![दामिलानोले बजारमा ल्यायो ३ नयाँ 'उत्पादन', यस्ता छन् विशेषता [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Damilano_shoes_FYhGgXz5uP.jpg)
इटालियन ब्राण्ड दामिलानोले ३ नयाँ सामान नेपाली बजारमा भित्र्याएको छ ।
आर.पी. ग्रुपले सञ्चालन गर्दै आएको सो ब्राण्डले नयाँ ब्राण्डका कपडा, ल्यापटप ब्याग र जुत्ताहरू बजारमा ल्याएको हो ।
काठमाडौंको दरबारमार्गस्थित क्यापिटल मलको पहिलो तलामा दामिलानो इटालियाको स्टोर छ ।
रुपेश पाण्डे नेतृत्वको आर.पी. ग्रुपले सो स्टोर सञ्चालन गरिरहेको छ ।
दामिलानो अहिले नेपालमा एउटा सहित भारतमा ७५, दुबईमा ५ र बहराइनमा एउटा स्टोर सञ्चालनमा रहेको छ ।
पाण्डेले नेपाली बजारमा अर्को पनि स्टोर सञ्चालनको तयारी गरेका छन् ।
निकट भविष्यमा पोखरामा दामिलानोको नयाँ स्टोर सञ्चालनमा ल्याउने पाण्डेको तयारी छ ।
दामिलानोमा अहिले नयाँ ब्याग, कपडा तथा जुत्ताहरू बिक्रीमा राखिएका छन् ।
दामिलानोसँगै अर्को चर्चित ब्राण्ड रोसो ब्रुल्लेनो पनि सँगै छ ।
महिला पुरुष दुवैका लागि त्यहाँ छालाका जुत्ता पाइन्छन् ।
‘ओरिजिनल लेदरले बनाएको ब्याग तथा जुत्ताहरू निकै बिक्री हुने गरेका छन्,’ एसिस्टेन्ट स्टोर म्यानेजर ग्रेसा खड्का भन्छिन्,‘ग्राहकले हाम्रा सामानहरू निकै रूचाएका छन् ।’
रोसो ब्रुनेलोमा हातले बनाएका जुत्ताहरू पनि रहेको खड्का बताउँछिन् ।
दामिलानो र रोसो ब्रुनेल्लो दुबैमा मध्यम तथा उच्च दुवै वर्गलाई हुनेगरी सामान राखिएको छ ।
सकेसम्म सबै प्रकारका ग्राहकलाई समेट्ने तरिकाले दामिलानोमा सामान राखिएको खड्का बताउँछिन् ।
उनका अनुसार, अहिले दामिलानोमा करिब ३४ प्रकारका सामानहरू पाइन्छ । ती सामानहरू १५/१५ दिनमा अपडेट गरिन्छन् ।








