
काठमाडौं, २६ असार — द कपिल शर्मा शोमा फेरि अर्को लफडा भएको छ । शाहरुख खान र अनुष्का शर्मालाई नयाँ फिल्म जब ह्यारी मेट सेजलको प्रमोसन गराउन निमन्त्रण गरेका कपिल कार्यक्रम चलाउँदै गर्दा बेहोश भएपछि शो नै रद्द भयो ।

असार २३ गते शोको शूटिङ भइरहेको थियो । शाहरुख र अनुष्का पनि सेटमा पुगिसकेका थिए । सबै कुरा तम्तयार भएपछि अचानक कपिल बेहोश भए र उनलाई अस्पताल दौडाइयो ।
एक स्रोतले भने, ‘ठ्याक्कै के भयो त हामीलाई पनि थाहा भएन तर कपिल बेहोश भए अनि अस्पताल कुदाइए । उनलाई तनाव भएका कारण उनी बेहोश भएका हुन् ।’
यसअघि गेस्ट इन लन्डनको टीम पनि कपिलको शोमा पुग्दा शूटिङ क्यान्सल भएको थियो । त्यतिखेर पनि कपिलको शरीरमा चिनीको मात्रा घटेकाले उनलाई अस्पताल दौडाउनुपरेको थियो ।
कपिलले साथीहरूसँग झगडा परेपछि आजकल बढी नै तनाव खेप्नुपरेको बताइएको छ ।
एजेन्सी