२६ असार २०८३, शुक्रबार

हुण्डाइले सम्पन्न गर्‍यो मिडिया अन्तरक्रिया

हुण्डाइले सम्पन्न गर्‍यो मिडिया अन्तरक्रिया

नेपालको लागी हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले  शुक्रवार थापाथलीमा रहेको हुण्डाईको अत्याधुनिक विद्युतिय सोरुममा मिडिया भेला सम्पन्न गरेको छ । 

सो अवसरमा डेडिकेटेड सोरुम, दिगो संचालन र विद्युतिय गाडीको पुर्जाहरुको बारेमा उपस्थितहरूलाई जानकारी गराइएको थियो । 

उक्त अवसरमा सोही सोरुमबाट पाटनको औद्योगिक क्षेत्रमा रहेको हुण्डाइ तालिम केन्द्रमा लगी विभिन्न प्रस्तुती मार्फत् हुण्डाई विद्युतीय गाडीको पुर्वाधार र संचालन सम्बन्धि विभिन्न जानकारी दिइएको थियो । 

यस कार्यक्रमको मुख्य उद्देश्य हुण्डाई विद्युतिय गाडीप्रति चाहना राख्ने र सम्भावित खरिदकर्ताहरुका माझ हुण्डाई नेपालले सस्टेनएबल मोविलिटी र विद्युतीय गाडीका क्षेत्रमा गरेको प्रतिबद्धताहरु र पहलबारे जागरुकता सिर्जना गर्नु भएको कम्पनीले जनाएको छ ।

यसबाट हुण्डाइले वर्षौंदेखि सिर्जना गरेको ब्राण्ड इक्विटीलाई बढाउन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

हाल ४० चार्जिङ स्टेसनहरु रहेको र यसलाई आवश्यकता अनुसार बढाउँदै लैजाने कम्पनीले जनाएको छ ।

साथै हुण्डाइको नेपालमा विद्युतीय गाडीको पुर्वाधारमा आक्रामक लगानी गर्ने समेत योजना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्