×

NMB BANK
NIC ASIA

बाढीले कोल्टिएको पुल अहिलेसम्म बनेन, यात्रा बन्यो जोखिमपूर्ण

चैत ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ । 

Muktinath Bank

सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुम्डे विमानस्थल नजिकैबाट ङावल जान मर्स्याङ्दी नदीमाथि ‘स्टिल गर्डर ब्रिज’ निर्माणका लागि ग्वाला–क्याराभान जेभी काठमाडौंले २०७५ मंसिर १५ मा सक्ने गरी पुल निर्माण सम्झौता गरेको थियो ।


Advertisment
Nabil box
Kumari

म्याद सकिएको तीन वर्ष बितिसक्दा पनि पुलको निर्माण भने अझै सम्पन्न भएको छैन । यो पुल निर्माणाधीन अवस्थामा २०७६ असार २५ मा खसेको थियो ।

Vianet communication
Laxmi Bank

मनाङ ङिस्याङ गाउँपालिका–३ ङावलका वडाध्यक्ष कृष्ण लामाका अनुसार पुल निर्माण थालेको पाँच वर्ष कटिसकेको छ । डेढ वर्षमा सक्नुपर्ने पुलको काम अहिलेसम्म पनि सम्पन्न नभएको वडाध्यक्ष लामा बताए । 

गत असार पहिलो साता मर्स्याङ्दीमा आएको बाढीले छेउको जग बगाउँदा पुल कोल्टिँदा जोखिमपूर्ण रुपबाट स्थानीयले हिँड्नुपर्ने बाध्यता रहेको छ । 

उक्त पुल बन्ने हो भने १० मिनेटमै गाउँ पुग्न सकिन्छ तर पुल बनाउने भनी निर्माण थालेर अलपत्र अवस्थामा छाड्दा यहाँका बासिन्दा निराश बनेका छन् । 

निर्माणाधीन अवस्थामा रहेको पुल नखस्दै तथा बांगिएको समयमा निर्माण कम्पनीलाई पुल खस्न लाग्यो भनेर खबर गरे पनि अटेरी गर्दा पुल सबै मर्स्याङ्दी खसेको बताइएको छ ।

भाँचिएर खसेको पुल सोझो बनाइनुका साथै स्टिल जडान गरिएका छन् तर, डेढ वर्षअघिदेखि उक्त पुलको निर्माण सम्पन्नतर्फ अघि नबढेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर प्रह्लाद लामिछानेले बताए । 

पुल निर्माणका लागि यही चैत ३० सम्म म्याद थपिएको उनले जानकारी दिए । इन्जिनियर लामिछानेले भने, 'चैत ३० भित्र पुल निर्माणकार्य नसकिए कारवाही गर्छौं भनेर पत्र पठाएका छौं, कन्ट्याक्टरले असार मसान्तसम्म सकेर ह्यान्डओभर (हस्तान्तरण) गर्ने पत्र पठाएको छ ।'

मनाङ ङिस्याङ गाउँपालिकाको वडा नं ४ र ३ जोड्न निर्माणाधीन ‘स्टिल गर्डर ब्रिज’ को स्टिलका सबै ‘मेम्बर’ जोडेर चार वटा मात्रै बाँकी छँदा पुल मर्स्याङ्दीमा खसेको थियो ।

ठेकेदार कम्पनीले भ्याटबाहेक चार करोड ५१ हजारमा पुल बनाउने जिम्मा लिएको हो । ३५ मिटर लम्बाइ र साढे चार मिटर चौडाइको पुल खस्दा कम्तीमा ६० लाखको क्षति पुगेको अनुमान गरिएको थियो ।

पुल समयमै निर्माण नगर्दा पुल मर्स्याङ्दीमा खसेको गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । निर्माण कम्पनीले भने चिसो, हिमपात, कोभिडलगायत कारण देखाउँदै आएको छ । 

पुल निर्माणकार्य अलपत्र देखिएपछि ध्यानाकर्षण गराइएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । नेपाली सेनाले २०६९ सालमा बेँसीसहर–चामे सडकको ट्र्याक खोलेपछि माथिल्लो मनाङमा पनि सडक र पुल निर्माण थालिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x