०९ असार २०८३, मंगलबार

एसईईमा देखिएका समस्या समाधान हुन्छन्- शिक्षामन्त्री

बैशाख १४, २०७९
एसईईमा देखिएका समस्या समाधान हुन्छन्- शिक्षामन्त्री

शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् । 

चितवनस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसईई परीक्षा निरीक्षणपछि आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले एसईई परीक्षामा सामान्य केही समस्या देखिएको बताए । 

'केही प्रश्नपत्रहरूमा शिक्षकहरूको समेत गुनासो आएको छ, यसलाई हामी समीक्षा गर्छौं,' उनले भने । 

देशैभर एसईई शान्त रुपमा भइरहेको उनले जानकारी दिए । 

अर्को प्रसंगमा बोल्दै उनले चितवनमा निर्माण हुने भनिएको शिक्षक अस्पतालको काम प्रभावकारी तवरले अघि बढेको बताए । कानुनी प्रक्रिया, जग्गा प्राप्ति बजेटको सुनिश्चितता लगायतको काम भइसकेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्