
आफ्ना उम्मेदवार नभएका स्थानमा मतपत्रमा पार्टीको चुनाव चिह्न नराख्न नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगलाई निवेदन दिएको छ ।
माओवादीले उम्मेदवार नभएका स्थानमा आफ्नो चिह्न (गोलाकारभित्र हँसिया हथौडा) नराख्न माग गर्दै शुक्रवार आयोगलाई निवेदन दिएको हो ।
माओवादी सत्ता सहयात्री दलहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग मिलेर चुनावी मैदानमा होमिँदैछ ।
जुन क्षेत्रमा जुन दलको उम्मेदवार छैन त्यसको चिह्न मतपत्रमा हुनु नहुने माओवादीको माग छ ।
मतपत्रमा चुनाव चिह्न कायम रहँदा धेरै मत बदर हुनसक्ने चिन्ता माओवादीलाई छ ।