
काठमाडौं, २६ असार — केही दिनमै रिलिज हुन लागेको फिल्म जग्गा जासूसको प्रमोसनमा व्यस्त कट्रिना कैफको एक तस्वीर हालै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मोडल शमिता सिंघाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेको तस्वीरमा कट्रिना लिबियाका तानाशाह मुअम्मार गद्दाफीसँग बसिरहेकी देखिन्छिन् ।
गद्दाफीसँग बलिउडका अन्य अभिनेत्रीहरू नेहा धूपिया र अदिति गोवत्रीकर पनि देखिन्छन् ।
शमिताका अनुसार उनीहरू १५ वर्षपहिले लिबियामा एक फेशन शोमा भाग लिन गएका थिए । त्यतिखेर उनीहरूले गद्दाफीसँग पनि भेट गर्ने अवसर पाए ।
बयालीस वर्षसम्म लिबियामा शासन चलाएका गद्दाफीलाई विद्रोहीहरूले गोली हानेर हत्या गरेका थिए ।
कट्रिनालाई जग्गा जासूसको प्रमोसनका लागि यो खबरले पनि राम्रै गरी बजार तताउने मौका दिएको छ ।
एजेन्सी