२८ जेठ २०८३, बिहीबार
परिकार

शेर्पाली मौलिक खाना स्याक्पा गैरशेर्पाका लागि पनि निकै स्वस्थबर्द्धक र पोषिलो

चैत १२, २०७८
शेर्पाली मौलिक खाना स्याक्पा गैरशेर्पाका लागि पनि निकै स्वस्थबर्द्धक र पोषिलो

‘स्यान–घ्ये थाम्–झे–डु–पि–कु, डोर्जी जिम्–बेनोगोऔ–नोगेन, कनचोयकसम्–किचा–वा–टि, लामा–नमल–चो–पाबबुल’ भनेर शेर्पाहरूले बौद्ध धर्मअनुसार खाना खानुभन्दा पहिला प्रार्थना गर्छन् ।

अनि मात्र खान शुरू गर्छन् । यस अर्थमा पनि सहज बुझ्न सकिन्छ कि शेर्पाहरू धर्ममा निकै आस्थावान हुन्छन् ।

शेर्पा जातिको आफ्नै मौलिक परिकार र पहिचान छ । आफ्नै मौलिकता रमाउने यी जाति खानाका पनि सौखिन हुन्छन् । चिसो ठाउँमा रहने हुँदा शेर्पा जातिको खान्की अलि फरक र बढी तातोपिरो हुन्छ । यहाँ हामीले चर्चा गर्न लागेको परिकार पनि त्यस्तै खालको शेर्पाली मौलिक र लोक खाना हो । शेर्पा स्टु भनेर विदेशीले रुचाउने स्याक्पा गैरशेर्पाका लागि पनि निकै स्वस्थबर्द्धक र पोषिलो छ ।

स्याक्पा बनाउन चाहिने सामग्रीः 

मैदा २०० ग्राम, पानी आवश्यताअनुसार, नून चिम्टिया स्वाद अनुसार, तेल १ चिया चम्चा, अदुवा–लसुन चप गरेको १५ ग्राम, पाकचय या पालक सानो १ मुठा, हरियो खुर्सानी ३ पिस, मैदा ३ चिया चम्चा, आलु काटेको २ पिस, चामल ३ चम्चा, पाकेको फर्सी ६० ग्राम, मुला सानो १ पिस, हरियो प्याज या लसुन २ पिस, तेल २ चम्चा, च्याङ्ग्राको मासु १०० ग्राम, नून र मरिचको धुलो स्वाद अनुसार ।

स्याक्पा बनाउने विधिः 

मैदामा नून हालेर आवश्यकता अनुसार पानी हाली मुछ्ने र तेल लगाएर एक साइडमा छोपिराख्ने । बाक्लो स्टकपट बसालेर तेल तताई अदुवा लसुन, हरियो खुर्सानी हालेर हल्का खैरो बनाउने र सानो–सानो फिङर साइजमा काटेको च्याङ्ग्राको मासु हाल्दिने । मटन रिप पार्ट भयो भने उत्तम स्वाद आउँछ । पिठो पनि हाली एकछिन भुट्ने । पानी हाली उमाल्ने र स्वादअनुसार नून मरिच हाल्दिने ।

ठूलोठूलो पिसमा रफ काटिएको आलु, गाँजर, मुला, फर्सी र चामल या भिजाएको गेडागुडी हालेर सानो आचमा आवश्यकताअनुसार पानी हाली पकाउने । उता रोटी बेलेर राख्ने र ठिक्कठिक्क साइजमा चक्कुले काट्ने । मासु र सब्जी पाक्न थालेपछि हरियोपरियो काटेर हाल्दिने र बावलमा हाली तातोतातो सर्भ गर्ने । चिसोयाममा स्याक्पा खुब रुचाएर खाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्