१२ असार २०८३, शुक्रबार

एमालेको नयाँ चुनावी गीत सार्वजनिक: बद्रि, कुलेन्द्र, रामजीसहित दर्जन कलाकारले दिए स्वर

एमालेको नयाँ चुनावी गीत सार्वजनिक: बद्रि, कुलेन्द्र, रामजीसहित दर्जन कलाकारले दिए स्वर

एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको छ ।

पाँच वर्षअघिको चुनावमा सार्वजनिक ‘सै पनि एमाले मै पनि एमाले’ गीत गाएका बद्रि पंगेनीले यसपटक एक दर्जन कलाकारहरूको सहकार्यमा ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीत गाएका छन् ।

यो गीतमा बद्रि पंगेनीका अलावा लोकदोहोरीका चर्चित गायक-गायिकाहरुले स्वर दिएका छन् । 

गीतमा पंगेनी, कुलेन्द्र विश्वकर्मा, रामजी खाँणसहित पूर्णकला बिसी, राजु गुरुङ, गंगा पुन, सुनिता बुढा क्षेत्री, भिमु गुरुङ, लक्ष्मी खड्का, माया पर्दे, सुजन लम्साल, डोलराज बाह्रघरे मगर र प्रसाद लामिछानेले स्वर दिएका छन् ।

सुजन लम्सालको शब्द एवं संगीतमा आएको गीतको भिडियोमा रीना थापा मगर, निर आले मगर, निर्मल क्षेत्री, अनु पराजुली, पवित्रा काफ्ले, प्रसाद लामिछाने, सुजन लम्साल, डोलराज बाह्रघरे, राजु खड्का लगायत देखिएका छन् ।

करन चैसिरको छायाँकन रहेको भिडियोलाई राजकुमार मगरले निर्देशनसँगै सम्पादन गरेका हुन् । सोमबार साँझ सार्वजनिक भएको गीतले भ्युज पनि राम्रो पाउँदै गएको छ । यो गीत पनि ‘गीत सै पनि एमाले’ जत्तिकै लोकप्रिय हुने विश्वास कलाकारहरुको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्