मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।
मेगा बैंक र दराजबीच भएको सम्झौता अनुसार, मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले सोमवारदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउनेछन् ।
यसैगरी, क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सय सम्मको छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
छुट सुविधाका लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डका लागि आजै आवेदन दिन सकिने मेगा बैंकले जनाएको छ ।
नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले मेगा बैंकले यो सम्झौता गरेको हो । दराज डटकमको वेबसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ ।
दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरूलाई अनुरोध पनि गरेको छ । मेगा बैंकले डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राख्दै आएको बैंकले जनाएको छ ।