
नेकपा (एकीकृत समाजवादी)को प्रचार विभाग सचिवमा प्रकाश खतिवडा चयन भएका छन् । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको उपस्थितिमा सदस्यसहितको बैठकले खतिवडालाई सर्वसम्मत सो पदमा छनोट गरेको हो । सोमबार पार्टीका महासचिव वेदुराम भुसालले खतिवडालाई पदबहाली गराउँदै पार्टीका गतिविधिलाई प्रचारप्रसार गरी जनतालाई सूसुचीत गराउन निर्देशन दिए ।
सो अवसरमा अर्का उपमहासचिव एवं मोर्चा फाँट प्रमुख डा विजय पौडेलका साथै प्रचार विभागका सदस्यसहित अन्य नेताहरूको सहभागिता रहेको थियो । पदबहालीपछि नवनियुक्त सचिव खतिवडाले विभागका कार्यलाई व्यवस्थितरूपमा अभिलेख गरी आफूले पाएको जिम्मेवारीलाई समन्वयात्मक ढङ्गले कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नवनियुक्त सचिव खतिवडा समाजवादी प्रेस सङ्गठनका उपाध्यक्षकोसमेत जिम्मेवारीमा छन् ।