३१ असार २०८३, बुधबार

पश्चिम नवलपरासीका सबै पालिकामा एमालेले टुंग्यायो उम्मेदवार

बैशाख ११, २०७९
पश्चिम नवलपरासीका सबै पालिकामा एमालेले टुंग्यायो उम्मेदवार

नेकपा एमाले पश्चिम नवलपरासीले पालिकाका उम्मेदवारहरू टुंगो लगाएको छ । 

जिल्लामा ३ वटा नगरपालिका र चार वटा गाउँपालिका छन् । जिल्लाको सुनवल नगरपालिका एमालेले महिला नेतृलाई मेयरमा अगाडि सारेको छ । 

सुनवलको मेयरमा विमला अर्याल र उपमेयरमा सूर्य दुबेलाई अगाडि सारिएको एमाले जिल्ला उपसचिव राजन आचार्यले जानकारी दिए । अर्याल गएको निर्वाचनमा पनि मेयर पदमा उम्मेदवार थिइन् । त्यस्तै रामग्राम नगरपालिकामा धनकत यादव र उपमेयरमा लक्ष्मी क्षेत्री उम्मेदवार हुने भएका छन् । 

बर्दघाट नगरपालिका एमालेले जनमुक्तिसँग तालमेल गरेको छ । मेयर धीरज शर्मा बस्याल र उपमेयरमा जनमुक्तिकी तारा राना सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति भएको आचार्यले जानकारी दिए । त्यस्तै सरावल गाउँपालिकाको अध्यक्षमा सुखाडी चौधरी र उपाध्यक्षमा बास्मती हरिजनलाई उम्मेदवार बनाएको छ । 

त्यस्तै पालिनन्दन गाउँपालिकामा अस्ताव अन्सारी अध्यक्ष र रिंगला यादव उपाध्यक्षको उम्मेदवार बन्नेछिन् । 

सुस्ता गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे र उपाध्यक्ष इन्द्रकुमारी थरुरी उम्मेदवार बन्ने भएकी हुन् । 

प्रतापपुरको अध्यक्षमा खेमनारायण गुरौलाई उम्मेदवार बनाइए पनि उपाध्यक्षको टुंगो अझै लाग्न सकेको छैन । पश्चिम नवलपरासीका धेरै पालिकामा एमालेले उम्मेदवार दोहोर्‍याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्