×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

टिकटका लागि धाउनु परेन, यी चार काम गरेर बुटवललाई बदल्छु– बाबुराम भट्टराई [अन्तर्वार्ता]

‘धूलोले सबै आजित छन्, नगरपालिकाकै पैसाले भए पनि पिच गर्छौं’

बैशाख १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशको राजधानी रहेको बुटवल उपमहानगरपालिका नेकपा एमालेको गढ मानिन्छ । एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहजिल्ला र निर्वाचन क्षेत्र रहेको बुटवल उपमहानगरको मेयरका लागि एमालेबाट बाबुराम भट्टराई चुनावी मैदानमा छन् । एमालेको लालकिल्ला ढाल्न सत्तारुढ गठबन्धनले बुटवलमा चुनावी तालमेल गरेका छन् । गठबन्धनसँग भिडेर चुनाव जित्न र चुनाव जितेमा बुटवलको विकासका लागि के छन् योजना भनेर लोकान्तरका लागि विमल गौतम, सुशील पन्त र प्रकाश आचार्यले भट्टराईसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :   

Sagarmatha Cement
Muktinath Bank

देशको राइजिङ शहर बुटवलको नेतृत्व लिन तम्तयार भएर उम्मेदवारी मनोनयन दर्ता गर्नुभयो । चुनाव जित्नुभयो भने तपाईंले बुटवलमा के गर्नुहुन्छ ? के छन् योजना ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल नेपालको मध्यबिन्दु र आर्थिक राजधानी पनि हो । बुटवलमा अहिले जति पनि विकास निर्माणका कामहरू भएका छन्, केही पूरा हुने क्रममै छन् । सबैभन्दा पहिले बुटवलमा निर्माणाधीन आयोजना पूरा गर्ने पहिलो काम हाम्रो हुनेछ । अहिले हाम्रो संविधानले स्थानीय तहलाई दिएको अधिकारअनुसार स्वास्थ्य, शिक्षा, पर्यटन र भौतिक पूर्वाधारका कुराहरू र विकास निर्माणका कामलाई हामीले बढी ध्यान दिनेछौं । बुटवल पर्यटकीय क्षेत्र पनि हो । बुटवलको सबैभन्दा ऐतिहासिक ठाउँ जीतगढी किल्ला जहाँ अंग्रेज पनि आएर हारेको ठाउँ हो । कर्णेल उजिरसिंहले विजय प्राप्त गरेको क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा अगाडि बढाउछौं । कर्णेल उजिरसिंहले विजय प्राप्त गरेको ठाउँनजिकै गढी टोल भन्ने छ । त्यहाँ धेरै कामहरू भएको छ । त्यसलाई पनि हामीले विकासको रूपमा हेरिरहेका छौं । अहिले जुन कामहरू भइराखेका छन्, अटोभिलेजदेखि लिएर ढुवानी ग्राम लगायतका कामहरूलाई निरन्तरता दिएर तिनलाई अझै विकास गर्दै लैजान्छौं । 


Advertisment
Nabil box
Kumari

अझै हामीलाई सौभाग्य के छ भने प्रदेशको सबैभन्दा ठूलो अस्पताल यहीँ छ । अस्पताल बनाउन नेकपा एमालेकै कार्यकालमा प्रदेश सरकारले बजेट छुट्याइसकेको छ । विशिष्ट सेवासहितको दश तले अस्पताल बन्दैछ । त्यो अस्पतालको टेन्डर गर्दा अहिलेका मुख्यमन्त्रीले आर्थिक प्रलोभनमा परेर एक डेढ अबको हिनामिना गर्न थाल्नुभएको थियो । उहाँहरूले नै नियुक्त गर्नुभएका सीईओले बाध्य भएर राजीनामा दिनुभयो । यस्ता कामहरूलाई रोक्न हामीले खबरदारी गर्नुपर्नेरहेछ भन्ने हामीले महशुश गरेका छौं । अन्य विकास निर्माणका कामहरू यहाँको कालिकापथलाई रात्रिकालीन बजारको रूपमा विकास गर्दैछौं । त्यस्तै पुरानो बटौलीलाई पौराणिक खालको बजारको रूपमा विस्तार गर्दैछौं । त्यहाँ पुराना कस्ता खालका घरहरू थिए, त्यही अनुसारको नक्सांकन गरेर नगरपालिकाले नक्सा पास गर्दा पैसा नलिने व्यवस्था बनाउँछौं । पुराना चिजहरू पाइने नाइट मार्केट बनाउने हामीले सोचेका छौ । 

Vianet communication
Laxmi Bank

त्यस्तै यहाँ विकास निर्माणका ठूला कामहरू पनि भइरहेका छन् । अहिले यहाँ राजमार्ग चौराहादेखि जुन बाटोको समस्या छ, त्यो बाटो केन्द्रीय सरकारको हो । तर अहिले अहिले नगरपालिकालाई आरोप लगाइराखेका छन् । अदालतमा मुद्दा पर्‍यो । अदालतले रोकपछि त्यहाँका घरहरू ८२ फुटभित्र परेका कामलाई रोकिसकेपछि निर्माण कार्य अगाडि बढ्न सकेन । जब अदालतले बनाऊ भनेर मुद्दा जितियो त्यसपछि ठेकेदार हराएर समस्या भयो । धेरै कोशिश पनि ठेकेदार भेटिए । कामको शुरूआत गरे तर, कामचाहिँ अगाडि बढन सकेन । 

चौराहा चोकदेखि माथिको तीन किलोमिटर जति सडक हेर्‍यो भने बुटवल रोइरहेको छ । तपाईंले भनेजस्तै संघको आयोजना भन्ने आफ्नै ठाउँमा छ । आयोजना कसको हो, बजेट कहाँबाट आउँछ, कसरी आउँछ, सर्वसाधारणले बुझ्दैन । यो सडक निर्माणको काम यहाँको मेयरले गरेनन् भन्ने आरोप छ । यो गम्भीर आरोपका बीच मेयरमा उम्मेदवारी दिनुभएको छ । यसलाई चुनौती ठान्नुभएको छ कि छैन ?

त्यो एकदमै चुनौती छ । राजमार्ग क्षेत्र नगरपालिकाको क्षेत्राधिकार होइन । तर पनि हामीले अस्थायी रूपमा भएपनि कसरी मिल्छ कालोपत्रे गर्ने सोचेका छौं । कानूनले नदिएको कुरामा हात हाल्न हुँदैन । मिल्नेसम्म यहाँका बुद्धिजीवी र प्रतिपक्षलाई समेत सामेल गराएर बुटवलको सडकमा अस्थायी रूपमा भएर पनि समस्या समाधान गरेर संघीय सरकारलाई दबाब दिएर हामी अगाडि बढ्छौं । 

बाबुराम भट्टराईलाई कसरी चिन्नुहुन्छ भनेर हामीले जनतालाई सोध्यौं । उहाँले जनताका लागि के गर्नुभएको छ भनेर सोध्यौं । मानिसहरूको मिश्रित प्रतिक्रिया आएको छ । देशको आर्थिक केन्द्र बुटवलमा बाबुराम भट्टराईलाई जनताले कसरी चिन्छन् भन्ने लाग्छ ? के आधारमा भोट हालेर जिताउने ? 

राजनीतिक रूपमा पार्टीमा लागेर पार्टीले जिम्मा दिएको सम्पूर्ण काम गरेको छु । सामाजिक क्षेत्रमा धेरै राम्रो काम गरेको छु । तपाईंले अहिले कुरा गर्नुहुन्छ भने म रोटरी क्लबको निवर्तमान अध्यक्ष हो । जुन रोटरी क्लबले बुटवलमा मुटु अस्पताल सञ्चालन गरिरहेको छ । त्यो रोटरी क्लबमा एउटा सदस्य बन्न १० लाख लाग्छ । मैले यहाँ २५ जना सदस्य बनाएको थिएँ । जब कि यहाँ मुटु अस्पतालका लागि हामीले जग्गा पाए ३० वटा डाइलाइसिस सेन्टर राख्छौं भनेका थियौं । यहाँ जग्गा नपाए पनि हामी त्यही काम स्याङजाको वालिङमा गर्दैछौं । अहिले फेरि कपिलवस्तुको जीतपुरमा ८ बेडको डायलाइसिस सेन्टर बन्दैछ । त्यो १ डेढ महिनामा उद्घाटन होला । 

हामीले बुटवललाई महानगर क्षेत्रको रूपमा हेरेका छौं । यहाँदेखि ३० किलोमिटर परको मान्छेलाई तपाईंको घर कहाँ हो भनेर सोध्यो भने मेरो घर बुटवल हो भन्छ । तिलोत्तमा हेर्नुहोस्, तिलोत्तमाको मान्छे कसैले पनि तिलोत्तमा हो भन्दैन बुटवल हो भनेर भन्छ । त्यसैले बुटवललाई अरू नगरपालिकासँग पनि जोडेर, समन्वय गरेर त्यहाँ पनि काम गर्नेगरी अगाडि बढ्छौं । मैले स्वास्थ्य क्षेत्रमा पनि धेरै काम गरें । कसैलाई पनि दुःख पर्दा जतिसुकै बेला सहयोग गरें । त्यसैले मलाई धेरैले चिन्छन् । अझै पुरानो मान्छे मलाई नचिन्ने कोही भएन । त्यसैले दुःख पर्‍यो भने सबैभन्दा पहिले बाबुराम भट्टराईलाई फोन गर्ने भन्छन् । सामाजिक क्षेत्रमा यसले भन्दा अरूले बढी गर्न सक्दैन भनेर बुझेका छन् ।

तपाईंविरुद्ध महागठबन्धन चुनावी प्रतिस्पर्धामा छ । चारवटा पार्टी गठबन्धन गरेर तपाईंलाई पछार्न लागेका छन् । गठबन्धनलाई कत्तिको चुनौती देख्नुभएको छ ? त्यसलाई चिर्न तपाईंसँग के रणनीति छ ? 

मलाई अहिले कस्तो लाग्छ भन्दाखेरी गठबन्धनले बुटवललाई कुनै पनि असर पार्दैन । तत्कालीन नेकपा भइसकेपछि नेकपा एमाले र माओवादी एक बन्यो । नेकपा विभाजन भएर एमाले र माओवादी भएपछि जति माओवादी साथीहरू हुनुहुन्थ्यो त्यसको ८० प्रतिशत साथीहरू एमालेमा हुनुहुन्छ । पहिले बस्दा ६० प्रतिशत बस्नुभएको थियो । अरू २० प्रतिशत अहिलेसम्म प्रवेश गरी थपिनुभएको छ । 

पार्टी फुट्यो नेकपा एकीकृत समाजवादी भयो भन्नुहोला । एसमा जति जानुभएको छ त्यसको दोब्बर तेब्बर माओवादीको साथीहरू हामीसँग हुनुहुन्छ । त्यसैले हामीलाई मतको हिसाबले फरक पर्दैन । अर्को कुरा के छ भने माओवादी मजबुत हुँदा खेरी २०७४ मा राष्ट्रिय जनमुक्ति, कांग्रेस र माओवादीको गठबन्धन थियो । त्यो गठबन्धनलाई पनि हामीले एक्लै जितेको हो । अहिले के छ भन्दाखेरी जनमुक्तिका साथीहरूलाई केही सदस्य दिएर हामीले पनि गठबन्धनको रूपमा अगाडि बढेका छौं । उहाँहरूको भोट पनि थपिँदा हाम्रो अझै राम्रो हुन्छ । हामी त्यसै मजबुत छौं, त्यसमा जनमुक्ति थपिँदा हामीलाई सुनमा सुगन्ध हुन्छ । त्यसैले यहाँ हामी डराउनुपर्ने कुरा केही पनि छैन । 

नेपालमा चुनाव लड्न महंगो भयो भन्छन् । यो चुनावमा तपाईंले कति करोड खर्च गर्दै हुनुहुन्छ ? केही हिसाब गर्नुभएको छ ?

मैले केही हिसाब गरेको छैन । हामीले निर्वाचन आयोगले तोकेको रकमभन्दा बढी खर्च गर्नु आवश्यक छैन । गर्नुपर्छ जस्तो पनि मलाई लाग्दैन । 

त्यति सजिलैसँग चुनाव जितिन्छ ? 

मेरो बारेमा भनुहुन्छ भने दुईवटा गाडी मेरो लैजा भनेर साथीहरूले भनिसक्नुभयो । मैले भाडा तिर्न पनि पर्दैन । साथीहरूले उठाउनुहुन्छ । वडामा साथीहरूले आ–आफ्नो व्यवस्था गर्नुभएको छ । म सबैभन्दा कम खर्च गरेर चुनाव जित्ने मान्छे हुन्छु जस्तो लाग्छ । हाम्रो जुन हल्ला छ, हल्ला अनुसार खर्च हुँदैन । 

त्यो तपाईंले भन्ने कुरा भयो । नढाँटी भन्दा वैशाख ३० गते बेलुका मतगणना शुरू नहुँदासम्म कति खर्च होला ? 

यसपालि भन्दा पहिले एक डेढ महिना अगाडिदेखि चुनाव प्रचारप्रसार हुन्थे । तर, यो पटक हामीले त दश बाह्र दिनभन्दा बढी प्रचारप्रसार गर्न पनि नपाइने भयो, त्यो कारणले खासै बढी खर्च हुने स्थिति मैले देखेको छैन । मेयर/उपमेयर हिँडियो भने त दुई जनालाई अधिकारले नै दिएको पैसाले नै पुग्छ । धेरै पैसा खर्च गर्न पर्छ जस्तो मलाई लाग्दैन । 

नेतालाई हेर्ने आमनेपालीको सोचाइ अत्यन्त नेगेटिभ छ । सबैजना नेतालाई सराप्छन् । गाली गर्छन् । आफ्नै भुँडी भर्ने हो, आफ्ना नातागोता जागिर लगाउने हो, काम पनि आफ्नै ठेकेदारलाई दिने हो भन्छन् । नेताप्रतिको आमदृष्टिकोण अत्यन्तै नकारात्मक छ । त्यो नकारात्मकता चिर्नका लागि तपाईंसँग के एजेन्डा छ ? 

म अहिलेसम्म सादा जीवन बिताएको मान्छे हुँ । मैले कुनै पनि तडकभडक कहिल्यै गरिनँ । व्यवसाय गरे पनि अनैतिक काम अहिलेसम्म गरेको छैन । मैले अहिलेसम्म कसैको पैसा पनि खाएको छैन । आफ्नै पार्टीको सरकार पनि धेरैपटक बन्यो । तर, मैले कुनै कुरा पनि लिइनँ । मेरा शुभेच्छुकहरूले तँ क्लियर मान्छे छस् भन्नुहुन्छ । तँ जस्तो मान्छे अगाडि बढ् है भनेर सबैले भनेकाले म अगाडि बढेको हुँ । मेरो एउटै चाहना के छ भन्दा अहिले म जे छु निस्किँदा पनि यस्तै निस्किन चाहन्छु ।

पारदर्शिता, सुशासन आदिमा गर्नैपर्ने र सबैले सम्झिने काम गर्न पाएँ भने मेरो जिन्दगी अमूल्य हुन्छ । भ्रष्टचार गरेर अनैतिक रूपमा कमाएको मान्छे कि हृदयाघात भएर मरेको छ कि टेन्सनले बौलाएको छ । केही पनि नगरेको मान्छे स्वतन्त्र रूपमा हाँसेर हिँडेको छ । त्यही भएर हाँसेर हिँड्ने बाबुराम बनिरहन पाऊँ । त्यही बाटोमा म हिँड्छु भनेर मैले सोचिरहेको छु । २०६१ देखि २०६३ सम्म तत्कालीन लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्ष थिएँ । त्यतिखेर म जसरी पसेको हुँ, त्यसैगरी निस्किएँ । आज पनि त्यहाँ जाँदा कर्मचारीहरूले हजुर फेरि पनि अध्यक्ष भएर आइदिनुपर्‍यो भन्नुहुन्छ । 

नढाँटी भनिदिनुहोस् है त, तपाईंलगायत दुईचार जना नेताहरू मेयरको टिकटका लागि दौडमा हुनुहुन्थो । टिकट तपाईंले फुत्काउनुभयो । टिकट फुत्काउने दौडमा कत्तिको कसरत गर्नुपर्‍यो । नेताहरूको कत्तिको चाकडी गर्नुपयो । अरू के–के गर्नुपर्‍यो ?  

मेरो कसैलाई चाकडी गर्ने बानी पनि छैन । मलाई सबैले के भन्थे भन्दाखेरी तँ यहाँ बसेर हुँदैन, काठमाडौं गएर नेताहरूलाई भेट । मलाई सबैले चिन्नुभएको छ । मलाई खड्ग ओलीले पनि चिन्नुहुन्छ । २०४५ सालमा उहाँ यहाँ बस्दाखेरी मेरो घरमा आउने, बस्ने भएको हो । अनि त्यसपछि विष्णु पौडेलले त झनै नजिकबाट चिन्नुभएको छ । शंकर पोखरेलले पनि चिन्नुभएको छ । प्रदीप ज्ञवालीले पनि चिन्नुभएको छ । यहाँ छवि कमरेड, लिला गिरीहरूसँगै छौं । अनि यो योग्य छ, यसलाई दिनुपर्छ भन्ने उहाँहरूलाई आवश्यकता लागेमा दिनुहुन्छ भन्थें । र तलका जनताहरूमा मेरो धेरै छ, त्यो हजुरहरूले पनि बुझ्नुहोला । त्यसैले टिकटका लागि म कहीँ पनि जानु परेन । लास्टमा दुई दिनपछि निर्णय हुन्छ भन्दा एक जनाले ल मैले बालकोटमा भेट्ने समय मिलाउँछु, तपाईं आउनुहोस् भनेर समेत भन्नुभयो । मलाई पर्दैन, म आउन्नँ भनें । एकपटक सबैलाई मेयर उठ्ने इच्छा छ केरे भनें । दोस्रोपटक कसैलाई पनि भन्नु परेन ।  

तपाईंको बारेमा सबैभन्दा कन्भिस को हो ? विष्णु पौडेल, शंकर पोखरेल वा केपी ओली ?

यो विष्णु पौडेलको क्षेत्र भएकाले उहाँले नै धेरै सुन्नुभएको होला जस्तो लाग्छ मलाई । उहाँसँगको सम्बन्ध धेरै पुरानो हो । उहाँले यो कस्तो हो भन्ने कुरा पनि जान्नुभएको थियो । र शंकर पोखरेलले पनि जान्नुभएको थियो । केपी कमरेडसँग त मजस्ता हजारौं कार्यकर्ता छन् । ओलीले हाम्रो घरमा सेल्टर हुँदा चिन्नुभएको थियो । त्यो दुईचार पटकको भेट न हो तर  उहाँले अहिले पनि सम्झनु हुँदोरहेछ । उहाँले पनि अरूसँग बुझिराख्नुभएको होला । 

सबैभन्दा बढी कन्भिन्स यहाँको नगर कमिटी भयो । सिफारिश गर्‍यो । त्यसपछि जिल्ला कमिटीका साथीहरू कन्भिन्स हुनुभयो । त्यसपछि त्यसपछि प्रदेश कमिटी कन्भिस भयो । यो बाबुरामलाई यहाँ राख्नुहुँदैन केन्द्रमा पठाउनुपर्छ भनेर उहाँहरूले पठाउनुभयो । पठाउँदा तीन जनाको नाम गएको छ भन्ने सुनेको थिएँ । क–कसको हो भन्ने पनि मलाई थाहा भएन । अनि सचिवालयले निर्णय गर्‍यो । अघिल्लोपटक पनि मेरो नाम आएको हो नि । तेरो हुन्छ भन्नुहुन्थ्यो, तर भएन । 

मेरो पहुँच नै कम भएर नेताहरूसँग म नजिक नभएको हो कि भन्ने मलाई मनमा लागेको थियो । तर, अहिले मलाई कस्तो अनुभूति भयो भने मैले जतिखेर टिकट पाएँ, त्यो बेलासम्म पनि मलाई अलिकति पनि छनक थिएन । मलाई साथीहरूले तेरो हुने भयो भने पाँच छ घण्टा अगाडि नेताहरूले हिन्ट दिनुहुन्छ भन्थे । सचिवालयको मिटिङ सकिँदासम्म पनि कुनै संकेत नपाएपछि मेरो भएन भन्ने लागेको थियो । तर कुनै संकेत नआइकनै भयो । त्यसैले के भन्छु भने बेस राम्रो बनाउनुहोस् । बेस राम्रो बनाए नेताले मन पराउनैपर्छ भन्ने पनि रैनछ । सफल भइँदोरहेछ भन्ने कुरा तपाईंहरूमार्फत पनि अरू साथीहरूलाई भन्न चाहन्छु । 

तपाईंले मेयर जित्नुभयो भने अबको पाँच वर्षपछि बुटवलमा आउँदा तीनवटा फरक चिज हामीले के–के देख्न पाउँछौं ? एक, दुई, तीन ?  

एउटा कुरा बुटवललाई व्यवस्थित शहरको रूपमा देख्न पाउनुहुनेछ । त्यतिखेर बाटाघाटा बन्नेछन् । अहिले बुटवलकै बाटोको कारण धेरै व्यवसायीहरू पनि पीडित हुनुहुन्छ । बाटोकै कारणले व्यवसाय पनि चौपट भएको छ । त्यो बेलासम्म बजार व्यवस्थित हुनेछ । नम्बर दुई हामीले प्रत्येक वडामा स्वास्थ्यमा पहुँच पुर्‍याउने छौं । तेस्रो शिक्षाको क्षेत्रमा हामीले क्वालिटीको शिक्षा उपलब्ध हुने वातावरण बनाउँछौं । यहाँ बोर्डिङमा पढाएकाहरूले सामुदायिक स्कूलमा पढाउँदा पनि एउटै गुणस्तरको शिक्षा हुने गरी शिक्षाको क्षेत्रमा विकास गर्नेछौं । 

बुटवलका स्कूल राष्ट्रिय लेभलमा टप छन् । सबै स्कूललाई त्यही लेभलका बनाएर विद्यालयबाहिर कुनै पनि बालबालिका रहन दिनेछैनौं । सबैलाई भर्ना गर्छौं र पढाउने काम गर्छौं । अर्को कुरा बुटवललाई सडक बालबालिकामुक्त बनाउनेछौं । त्यसको व्यवस्थापन हुनेछ । नगरका ६ वटा वडामा वैज्ञानिक कृषि कार्यक्रम लागू गर्छौं । 

तपाईं आर्थिक रूपमा सम्पन्न मान्छे हुनुहुँदोरहेछ भन्ने बुझियो । यसअगाडि देशका ठाउँठाउँका मेयरहरू जो सम्पन्न परिवारका थिए, उनीहरूले तलब भत्ता र सुविधा नलिइकन पाँच वर्ष काम गरे । तपाईं मेयरमा निर्वाचित हुनुभयो भनेर सेवासुविधा लिनुहुन्छ कि हुन्न ? 

अहिले मैले तलब भत्ता लिएर के गर्ने भन्ने सोचेको छैन । मैले अहिले पनि मानव सेवा आश्रमदेखि अस्पतालहरू प्रयोग गरेको छु । आश्रमलाई पाँच लाख रुपैयाँ दिएको छु । मैले तलबभत्ता नै लिएर काम चलाउन जरुरी छैन । तर पनि केमा दिने केमा प्रयोग गर्ने भन्ने कुरा अझै मैले सोचिसकेको छैन । 

व्यक्तिगत खातामा जान्छ कि अन्य सामाजिक कार्यमा ? 

मेरो खातामा गए पनि त्यही रकम सामाजिक खातामा सर्छ । त्यो चाहिँ कन्फर्म हो । 

बुटवलको मुख्य र चुनावी नारा नै सुकुम्बासी समस्या समाधान गर्ने हुन्छन् । बुटवलमा सुकुम्बासी क्षेत्रका २० हजार मतदाता छन् । त्यो समस्या समाधानका लागि के पहल गर्नुहुन्छ ? 

बुटवलमा सुकुम्बासी समस्या छ । तपाईंहरूले जानेकै कुरा हो, सुकुम्बासीलाई लालपूर्जा दिनका भूमि आयोग बनेको थियो ।

तत्कालीन नेकपा सरकारले शुरूमा त भूमि आयोग बनाउन नै निकै मेहनत गर्नुपर्‍यो । त्यसमा माओवादीले पनि सिट खोज्यो । माधव नेपालले पनि सिट खोजे । जब आयोग बन्यो, राम्रो काम भएको थियो, यहाँ जग्गाको नापजाँच पनि भएको थियो । लालपूर्जा पनि तयार भइसकेका थिए । तर, दिने बेलामा फेरि सरकार परिवर्तन भयो । 

सरकार परिवर्तन भइसकेपछि सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूका लागि लालपूर्जा पुग्न सकेको छैन । तर, नापेर तपाईं बसेको क्षेत्र तपाईंको अधिकार हो भनेर निस्सा उपलब्ध भएको छ । निस्सा अनुसारको लालपूर्जा दिन म कटिबद्ध भएर लाग्नेछु । 

अन्तिममा आफ्ना मतदाताहरूलाई केही भन्न चाहनुहुन्छ ? 

मैले त मतदाताहरूलाई एकपटक राम्रोसँग बुझेर मतदानमा सहभागी हुनुहोस् भन्छु । नेकपा एमालेलाई विकास निर्माणका लागि जनतासँगै देख्नुहुनेछ । तिनाउपारिका ८ वटा वडाहरूमा सुत्केरी हुनुपर्‍यो भने वर्षायामको समयमा ट्याक्टरमा हालेर भैरहवा लगेर बुटवल ल्याउनुपर्थ्यो । सर्पले मोतीपुरमा कसैलाई टोक्यो भने भैरहवा लैजानुपर्थ्यो । आज हेर्नुहोस्, तिनाउमा दर्जनौं पुल बनेका छन् । यति पूर्वाधार विकास भइसकेको छ । यी सबै काम हाम्रो विष्णु पौडेल अर्थमन्त्री हुँदा र उहाँ सांसद भइसकेपछि भएको हो । यो कुरा सबै जनतालाई थाहा छ । बुझ्नु पनि भएको छ । विकास र आर्थिक राजधानी बनाउनका लागि लागिराखेका छौं । 

त्यसका लागि एमालेले जुन काम गरिराखेको छ, त्यसलाई अझै व्यवस्थित र बुटवललाई भव्य शहर बनाउनका लागि तपाईंहरूले सहयोग गर्नुहोस् । यो सबै बुटवलवासीका लागि हो । तपाईं मतदाताका लागि हो । एकपटक हेरेर नेकपा एमालेलाई पुनः मतदान गरी सेवा गर्ने मौका दिनुहोस् भन्न चाहन्छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x