११ साउन २०८३, सोमबार
खेलाडीका पीडा

एलिना महर्जनको अनुभव :​ टेबल टेनिसले प्रतिष्ठा दियो, तर खेलेरै बाँच्ने अवस्था बनेन [भिडियो]

बैशाख ६, २०७९

एलिना महर्जन नेपालकी चर्चित टेबल टेनिस खेलाडी हुन् ।

टेबल टेनिसमा करिअर बनाउने सोच थिएन, तर स्कूलमा खेल्दै जाँदा रूचि बढ्यो ।

पछि त पढाइ र टेबल टेनिस खेलबाहेक अन्य कुरामा ध्यानै गएन । 

सन् २००९ मा पाकिस्तान भएको जुनियर इन्टरनेसनल साउथ एसियन खेलमा ब्रन्च मेडल पाइन् । यो नै करिअरको प्रेरणा बन्यो ।

सन् २०१२ मा सिनियर इन्टरनेशनल साउथ एसियन खेलमा पनि ब्रन्च मेडल पाइन् । 

राष्ट्रिय खेलमा ५ पटक सिल्भर मेडल र ३ पटक ब्रन्च मेडल जितेकी छिन् । 

नेपालमा टेबल टेनिस खेलको गुणस्तरीय तालिम, एक्सपोजर, सेवा, सुविधा छैन ।

टेबुलटेनिस खेलाडीले खेलेरै जीविकोपार्जन गर्ने अवस्था बनेकै छैन । 

अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा समेत आफैँले टिकट काटेर जानुपर्ने अवस्था छ ।

अहिलेसम्म परिवारको सहरामा खेलिरहेको एलिना बताउँछिन् । सधैं यस्तै अवस्था हुँदा खेलबाट बाहिरिनेबारे सोच्नुपर्ने हुन्छ । 

स्वदेश र विदेशमा नियमित प्रतियोगिता हुने र सहभागी हुन पाउने अवस्था हुनुपर्छ । अन्तर्राष्ट्रिय कोच ल्याएर खेलाडीको मनोबल उच्च पार्नुपर्छ ।

टेबल टेनिस खेलले प्रतिष्ठा त दिएको छ, तर प्रतिष्ठाले जीविका चलाउन मुस्किल छ ।

बाँकी भिडियोमा :

salt training

कमेन्ट गर्नुहोस्