१२ साउन २०८३, मंगलबार

इन्द्रसरोवर गाउँपालिकामा एमालेका दुई उम्मेदवार वडा सदस्यमा निर्विरोध

बैशाख १३, २०७९
इन्द्रसरोवर गाउँपालिकामा एमालेका दुई उम्मेदवार वडा सदस्यमा निर्विरोध

यही वैशाख ३० गते हुने स्थानीय तहको  निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा  दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । 

    एमालेबाट दलित महिला सदस्य पदमा  मनोनयन दर्ता गराएकी  उक्त गाउँपालिका–१ की लक्ष्मी दमाइँ,  र सोही गाउपालिका वडा नं ४  की सावित्रा सुनार निर्विरोध निर्वाचित भएको बताइएको छ ।

ती वडामा अन्य कसैको पनि उम्मेदवारी  नपरेकाले उनीहरू निर्विरोध  निर्वाचित भएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्