११ साउन २०८३, सोमबार

माछापुच्छ्रे बैंकले ल्यायो ‘एमबीएल एम–स्मार्ट’ एप

माछापुच्छ्रे बैंकले ल्यायो ‘एमबीएल एम–स्मार्ट’ एप

 माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप ‘एमबीएल एम–स्मार्ट’ सञ्चालनमा ल्याएको छ ।

यसअघि माछापुच्छ्रे मोबाइल मनी (एमथ्री)को रूपमा सञ्चालनमा रहेका मोबाइल बैंकिङ एपलाई बैंकले ओएमएनआई च्यानलमा परिष्कृत र परिमार्जित गरी एमबीएल एम–स्मार्टको रूपमा शुभारम्भ गरेको हो ।

नयाँ सुविधासहित शुभारम्भ गरिएको ‘एमबीएल एम–स्मार्ट’ एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ सेल्फ रजिस्ट्रेशन गर्न सकिने, मोबाइलबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाटै कर्जाका लागि आवेदन दिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमै हेर्न सकिने, क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरूमा खाता लिंक गर्न सकिने, बत्ती तथा पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायत सुविधा रहेको बैंकले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्