११ साउन २०८३, सोमबार

स्थानीय तह निर्वाचन– सबै मतगणना स्थलमा सीसी क्यामेरा जोडिने

स्थानीय तह निर्वाचन– सबै मतगणना स्थलमा सीसी क्यामेरा जोडिने

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा मतगणना स्थलमा सीसीटीभी राख्न निर्वाचन आयोगले संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

सीसीटीभी राख्न धेरै स्थानीय तहबाट सकारात्मक 'रेस्पोन्स' आएको आयोगले जनाएको छ । 

निर्वाचन तयारीबारे जानकारी दिन बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान स्थलमा सम्भव नभएपनि सबै मतगणना स्थलमा राख्ने आयोगले पहल गरेको बताएका हुन् । 

‘सबै स्थानीय तहको मतगणना स्थलमा सीसीटीभी राख्न संघीय मामिला मन्त्रालयमार्फत सबै पालिकामा पत्राचार गरेका छौं । विभिन्न ठाउमा जोड्दै गरेको र धेरै पालिकाबाट सकारात्मक रेस्पोन्स प्राप्त भएको छ,’ प्रवक्ता शर्माले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्