१० असार २०८३, बुधबार

एसईईमा संस्कृततर्फबाट ९ विद्यार्थी सहभागी हुँदै

एसईईमा संस्कृततर्फबाट ९ विद्यार्थी सहभागी हुँदै

वैशाख ९ गतेदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा म्याग्दीमा पहिलो पटक संस्कृति विषयतर्फबाट विद्यार्थी सहभागी हुने भएका छन् । 

बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत  शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले एसईईमा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिए । यस विद्यालयमा संस्कृत विषयसमेतमा अध्यापन हुँदै आएको छ । 

यसैगरी उज्यालो वैकल्पिक विद्यालयबाट पाँच आमासमेतले परीक्षामा सहभागिता जनाउने छन् । परीक्षामा जिल्लाका विभिन्न पाँच प्राविधिक धारतर्फका १३१ विद्यार्थीले सहभागी जनाउने छन् । 

जिल्लामा कुल दुई हजार २४५ परीक्षार्थीमध्ये छात्र एक हजार ९५ र छात्रा एक हजार १५० छन् । 

परीक्षामा एक खुला विद्यालयसहित ७४ विद्यालयका विद्यार्थीले सहभागिता जनाउने कार्यालयले जनाएको छ । परीक्षामा ग्रेड वृद्धिका लागि आठ जनाले सहभागी हुन लागेका छन् । 

जिल्लामा एसईई परीक्षा सञ्चालनका लागि ९ परीक्षा केन्द्र तोकिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्