त हुन्थे भने साँझ अबेरसम्म कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका अन्य शीर्ष नेतासँग संवादमा जुट्ने गरेका थिए । 

एमसीसीलाई उपयोग गरेर सत्तारुढ गठबन्धन भत्काउने ओली र एमालेको रणनीति थियो । तर, त्यसमा उनीहरू सफल भने हुन सकेनन् । 

गठबन्धन भत्काएपछि कांग्रेस सरकारलाई एमालेको समर्थन रहने, प्रदेश सरकारमा पावर शेयरिङ गर्ने, सभामुख हटाउने र नेकपा एकीकृत समाजवादीका १४ जना सांसदलाई गरिएको कारवाही टुंगो पुर्‍याउने एमालेको प्रस्तावमा कांग्रेस सहमत नभएपछि गठबन्धन भत्काउने रणनीतिले फेल भएको थियो ।

सत्तारुढ गठबन्धन भत्काउन सक्दा आगामी स्थानीय तहको निर्वाचनमा सहजै जित निकाल्न सकिने एमाले नेतृत्वको विश्लेषण छ । तर, एमसीसी प्रकरणमा गठबन्धन भत्काउन नसकेपछि ओली आफैँ चुनावकेन्द्रित कार्यक्रमको देश दौडाहमा छन् ।

गएको १५ दिनमा मात्रै ओली राजधानीभन्दा बाहिरको एक दर्जन कार्यक्रममा सहभागी भइसकेका छन् । यस अवधिमा उनी झापा, पोखरा, दोलखा, नवलपरासी, बारा, मोरङलगायतका जिल्लामा आयोजित पार्टी प्रवेश र अन्य कार्यक्रममा सहभागी भएका छन् । 

फागुन १५ यता मात्रै ओली दुईपटक झापा पुगेका छन् । फागुन २१ मा ओली झापा पुगेर तत्कालीन झापा विद्रोहका बेला सुखानीमा सहादत प्राप्त गरेका शहीदहरूको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । हरेक वर्ष एमालेले सुखानी स्मृति दिवस मनाउने गरेको छ । झापा पुगेकै बेला ओलीले प्रेस चौतारी नेपालको प्रदेश– १ अधिवेशन उद्घाटन गरेका थिए ।  

फागुन २५ मा ओलीले झापा हुँदै मोरङ पुगेर नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर दिलिपकुमार बगडिया, उपमेयर, केशवकुमारी खनाल र दुई जना वडाध्यक्षलाई पार्टी प्रवेश गराएका थिए । उक्त कार्यक्रमबाट करीब ५ हजार जना पार्टी प्रवेश गरेको एमालेको दाबी छ ।

त्यसदिन ओलीले मोरङको रंगेलीमा आयोजित बृहत जनसभालाई सम्बोधन गरेका थिए । एमालेले तराई मधेश केन्द्रित बृहत जनसभा आयोजना गरेको थियो ।

झापा जानुअघि ओली दोलखा पुगेका थिए । फागुन २० मा दोलखाको शैलुङमा आयोजित शैलुङ साहित्यिक सांस्कृतिक महोत्सव उद्घाटन गर्न पुगेका ओली दोलखामै कालिञ्चोक भगवतीको दर्शन गरेर फर्किएका थिए । उनी कालिञ्चोकमा बनेको केबलकार उद्घाटन गर्न समेत पुगेका थिए । ओलीका विश्वासपात्र व्यवसायी बालकृष्ण सिवाकोटीले २०७५ कात्तिकमै सञ्चालनमा ल्याएको केबलकार ओलीले गत फागुन २० मा उद्घाटन गरेका हुन् । 

फागुन २१ मा झापा पुगेका ओली एक रात उतै बसेका थिए । फागुन २२ मा उनले झापामै आयोजित नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशन उद्घाटन गरेका थिए भने झापा गोल्डकप अन्तर्गतको खेल केहीबेर हेरेका थिए ।

झापाबाट फर्किएपछि भक्तपुरको बालकोटस्थित निवासमै फागुन २२ मा पार्टी प्रवेश कार्यक्रम आयोजना भएको थियो ।

उक्त कार्यक्रमबाट विवेकशील साझा पार्टीका नेता अमृतराज वैद्यलगायतलाई ओलीले एमाले प्रवेश गराएका थिए ।

फागुन २३ गते ओली नवलपरासी हानिए । नवलपरासीको कावासोती पुगेर ओली मध्यबिन्दु बहुमुखी क्याम्पसको १६ औं स्थापना दिवस कार्यक्रममा सहभागी भएका थिए ।

नवलपरासीबाट सोही दिन पोखरा गएका ओलीले पोखरामा मानवअधिकार एलाइन्सको पाँचौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गरेका थिए । सामाजिक न्यायको क्षेत्रमा एमाले अग्रस्थानमा रहेको उनले बताएका थिए । सोही दिन धौलागिरी जागरण दैनिकको १५ औं वार्षिक उत्सवमा ओली सहभागी भएका थिए । 

त्यसदिन पोखरामै बसेका ओलीले फागुन २४ मा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराएर गण्डकी अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेका थिए ।

एमालेको गण्डकी प्रदेश कमिटीले फागुन २४ मा पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ओली प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए । 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त सुनाएका थिए । अहिले सत्य र असत्यबीचको लडाईं परमादेशी र जनादेशीबीच भइरहेको उनको भनाइ थियो ।

सोही दिन पोखराबाट काठमाडौं आएर ओली अखिल नेपाल महिला संघले नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा ओलीले राज्यका अंगहरू एमालेविरुद्ध प्रयोग भएको दाबी गरेका थिए । 

उनले भनेका थिए, ‘राज्यका अगंहरू नेकपा एमालेविरुद्ध प्रयोग भइरहेका छन् । अदालत प्रयोग भएर परमादेशमार्फत सरकार ढाल्ने काम भयो । सभामुखका तर्फबाट स्वेच्छाचारिता र मनपरितन्त्र चलिरहेको छ । कसैको नेताले गरेका निर्णय कार्यान्वयन गर्ने, कसैको पार्टीको केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन नगरेर कम्युनिस्ट पार्टीको सरकार ढाल्ने र दक्षिणपन्थीको पाउ मोल्नेलाई कारवाही भएन । सभामुख हाम्राविरुद्ध, अदालत र संसद् हाम्राविरुद्ध प्रयोग गरे, सरकार त छँदैछ । मेयर मुद्दा जितेर, प्रधानमन्त्री मन्त्री मुद्दा जितेर बन्ने कस्तो जमाना आयो ? कस्तो लोकतन्त्र हो ?’

फागुन २५ मा मोरङ पुगेर फर्किएका ओली २६ गते भने काठमाडौंमा आयोजित एमाले बागमती प्रदेश संगठन कमिटी बैठकमा अतिथिकोरूपमा सहभागी भएका थिए ।

त्यसअघि ओलीले अभिनेत्री करिश्मा मानन्धरसँग भेटेका थिए । मानन्धर ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् । ओलीसँगको भेटपछि मानन्धर एमाले प्रवेश गर्न राजी भएकी थिइन् । आगामी वैशाख ९ मा एमालेले आयोजना गर्ने कार्यक्रममा मानन्धर एमाले प्रवेश गर्ने बताइएको छ । 

फागुन २७ मा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न उनी फेरि पोखरा गएका थिए । २८ गते भने काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशनको उद्घाटनमा उनी सहभागी भएका थिए ।

फागुन २९ मा बारा जिल्लाको जयनगर (चिउँटाहा) पुगेर आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष महम्मद मुस्तफ अन्सारीसहितलदाई उनले एमाले प्रवेश गराएका थिए ।

सोही दिन पाँच हजार जना नेता कार्यकर्ता एमाले प्रवेश गरेको दाबी एमालेले गरेको छ ।

सोही दिन उनी काठमाडौं फर्किएर एमालेको केन्द्रीय उद्योग वाणिज्य तथा आपूर्ति विभागले नक्सालको एक ब्याङ्क्वेटमा आयोजना गरेको ‘देशको वर्तमान आर्थिक अवस्था–समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा उनी सहभागी भएका थिए । सहभागी सबैजसो उद्योगी व्यवसायीको धारणा सुनेपछि ओलीले त्यसदिन देशको अर्थतन्त्रको विषयमा लामो सम्बोधन गरेका थिए ।

त्यसैगरी, चैत १ मा पर्सा–काठमाडौं सम्पर्क मञ्चले भक्तपुरको राधेराधेमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम सहभागी भएर ओलीले पर्सामा अन्य पार्टीमा रहेका व्यक्तिलाई एमालेमा प्रवेश गराएका थिए ।

त्यसदिन साँझ उनले आफ्नै निवासमा एमालेको केन्द्रीय सचिवालयको बैठक बोलाएका थिए । बैठकले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ भने स्थानीय तहमा उम्मेदवार टुंगो लगाउने विधि पनि तयार पारेको छ ।

पार्टीको सम्पूर्ण पंक्तिलाई निर्वाचनमा केन्द्रित गरेको एमालेका अध्यक्ष ओली आगामी निर्वाचन लक्षित गरेर मंसिरमा किसानले धान भित्र्याएजस्तो अहिले कार्यकर्ता भित्र्याउन भ्याइनभ्याइ र दौडधुपमा छन् । 

१५ दिनयता केपी शर्मा ओली सहभागी भएका मुख्य कार्यक्रम

चैत १–  सचिवालय बैठक, बालकोट । पर्सा–काठमाडौं सम्पर्क मञ्चले भक्तपुरको राधेराधेमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम । अखिल नेपाल महिला संघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन 

फागुन २९– देशको वर्तमान आर्थिक अवस्था–समस्या र समाधान विषयक छलफल कार्यक्रम, केन्द्रीय उद्योग वाणिज्य तथा आपूर्ति विभाग, एमाले । आदर्श कोतवाल गाउँपालिका अध्यक्ष महम्मद मुस्तफ अन्सारीसहित नेता कार्यकर्तालाई पार्टी प्रवेश, जयनगर (चिउँटाहा) बारा

फागुन २८– नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशन– काठमाडौं 

फागुन २७– प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरा 

फागुन २६– एमाले बागमती प्रदेश संगठन कमिटी बैठक, काठमाडौं 

फागुन २५– नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर दिलिपकुमार बगडिया, उपमेयर केशवकुमारी खनाल र दुईजना वडाध्यक्षसहित करीब ५ हजारजना एमाले प्रवेश 

फागुन २४– नारी दिवस विशेष कार्यक्रम, काठमाडौंमा सहभागी । पार्टी प्रवेश कार्यक्रम पोखरा । अक्सिजन प्लान्टको उद्घाटन, गण्डकी अस्पताल, पोखरा

फागुन २३– मानवअधिकार एलाइन्स पाँचौं राष्ट्रिय महाधिवेशन, पोखरा 

फागुन २३– मध्यविन्दु बहुमुखी क्याम्पसको १६ औं स्थापना दिवस, कावासोती, नवलपरासी 

फागुन २२– विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी  सदस्य अमृतराज वैद्य एमाले प्रवेश 

फागुन २२– नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशन र झापा गोल्डकपमा सहभागी

फागुन २१– सुखानीमा आयोजित सहिद स्मृति दिवसको कार्यक्रममा सहभागी । प्रेस चौतारी झापा जिल्लाको अधिवेशन, झापा

फागुन २०– शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सवका लागि शैलुङ र कालिन्चोक भगवतीको दर्शन गरेर फर्किएको

फागुन १७– एमसीसीको बारेमा एमालेको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्य वक्ता

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x