
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय भएको बताएका छन् ।
शनिवार हैदरावाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल–भारत सम्बन्धको चर्चा गरेका हुन् । देउवाको भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ आयाम आएको बताए ।
‘देउवाजी भारतको पुरानो मित्र, प्रधानमन्त्रीको रुपमा पाँचौ यात्रा गर्नुभएको छ । नेपाल भारत विकासमा भारतको सधैँ सहयोग रहँदै आएको छ,’ मोदीले भने ।