
काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार एमालेका केशव स्थापितले आफूमाथि विभिन्न किसिमका आरोप लगाउनेहरूलाई मानसिक रोगीको संज्ञा दिएका छन् ।
सोमवार उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले मानसिक रोगीहरूका लागि औषधि खान अचेल पैसा नपर्ने बताएका हुन् ।
‘किन समयसमयमा यस्ता विवादहरू निकालिन्छ ? म जत्तिको व्यक्तिको इस्सु उठ्छ नि,’ उनले भने, ‘विवादमा नआउने पनि केशव स्थापित हुन्छ ? ५० वटा मुद्दा लागेका बेला ५ वटा मुद्दा थपिबक्सियोस् भन्ने मान्छे हो । त्यति चुनौती बोकेको मान्छेलाई बाहिर सडकमा उठ्ने इस्सुमा ध्यान दिन हुँदैन ।’
उनलाई पत्रकारले यौन दुर्व्यवहारको आरोपबारे प्रश्न गरेका थिए । उनलाई मीटु अभियानका बेला एक युवतीले दुव्र्यवहारको आरोप लगाएकी थिइन् ।