×

NMB BANK
NIC ASIA

विराटनगरको मेयर बन्न केन्द्रीय नेता, प्रदेश सांसददेखि र मन्त्रीसम्म लाइनमा !

चैत ६, २०७८

NTC
Premier Steels

स्थानीय तहको चुनाव नजिकिँदै जाँदा उम्मेदवार बन्न होडबाजी चलेको छ ।

Muktinath Bank

अधिकांश स्थानमा बहालवाला जनप्रतिनिधि र पहिलेका उम्मेदवारहरूले दोहोरिन बल गरिरहे पनि केन्द्रीय नेतादेखि नयाँ अनुहार समेत टिकट पक्का गर्न दौडधूपमा लागेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आकांक्षीहरूलाई अहिले टिकटका लागि नेतालाई खुशी पार्न र जनताकोमा जान भ्याइनभ्याइ छ ।


Advertisment
Nabil box
Kumari

मोरङमा विशेष गरी विराटनगर महानगरपालिका र विकासोन्मुख नगरपालिकाहरूमा उम्मेदवारीका लागि धेरै दाबेदार देखिएका छन् ।

Vianet communication

राजनीतिको उर्बरभूमि विराटनगर गिरिजाप्रसाद कोइरालादेखि मनमोहन अधिकारीसम्मका नेताले राजनीति गरेको थलो हो ।

विराटनगरको मेयर बन्न मन्त्री, केन्द्रीय नेतादेखि प्रदेश सांसदसम्म दौडमा छन् ।

कोइराला परिवारको राजनीतिक विरासत जोडिएको विराटनगरलाई कांग्रेसभित्र विशेष महत्त्वका साथ हेर्ने गरिएको छ ।

यसपटक विराटनगर महानगरमा मेयरको टिकट कसलाई दिने भन्ने निर्णय लिन कांग्रेसलाई मुस्किल छ । कांग्रेस महाधिवेशनमा सर्वाधिक मत पाएर केन्द्रीय सदस्य भएकी डिला संग्रौला यसपटक विराटनगरको मेयरको आकांक्षी देखिएकी छन् ।

‘विराटनगरबासीले यसपटक तपाईं मेयर बन्नुपर्छ भन्नुभएको छ,’ प्रतिनिधि सभा सदस्य समेत रहेकी संग्रौलाले भनिन् ।

कांग्रेसबाट बहालवाला मेयर भीम पराजुली र नागेश कोइरालाको पनि मेयरको उम्मेदवारका रूपमा चर्चामा छ । दुवैजना टिकट पक्का गर्न दौडधूपमा छन् ।

एमालेबाट पूर्व सामाजिक विकास मन्त्री समेत रहेका नेता जीवन घिमिरेको नाम चर्चामा छ ।

पार्टीले निर्णय गरेमा आफू मेयर बन्नका लागि सक्षम रहेको घिमिरे बताउँछन् ।

एमाले मोरङका एक नेताका अनुसार विराटनगरमा उम्मेदवार बनाउन एमालेभित्र सफ्ट लाइनर (नरम स्वभावको) नेताको खोजी भइरहेको छ ।

अघिल्लोपटक उम्मेदवार बनेका विनोद ढकाल अलि कडा स्वभावका छन् ।

उनकै कडा स्वभावका कारण नरम स्वभावका उम्मेदवारको खोजी भइरहेको ती नेताले बताए ।

घिमिरे नरम स्वभावका नेता मानिन्छन् ।

जनता समाजवादी पार्टी (जसपा) का नेता तथा १ नम्बर प्रदेशका स्वास्थ्यमन्त्री जयराम यादवको नाम पनि मेयरको उम्मेदवारका रूपमा चर्चामा छ ।

यादव आफू मेयरको बलियो प्रतिस्पर्धी भएको बताउँछन् ।

संविधान सभा सदस्य समेत रहिसकेका उनी गत चुनावमा प्रदेश सभा सदस्य चुनिएका थिए ।

अहिले उनी सामाजिक विकासमन्त्री हुँदै स्वास्थ्यमन्त्री बनेका छन् ।

गत चुनावमा तेस्रो स्थानमा रहेको जसपा (तत्कालीन संघीय समाजवादी) ले कांग्रेस महाधिवेशनको असर तलसम्म पुगेको र एमाले विभाजित भएको कारण देखाउँदै माओवादी एवं एकीकृत समाजवादीको सहयोगमा चुनाव जित्ने दाबी गर्दै आएको छ ।

जसपामा मेयरका आकांक्षी अन्य नेता पनि छन् ।

माओवादी र समाजवादीले भने चुनावी तालमेलमा अन्य दललाई नै सघाउनुपर्ने सम्भावनाका नेताहरूमा उम्मेदवारको त्यति धेरै चर्चा सुनिन्न ।

सुन्दरहरैँचामा एमालेलाई तनाव

मोरङमा विराटनगरपछि विकासोन्मुख शहरका रूपमा रहेको सुन्दरहरैँचामा पनि चुनावी माहोल रोचक छ ।

पूर्व राज्यमन्त्री समेत रहिसकेका राजकुमार ओझा एमालेबाट मेयरको उम्मेदवार बन्ने दौडमा छन् ।

नगर कमिटीको बैठकमा आफू नउठ्ने संकेत गरे पनि उनले पूर्व मुख्यमन्त्री भीम आचार्यलाई भेटेर टिकटका लागि पहल गरिदिन भनिसकेको नगर कमिटीका एक पदाधिकारीले दाबी गरे ।

नगर कमिटीमा ओझाले आफू उठ्दा पूर्व सांसद चन्द्र गुरुङ हराउन लाग्ने भएकाले चुनाव नउठ्ने बताएका थिए । तर, अहिले टिकटका लागि लबिङ शुरू गरेपछि एमालेभित्र खैलाबैला छ ।

गुरुङ भने अहिले एकीकृत समाजवादीमा लागेका छन् ।

गत चुनावमा आफूले टिकट नपाएपछि असन्तुष्ट बनेका ओझाले एमाले उम्मेदवार केदार गुरागाईंलाई खुलेर सहयोग नगरेको चर्चा हुने गर्छ ।

ओलीले प्रदेश सभाको टिकट दिने आश्वासन दिए पनि ओझा निष्क्रिय बसेका थिए ।

परिणाम स्वरूप आफ्नो गढ दाबी गर्दै आएको सुन्दरहरैँचामा एमाले पराजित भएको थियो ।

अहिले त्यहाँ अर्जुनराज अधिकारी, अजम्बर राई, नागेश पोखरेल, केदार गुरागाईं, सुरेन्द्रबहादुर थापा लगायतका पनि मेयरका लागि आकांक्षी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x