काठमाडौं, २६ असार –भानु जयन्तीका अवसरमा आठ कविले २४ कविता वाचन गरे । आइतवार २०४ औं भानु जयन्तीको अवसरमा शताव्दी साहित्य प्रतिष्ठानले आयोजना गरेको कविता वाचन कार्यक्रममा दुई दर्जन छन्द कविता वाचन गरिएको हो ।
कविहरु उर्मिला कोइराला, सङ्गीता खत्री, दिपेन्द्र उपाध्याय, प्रेक्षा लम्साल, शर्मिला गिरी, सुनिता सापकोटा, प्रदिप खधोत लगायतले कविता वाचन गरेका हुुन् । उनिहरुमध्ये अधिकांशले देशप्रेमले ओतप्रोत कविता वाचन गरेका थिए । कवि सुदेश सत्यालको कविता फर्केर आउ घर कविताले दर्शकहरू भावुक भएका थिए ।
कविता बाचन कार्यक्रममा साहित्यकार डा. नवराज लम्साल, डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, भूवनहरि सिग्देल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका लागि सिग्मा कलेज र सिग्मा मिडिया क्लवले सहयोग गरेको थियो ।