×

Dabur
Nic Asia
Marvel

स्थानीय चुनाव

भरतपुरको 'हेभीवेट ब्याटल'का एमाले उम्मेदवार– गठबन्धनसँग भिड्न यसकारण आत्मविश्वासी छन् विजय

काठमाडाैं | चैत २८, २०७८

TVS INSIDE

चितवनस्थित भरतपुर महानगरपालिकाको मेयरमा प्रस्तावित एमाले उम्मेदवार विजय सुवेदीको फोनको घण्टी निरन्तर बजेकोबज्यै छ ।

morang Auto yamaha

पार्टीको महानगर कमिटीले आइतवार भावी मेयरको उम्मेदवारमा अगाडि सार्ने निर्णय गरेपछि सुवेदीको अधिकांश समय फोनमार्फत आउने शुभकामना ग्रहण गर्ने र शुभेच्छुकलाई धन्यवाद दिनेमै बितिरहेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

यसबीचमा उनले केही सञ्चार माध्यमलाई अन्तर्वार्ता पनि दिएका छन् । आएका फोनहरूको 'रेस्पोन्स' गर्दै चुनावी तयारीलाई अगाडि बढाएका छन् ।

'हिजोदेखि मेरो फोन एक मिनेट पनि खाली छैन । शुभेच्छा प्रकट गर्ने, शुभकामना दिनेहरूको कल निरन्तर आइरहेको छ । केही मिडियाले कुराकानी गर्न चाहेपछि अलिकति समय उहाँहरूलाई दिएँ, जे होस् फोनमै बढी समय बितिरहेको छ,' सोमवार मध्याह्न लोकान्तरसँगको फोन संवादमा उनले आफ्नो व्यस्तता सुनाए ।

Vianet communication
Maruti inside

सुवेदीले २०७४ को निर्वाचनमा नै भरतपुरमा मेयरको उम्मेदवार बन्न प्रयास गरेका थिए । त्यतिबेला उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरूलाई पनि भेटे । 'अध्यक्षज्यूलाई भेटेपछि म विश्वस्त नै थिएँ । उहाँले हुन्छ, तपाईंलाई नै उम्मेदवार बनाउने हो भन्नुभएको थियो,' सुवेदीले सम्झिए, 'तर पार्टीमा अध्यक्षज्यूले भनेको कुरा मात्र हुन्छ भन्ने पनि भएन, त्यतिबेला मलाई अगाडि सारिएन ।'

देवी ज्ञवाली एमालेका तर्फबाट भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार बने । सुवेदी पार्टीको निर्णय सहर्ष स्वीकार्दै ज्ञवालीको चुनावी अभियानमा होमिए । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन हुँदा पनि ज्ञवालीले कडा टक्कर दिएका थिए । दोहोर्‍याएर चुनाव गर्दा उनी झिनो मतले निराश हुनुपर्‍यो।

अघिल्लोपटक'चान्स'पाएनन्,यसपटक माग्नै परेन

भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा प्रस्तावित हुन यसपटक सुवेदीले नेता भेट्नु परेन । लबिङ गर्नुपरेन । उनी पार्टी कमिटीबाट सर्वसम्मत प्रस्तावित भए । हलले गडगडाहट ताली बजाएर अनुमोदन गर्‍यो ।

आइतवार बसेको बैठकको शुरूमा एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलियाले 'मेयरको उम्मेदवार बन्न कोही इच्छुक हुनुहुन्छ ?' भनेर सोधेका थिए ।

हलबाट कुनै आवाज आएन । त्यसपछि उनले पार्टीका पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवालीलाई बोल्न समय दिए ।

ज्ञवालीले केही भूमिका बाँधेर प्रस्ताव राखे– 'म कमरेड विजय सुवेदीलाई उम्मेदवारका रूपमा प्रस्ताव गर्छु । स्वच्छ र समृद्ध महानगर बनाउन उहाँ सक्षम हुनुहुन्छ ।' ज्ञवालीको प्रस्ताव भुइँमा खस्न नपाउँदै हल तालीले गुञ्जियो ।

त्यसपछि प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समिति सभापति समेत रहेका पूर्व जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले बोले– 'भरतपुरको विकासको गुरुयोजना, भरतपुर अस्पतालको अध्यक्ष बनेर गर्नुभएको काम आदि सबै हिसाबले विजय कमरेड योग्य हुनुहुन्छ, म पनि उहाँलाई समर्थन गर्छु ।'

हलमा फेरि ताली गुञ्जियो । सुवेदीले उठेर सबैलाई अभिवादन गरे अनि धन्यवाद दिए ।

त्यसो त पार्टीभित्र केही दिनदेखि सम्भावित उम्मेदवारबारे अनौपचारिक छलफल चलि नै रहेको थियो । एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी (जो चितवनबाट प्रतिनिधित्व गर्छन्)ले जिल्लाको मनोविज्ञानको प्रतिनिधित्व गर्दै केन्द्रसँग निरन्तर संवाद गरिरहेका थिए ।

शुरूमा सुवेदीसँगै यसअघिका उम्मेदवार देवी ज्ञवाली र प्रतिनिधि सभा सांसद कृष्णभक्त पोखरेलको नाम चर्चामा थियो । ज्ञवाली र पोखरेल दुवैले सुवेदीलाई नै अगाडि सार्न सहमति जनाएपछि पार्टीमा एकमतको स्थिति बन्यो ।

उम्मेदवारमा प्रस्तावित भएको दिन आइतवार साँझ ७ बजे उनी घर पुगेका थिए । घर पुग्न नपाउँदै उनलाई जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको फोन आयो । फेरि बेलुका ८ बजे घरबाट निस्किए । पार्टीका नेताहरूसँगको छलफल र अन्य काम सकेर घर फर्किँदा रातको १० बजेको थियो । मध्यरातको १२ बजे मात्र उनले आराम गर्ने समय पाए । बिहान ४ बज्दा नबज्दै उठेर नित्यकर्मसँगै चुनावी तयारी खटिएका छन् ।

'वडाका उम्मेदवारहरू टुंगो लगाउनुपर्ने छ । पार्टीका नेता/कार्यकर्ता, शुभेच्छुक, नागरिक समाज, व्यवसायी, विभिन्न राजनीतिक दलका नेताहरूको सद्भाव र शुभेच्छा ग्रहण गर्नमा पनि समय बितिरहेको छ, बिहान ४ बजे उठेर नित्यकर्मसँगै यिनै काममा व्यस्त भइरहेको छु,' सुवेदीले भने ।

विपक्षमा सम्भावित गठबन्धन र यो आत्मविश्वास

आफूले गठबन्धनका तर्फबाट मैदान उत्रिने सम्भावित साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने कुरामा सुवेदी जानकार छन् । उनले यो सबै परिस्थिति बुझेरै चुनौती स्वीकारेका हुन् । उनलाई आफ्नो पार्टी पंक्तिमा विश्वास छ । मतदातामा भरोसा छ, अनि आफ्ना विकासे एजेन्डा लागू गरी समृद्ध भरतपुर बनाउने भोक छ ।

'गठबन्धन त अघिल्लोपटक पनि थियो । गठबन्धनको परिणाम के हुन्छ हामीले देखेकै छौं,' सुवेदीले भने, 'हामीले कसैका विरुद्ध मोर्चाबन्दी गरेका छैनौं । आफ्नो विचार र सिद्धान्तमा आधारित रहेर प्रतिस्पर्धा गर्ने हो ।'

उनले गठबन्धनको नतिजा थाहा पाउन भरतपुर – १६ लाई हेर्नुपर्ने बताए ।

उक्त वडामा अघिल्लोपटक कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । तर एमालेले सिंगो वडामा प्यानलसहित क्लिनस्वीप गर्‍यो ।

वडाध्यक्ष चतुरमान गुरुङको क्यान्सरका कारण निधन भएपछि त्यहाँ उपनिर्वाचन गर्नुपर्ने परिस्थिति आयो । त्यतिबेला माओवादी र एमाले एकता भएर नेकपा बनिसकेको थियो । अघिल्लोपटक एमाले एक्लैले जितेको वडा माओवादी पंक्ति समेतको सहयोगमा पनि तत्कालीन नेकपाले जोगाउन सकेन । कांग्रेसले बाजी मार्‍यो।

'माथि एउटा बाध्यता होला, तर त्यस आधारमा गठबन्धन हुँदा तल सबैले मान्छन् भन्ने छैन । उदाहरणका लागि हाम्रै भरतपुर– १६ को नतिजा हेर्दा पनि हुन्छ, पहिले एमाले एक्लैले जितेको वडा नेकपा हुँदा हामीले जोगाउन सकेनौं,' सुवेदीले स्मरण गरे ।

राजनीतिक जीवन र विगतका तीतामीठा क्षण

२०३९ सालदेखि पार्टी राजनीति शुरू गरेका तथा तीन पटकसम्म जिल्ला पार्टी कमिटीको नेतृत्व गरेका सुवेदीले राजनीतिक लाभको पदमा बसेर खासै काम गरेका छैनन् । २०४३ सालमा उनी जनपक्षीय उम्मेदवार जेपी भेटुवालको चुनावी कमाण्डर बनेर खटिएका थिए । २०४९ देखि ०५१, २०६१ देखि ०६४ र २०६४ देखि ६६ गरी तीन पटकसम्म जिल्ला सचिव भएर चितवनमा पार्टीको नेतृत्व गरे । त्यतिबेला पार्टी अध्यक्ष प्रणालीमा गएको थिएन ।

यसबीचमा उनले २०५१ मा प्रतिनिधि सभा उम्मेदवारका रूपमा पार्टीबाट टिकट पाएका थिए । अन्तिम समयमा उनको टिकट खोसियो । चुनावी तालमेलका क्रममा एमालेले त्यस क्षेत्रमा जनमोर्चालाई सघायो ।

२०५६ मा उनी चितवनको तत्कालीन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बने, तर जीत सम्भव भएन । २०६४ मा सुवेदी फेरि चुनावी मैदानमा होमिए । देशव्यापीरूपमा नेकपा (माओवादी)को लहर आएका बेला उनी निकटतम प्रतिद्वन्द्वी बने ।

२०७० मा भने उनले प्रतिस्पर्धा गरेनन् । २०७४ मा उनलाई पार्टीले चितवन क्षेत्र नम्बर २ (ख)बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनायो । उनले प्रभावशाली जीत दर्ता गरे । सुवेदी २१ हजार ५ सय ७२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार प्रकाश अधिकारीले १२ हजार ६७० मत पाए ।

यही कार्यकालमा उनी ४९ दिनका लागि बाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्री बने । त्यो ४९ दिनमा आफूले उल्लेख्य काम गरेको सुवेदी दाबी गर्छन् ।

'सबैभन्दा ठूलो कुरा नीति हो । कुनै पनि नीति थिएन । म मन्त्री बनेपछि शिक्षा नीति, महिला नीति, श्रम तथा रोजगार नीति, अपाङ्गता नीतिसहित १० वटा नीति बनाउने कामको शुरूआत गरे,' सुवेदीले भने, 'शिक्षा नीति लगभग तयार भएको थियो । श्रम तथा रोजगार नीति पनि अन्तिम चरणमा थियो ।'

पार्टी विभाजनका कारण अष्टलक्ष्मी शाक्य नेतृत्वको तत्कालीन सरकार ढल्दा उनले २ महिना पनि मन्त्रीका रूपमा काम गर्न पाएनन् ।

तै पनि अन्य केही स्मरणीय काम समेत गरेको उनको दाबी छ ।

'मैले मन्त्री, सचिव र महाशाखा प्रमुखहरू सहितको सिनियर म्यानेजमेन्ट टीम बनाएँ । कुनै पनि निर्णय मन्त्री एक्लैले नलिने, हरेक साताको पहिलो दिन उक्त टीमको बैठक बस्ने र त्यसको भोलिपल्ट महाशाखाको बैठक बसेर कार्यान्वयनमा जाने थिति बसालेँ । आर्थिक निर्णय तोकादेश र तजबिजका आधारमा गर्ने परम्पराको अन्त्य गरें,' सुवेदीले भने ।

उनले प्रदेशका ५१ सयवटा आधारभूत तथा माध्यमिक विद्यालयलाई एकसाथ अगाडि बढाउने र न्युनतम मापदण्ड एवं स्रोतसाधनयुक्त बनाउने कार्यक्रम अघि सारे। उनकै कार्यकालमा साक्षर प्रदेश घोषणा भयो ।

सुवेदीले २ वर्षसम्म भरतपुर अस्पतालको अध्यक्ष बनेर पनि काम गरेका छन् ।

'भरतपुर अस्पतालको ब्लक 'ए' र 'बी' निर्माणाधीन अवस्थामा अलपत्र थिए, तिनलाई सम्पन्न गराएँ । ब्लक सीका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलमार्फत २९ करोड बजेट उपलब्ध गराउन पहलकदमी लिएँ । उक्त भवन अस्ति मात्र उद्घाटन भएको  छ । अस्पतालको गेटैमा शवगृह रहेकाले भित्र प्रवेश गर्नेबित्तिकै नाक थुन्नुपर्ने अवस्था थियो, त्यसलाई अस्पतालपछाडि भवन बनाएर सारें । सीटीस्क्यान मशिन नहुँदा बिरामीलाई मेडिकल कलेज रिफर गर्नुपर्ने अवस्था थियो, मेरै कार्यकालमा सीटीस्क्यान मशिन खरिद गरियो । गरीब तथा विपन्न उपचार कोष खडा गरेर पैसाको अभावमा उपचार नै नपाउने अवस्थाको पनि अन्त्य गरेका छौं,' उनले भरतपुर अस्पतालको अध्यक्ष छँदा गरेका काम स्मरण गरे ।

भरतपुरका विद्यमान समस्या र भावी योजना

भरतपुरको विकासका लागि उनी गुरुयोजना नै बनाएर अगाडि बढ्ने सोचमा छन् । आफू विजयी भएको खण्डमा गर्ने कामको 'ब्लु प्रिन्ट' मस्तिष्कमा राखेर चुनावी मैदानमा उत्रिएका छन् । अहिलेसम्म भइरहेको विकासको शैलीप्रति असन्तुष्टि जनाउँदै सुवेदीले आफ्ना कुराहरू विस्तारमा राखे–

अहिलेसम्म जति पनि विकास भएको भनिएको छ,पुरानो कुरामा अलिकति वृद्धि गर्ने काम मात्र भएको छ । जस्तो २०० मिटर पिच छ भने अर्को ५० मिटर पिच थपिने । एउटा बिल्डिङ छ भने त्यहाँ अर्को बिल्डिङ थपिने । प्रशासनको सेवामा त खासै परिवर्तन भएको छैन । कार्यालय जाँदाखेरी समयमा काम नहुने,फाइल ओसार्दैमा समय बित्ने,काम गर्न बाधा व्यवधानको स्थिति,कमिसन नदिई कामनहुने अवस्था आदि समस्या विद्यमान छन् । पञ्चायतकालको निरन्तरता जस्तो मात्र छ ।

सानोतिनो विकासमा मात्र मान्छेहरू रमाउने,खुशी हुने स्थिति छ । विकास यो होइन । विकास त मान्छेको जीवनमा परिवर्तन ल्याउने खालको हुनुपर्छ । अशक्त र आर्थिक रूपमा कमजोर नागरिकहरूको जिम्मेवारी राज्यले लिनुपर्‍यो । सबैले स्वतन्त्रतापूर्व र सुरक्षित ढंगले बस्ने वातावरण हुनुपर्‍यो ।

नागरिकलाई गरीबीको रेखाबाट माथि उठाउनका लागि के गर्नुपर्ने हो त्यसको अध्ययन गरेर उनीहरूलाई तालिम दिने हो कि, व्यवसाय गर्नका लागि सहुलियत ऋण दिने हो कि अथवा उत्पादित वस्तुलाई उचित बजारको व्यवस्था गर्ने हो कि त्यो सबै काम गर्नुपर्छ । जनमुखी राजनीति,सेवामुखी प्रशासन र उद्यममुखी समाज नै हाम्रो लक्ष्य हो ।

वातावरणीय विकास,भौतिक पूर्वाधारको विकास,आर्थिक विकास र सामाजिक तथा सांस्कृतिक विकासलाई एकसाथ लिएर अगाडि बढ्नुपर्छ ।

भरतपुरमा अबको ५०,१००,२०० वर्षसम्म हुनसक्ने जनसंख्यालाई ध्यानमा राखेर त्यहीअनुसार गुरुयोजना तयार पारी विकासको काम अगाडि बढाउनुपर्ने छ । त्यही गुरुयोजनाका आधारमा डीपीआर बनाएरै काम गर्ने सोच हामीले बनाएका छौं ।

हाम्रा नदी नाला सफा हुनुपर्‍यो,त्यहाँ एक थोपा पनि ढल मिसिनु भएन । ट्रिटमेन्ट गरेर मात्र मिसाउने व्यवस्था गर्नुपर्‍यो । सार्वजनिक ठाउँमा कि ओपन स्पेस हुन्छ कि त बोटबिरुवा रोपिन्छ । फोहोर तथा प्लास्टिक कतै फालिएको हुँदैन । हाम्रो शहर सफा र क्लिन हुन्छ । सडकको आसपासमा फूलहरू रोपिएको हुन्छ । हरेक ठाउँमा जाँदा रमणीय हुन्छ । कतै खाली ठाउँ रह्यो भने फलफूलका बिरुवा लगाउँछौं ।

भरतपुर महानगर प्राकृतिक ऐश्वर्य भएको ठाउँ हो । यहाँ नारायणी छ । राप्ती छ । राष्ट्रिय निकुञ्ज छ । खोलानाला छ । उर्वर भूमि छ । यी सबै कुरालाई बिग्रन दिएनौं भने हामीले प्रत्येक टोललाई पर्यटकीय बनाउन सक्छौं । कुनै टोलमा टायल लगाएको छ भने सिंगो टोलमा टायल लगाउने,पिच गरेको छ भने सबैतिर पिच गर्ने,एक हिसाबले नमूना र पर्यटकीय टोलहरू बनाउने हाम्रो योजना हो ।

सुवेदी एमालेका तर्फबाट उम्मेदवार बन्ने पक्कापक्की जस्तै भए पनि अन्तिम निर्णयको अधिकार पार्टी केन्द्रलाई छ । महानगरको प्रस्तावमा जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुगेर निर्णय लिइने छ । सर्वसम्मतरूपमा एकल प्रस्ताव अगाडि बढेकाले सुवेदी उम्मेदवार बन्ने लगभग निश्चित छ ।

जीवनकै महत्त्वपूर्ण चुनावी प्रतिस्पर्धामा उत्रिनुअघि उनलाई ७५ वर्षीय बुवाले आशीर्वाद दिएका छन्– विजयी भव : ।

'बुवा ७५ वर्ष र आमा ७८ वर्षको हुनुभयो । महानगर कमिटीले उम्मेदवार बनाउने निर्णय गरेपछि बुवासँग फोनमा कुराकानी भएको थियो । उहाँ धार्मिक प्रवृत्तिको हुनुहुन्छ । धेरै बोल्नुहुन्न । तैँले चाहेको पूरा होस् भन्नुभएको छ ।'

सुवेदीले प्रतिस्पर्धा गर्नुपर्ने उम्मेदवारको टुंगो लागिसकेको छैन । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले भरतपुरका विषयमा आ-आफ्नो दाबी छाडेका छैनन् । कांग्रेसलाई पार्टीभित्रै आकांक्षीहरूको व्यवस्थापन गर्न सकस देखिएको छ भने माओवादी केन्द्र सकेसम्म कांग्रेसको सहयोग लिएर रेनु दाहाललाई मेयरमा दोहोर्‍याउने रणनीतिमा छ ।

सत्ता गठबन्धनमा रस्साकस्सी चलिरहँदा सुवेदीले पार्टीको सर्वसम्मत उम्मेदवार बनेर चुनावी अभियानमा पाइला अगाडि बढाइसकेका छन्, जुन सत्ता गठबन्धनका लगि चुनौतीको विषय बनेको छ ।

Mega
TATA Below
NLIC
असार ११, २०७९

कपिलवस्तुकी निमा सारू मगर माइक्रो बसको झ्यालबाट ‘आउनुहोस् बुटवल, ४ नम्बर, चन्द्रौटा, कृष्णनगर’ भनेर कराउँदै यात्रुलाई बोलाउँछिन् । गाडी चढ्ने/ओराल्ने स्टपमा बस रोकिने बित्तिकै शान्ता मल्ल यात्रुलाई कहाँ...

जेठ २८, २०७९

बुटवललाई औद्योगिक शहर भनिन्छ तर बुटवललाई औद्योगिक ‘हब’ बनाउने पात्रबारे खासै चर्चा/परिचर्चा हुँदैन ।  व्यापारको केन्द्र पुरानो बटौली, भट्टी पसलका रूपमा ख्याती कमाएको खस्यौलीको जति चर्चा छ, त्...

असार १८, २०७९

‘संघर्ष हो जीवन, जीवन संघर्ष हो’ भन्ने गीत सुनेका विराटनगरका टीकाराम पुरीलाई आफ्नै लागि रचिएको जस्तो लाग्थ्यो । कलेज जीवन शुरू भएपछि उनका पनि दुःखका दिन शुरू भएका थिए ।  चिन्ता, छटपटी र...

असार १४, २०७९

​नेपालको औद्योगिक क्षेत्रमा एउटा ब्रान्डको रूपमा स्थापित नाम हो ‘सतिश कुमार मोर’ । वीरगञ्जमा जन्मिएका मोरको नाम आफैंमा ‘ब्रान्ड नेम’ त्यसै बनेको होइन । वीरगञ्जको हावापानी, बुवाको मार्...

जेठ २८, २०७९

१०० रुपैयाँमा पेटभरि खाना ! त्यो पनि एसी कोठामा बसेर । अचम्म लाग्न सक्छ । कसरी सम्भव छ ? तर कञ्चनपुरको महेन्द्रनगरका चक्र मिश्रले विगत ९ वर्षदेखि १०० रुपैयाँमै खाना खुवाउँदै आएका छन् । बिहान ४ बजे उठ्ने, नित्...

असार १८, २०७९

२०७९ जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे । नेपालको इतिहासमा हवाई सेवा शुरू भएको ७२ वर्षपछि बनेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) निर्माण ...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

ad
x