फागुन ७, २०८०
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
‘स्यान–घ्ये थाम्–झे–डु–पि–कु, डोर्जी जिम्–बेनोगोऔ–नोगेन, कनचोयकसम्–किचा–वा–टि, लामा–नमल–चो–पाबबुल’ भनेर शेर्पाहरूले बौद्ध धर्मअनुसार खाना खानुभन्दा पहिला प्रार्थना गर्छन् ।
अनि मात्र खान शुरू गर्छन् । यस अर्थमा पनि सहज बुझ्न सकिन्छ कि शेर्पाहरू धर्ममा निकै आस्थावान हुन्छन् ।
शेर्पा जातिको आफ्नै मौलिक परिकार र पहिचान छ । आफ्नै मौलिकता रमाउने यी जाति खानाका पनि सौखिन हुन्छन् । चिसो ठाउँमा रहने हुँदा शेर्पा जातिको खान्की अलि फरक र बढी तातोपिरो हुन्छ । यहाँ हामीले चर्चा गर्न लागेको परिकार पनि त्यस्तै खालको शेर्पाली मौलिक र लोक खाना हो । शेर्पा स्टु भनेर विदेशीले रुचाउने स्याक्पा गैरशेर्पाका लागि पनि निकै स्वस्थबर्द्धक र पोषिलो छ ।
स्याक्पा बनाउन चाहिने सामग्रीः
मैदा २०० ग्राम, पानी आवश्यताअनुसार, नून चिम्टिया स्वाद अनुसार, तेल १ चिया चम्चा, अदुवा–लसुन चप गरेको १५ ग्राम, पाकचय या पालक सानो १ मुठा, हरियो खुर्सानी ३ पिस, मैदा ३ चिया चम्चा, आलु काटेको २ पिस, चामल ३ चम्चा, पाकेको फर्सी ६० ग्राम, मुला सानो १ पिस, हरियो प्याज या लसुन २ पिस, तेल २ चम्चा, च्याङ्ग्राको मासु १०० ग्राम, नून र मरिचको धुलो स्वाद अनुसार ।
स्याक्पा बनाउने विधिः
मैदामा नून हालेर आवश्यकता अनुसार पानी हाली मुछ्ने र तेल लगाएर एक साइडमा छोपिराख्ने । बाक्लो स्टकपट बसालेर तेल तताई अदुवा लसुन, हरियो खुर्सानी हालेर हल्का खैरो बनाउने र सानो–सानो फिङर साइजमा काटेको च्याङ्ग्राको मासु हाल्दिने । मटन रिप पार्ट भयो भने उत्तम स्वाद आउँछ । पिठो पनि हाली एकछिन भुट्ने । पानी हाली उमाल्ने र स्वादअनुसार नून मरिच हाल्दिने ।
ठूलोठूलो पिसमा रफ काटिएको आलु, गाँजर, मुला, फर्सी र चामल या भिजाएको गेडागुडी हालेर सानो आचमा आवश्यकताअनुसार पानी हाली पकाउने । उता रोटी बेलेर राख्ने र ठिक्कठिक्क साइजमा चक्कुले काट्ने । मासु र सब्जी पाक्न थालेपछि हरियोपरियो काटेर हाल्दिने र बावलमा हाली तातोतातो सर्भ गर्ने । चिसोयाममा स्याक्पा खुब रुचाएर खाइन्छ ।
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
काम, काम, काम ! परिवारलाई त समय नै छैन !! श्रीमतीजीको सदासर्वदा सिकायत छ तर ‘नो मनी नो टाइम’ कसरी हुन्छ यस्तो ! कि त खाली बस्नुपर्यो, कि त त पैसा आउनुपर्यो । हेर्दा सधै...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...