१० साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

रिसोर्टमा रवि-स्वर्णिमको २४ घण्टा, ३० हजार अनलाइन व्यवसायी कारबाहीको दायरामा

साउन ४, २०८३
काठमाडौं
रिसोर्टमा रवि-स्वर्णिमको २४ घण्टा,  ३० हजार अनलाइन व्यवसायी कारबाहीको दायरामा

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । उक्त उपाधिको १६ वर्षपछि स्पेनले फेरि विश्वकप जितेको हो ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा सोमबार बिहान भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो ।

अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्यो ।

००००

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा रु तीन करोड बराबरको आर्थिक क्षति भएको छ ।

बर्डफ्लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो । सङ्क्रमण नियन्त्रणमा आएपछि यही साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ ।

००००

घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व सङ्कलन भएको छ ।

देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व सङ्कलनसमेत गत असार महिनामा नै भएको हो ।

००००

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६ गते संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४४औँ स्मृति दिवस छुट्टै मनाउने भएको छ।

काठमाडौँको प्रज्ञा भवन कमलादीमा दिवसको समारोह आयोजना गर्न पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको सो समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए। साथै आवश्यकतानुसार प्रचारप्रसार समिति, व्यवस्थापन समितिलगायत विभिन्न समिति गठन गरिने उनले बताए।

००००

सरकारको कार्यशैलीलाई लिएर रास्वपा भित्र असन्तुष्टि चुलिएको बेला पार्टी सभापति रवि लामिछाने र उपाध्यक्ष एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काठमाडौंबाहिर २४ घण्टा बिताएर फर्केका छन् ।

‘बिदा मनाउन भन्दै’ शनिबार दिउँसो काभ्रेको धुलिखेलस्थित दूसित थानीरिसोर्टमा गएका रवि र स्वर्णिम आइतबार अपरान्ह काठमाडौं फर्केका हुन् ।

००००

लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले काठमाडौंको टेकुमा गोली चलाएको छ ।

काठमाडौं महानगरपालिकाको फोहोरमैला संकलन केन्द्र नजिकै प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो ।

००००

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले सरकारको गैरजिम्मेवारीपनका कारण संसद् र सामाजिक सञ्जाल फेसबूकबीचको अन्तर हराउँदै गएको टिप्पणी गरेका छन् ।

विराटनगरमा आयोजित पार्टीको महानगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साम्पाङले सदनमा उठाइएका गम्भीर राष्ट्रिय मुद्दाहरूमा सरकार लाचार र अनुत्तरदायी बनेको आरोप लगाएका हुन् ।

००००

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार चलाउने अधिकार पाए पनि संविधान र लोकतन्त्रमाथि खेलवाड गर्ने अधिकार नपाएको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा सभापति थापाले संविधानमाथि खेलवाड गर्ने कुरा आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन् ।

००००

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्कामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएर आइतबार स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए ।

००००

अनलाइनमार्फत व्यापार व्यवसाय गर्ने करिब ३० हजारलाई १ लाख रूपैयाँसम्मको जरिवाना हुने देखिएको छ । कम्पनी दर्ता नगरी अनलाइन व्यापार/व्यवसाय सञ्चालन गर्ने करिब ३० हजारलाई विद्युत् व्यापार ऐन (ई–कमर्स) २०८१ अनुसार १ लाखसम्मको कारबाही हुनसक्ने भएको हो ।

एक वर्षअघि नै कार्यान्वयनमा आइसकेको विद्युत् व्यापार ऐन अनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचीकरण नभएकालाई कारबाही गर्न सक्नेछ ।

००००

सर्लाहीको सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेर प्रेमिकालाई बोलाइदिन माग गरेका एक युवकको करिब सवा तीन घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको छ ।

गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्