०४ साउन २०८३, सोमबार

गर्मी भयो ? खरबुजा खानुस्, हुन्छ फाइदै फाइदा

चैत ३, २०७८
गर्मी भयो ? खरबुजा खानुस्, हुन्छ फाइदै फाइदा

पछिल्ला दिनहरूमा गर्मी बढ्दो छ ।

यस मौसममा शरीरलाई स्वस्थ तथा ताजा बनाउनका निम्ति विभिन्न किसिमका फलफूल खान चिकित्सकहरू सल्लाह दिन्छन् । 

त्यस्तै फलफूलमध्ये एक हो खरबुजा । खरबुजा गर्मी समयमा स्वास्थ्यका लागि निकै लाभदायक फलफूल हो ।

यसको सेवनले जीआई लेभल कम हुनुका साथै ब्लड सुगर लेभल समेत नियन्त्रणका लागि सहयोग गर्छ । 

यस्तै कब्जियतका समस्या हुने मानिसलाई पनि खरबुजा खानु निकै लाभदायक हुन्छ । 

यस्तै खरबुजामा प्रचुर मात्रामा खरबुजा पाइन्छ । यसका साथै भिटामिन सी, एन्टीअक्सिडेन्ट खरबुजामा पाइन्छ । 

यतिमात्र नभएर खरबुजामा इम्युनिटी बढाउनुका साथै हृदय रोग र क्यान्सरबाट समेत बताउने चिकित्सकहरूले बताउँछन् । 

खरबुजालाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ । 

खरबुजाको जुस, मिल्कशेक तथा खीर बनाएर समेत खान सकिन्छ, जुन स्वास्थ्यका लागि लाभदायक रहन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्