×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

राजनीतिक नेतृत्वमा विकल्प खोजिरहेको वीरगञ्ज: जीतहारको साँचो कांग्रेसी मतदाताको हातमा

मतदाता भन्छन्– ‘एक महिना मुर्गा खुवाउँछन्, पाँच वर्ष मुर्गा बनाउँछन्’

बैशाख १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

वीरगञ्ज महानगरपालिकाको आदर्शनगरमा रहेका चिया स्टलहरूमा हरेक बिहान र साँझ गरमागरम राजनीतिक बहस चल्न थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बिहानको शीतल तापेर तातो चियासँँग गरिने चुनावी मन्थन असाध्यै पेचिलो छ । महानगरको नेतृत्वले पाँच वर्षमा गरेका काम र आगामी नेतृत्व चयनको राजनीतिक आयाम चिया बहसको मुख्य विषय हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी बहसमा महानगरको मेयरका रूपमा उम्मेदवारहरूप्रतिको आशा र भरोसाभन्दा आक्रोश र अविश्वास बढी प्रकट भइरहेको सुनिन्छ ।


Advertisment
Nabil box
Kumari

वीरगञ्जलाई राजनीतिक विकल्प दिनसक्ने वैकल्पिक अनुहार यसपटकको चुनावमा उम्मेदवार बनेर आउन नसकेको उनीहरूको बुझाइ छ । 

Vianet communication
Laxmi Bank

आदर्शनगरको राजु टी स्टलमा भेटिएका मतदाता मुरली जलान भन्छन्, ‘अहिले मतदाताले मेयरको उम्मेदवारमा उपयुक्त विकल्प पाएका छैनन् । यसअघिका मेयरका काम हामीले देखिसकेका छौं । नयाँ उम्मेदवारको पृष्ठभूमि हेर्दा पनि आशावादी हुन सकिने अवस्था छैन ।’ 

वीरगञ्जको स्थानीय चुनावको लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तालमेल गरेको छ । एमालेले मेयरमा यसअघिका मेयर विजय सरावगीलाई उम्मेदवार बनाएको छ भने लोसपाले उपमेयरमा लोसपाका पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झालाई उम्मेदवार बनाएको छ । 

विजय सरावगी २०७४ को निर्वाचनमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेर वीरगञ्जको मेयर जित्न सफल भएका थिए । मेयर बनेपछि जसपाका नेताहरूसँग उनको सम्बन्ध बिग्रियो । विशेषगरी पर्साका नेता एवं संघीय प्रतिनिधि सभाका सांसद प्रदीप यादवसँग उनको सम्बन्ध चिसियो । पार्टीका नेताहरूसँग तालमेल बिग्रिएपछि उनी मेयरको उम्मेदवार बनाउने राजनीतिक दलको खोजीमा थिए ।

कांग्रेस प्रवेशका लागि प्रयास गरेका सरावगीले अन्ततः एमालेको अबिर लगाए र मेयरको उम्मेदवार बने ।

सरावगीमात्रै होइन, पाँच दलीय गठबन्धनका तर्फबाट वीरगञ्जको मेयरको उम्मेदवार बनेका राजेशमान सिंह पनि विभिन्न पार्टी चहारेर अन्ततः जनता समाजवादी पार्टीबाट मेयरको उम्मेदवार बनेका व्यक्ति हुन् । 

लोकतान्त्रिक समाजवादी पार्टीमा प्रभावशाली नेताको रूपमा रहेका सिंह एमालेबाट मेयरको टिकट पाउने आशामा एमाले प्रवेश गरेका थिए । तर, उनी धेरै समय एमालेका टिकेनन् । एमालेले विजय सरावगीलाई पार्टीमा ल्याएपछि आफूले मेयरको टिकट नपाउने बुझेर उनी एमालेबाट तुरुन्तै जनता समाजवादी पार्टीको छाता ओढ्न पुगे । अहिले उनी छाता चिह्न लिएर जनता समाजवादी पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार छन् । 

स्थानीय चुनावमा देशव्यापी रूपमा गठबन्धन गरेका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट सिंह साझा उम्मेदवार बनेका हुन् ।

उनीहरूबाहेक वीरगञ्ज महागनरको राजनीतिक नेतृत्व लिनका लागि तीन दर्जनले उम्मेदवारी दर्ता गराएका छन् । तर, मतदाता भने मेयरका लागि उपयुक्त विकल्प पाउन नसकेको बताउँछन् । 

वीरगञ्जका अर्का मतदाता सोनालाल गुप्ता भन्छन्, ‘जनताका लागि रोटी, कपडा र मकान मुख्य कुरा हो । यसलाई सम्बोधन गर्ने उम्मेदवार नै हामीले पाएका छैनौं । पैसाको बलमा चुनाव लड्ने र मतदातालाई प्रभावित गरेर नजिता आफ्नो पक्षमा पार्ने प्रयास भइरहेको छ । यसले सही नेतृत्व ल्याउँदैन ।’

मेयरको टिकट र अन्य व्यक्तिगत स्वार्थका लागि पार्टी फेरिरहने नेताले जनताको मनोभावना बुझेर काम गर्न नसक्ने भएकाले अहिले उम्मेदवार भएक जोसुकैले जिते पनि वीरगञ्जले विकल्प नपाउने यहाँका मतदाता बताउँछन् । 

‘टिकट र स्वार्थका लागि पार्टी फेरिरहेका छन् । जनताको पक्षमा काम गर्छु भनेर पार्टी फेरेका होइनन् । उम्मेदवारले जनतालाई एक महिना मुर्गा (कुखुरा) खुवाउँछन् । पाँच वर्ष जनतालाई नै मुर्गा बनाउँछन्,’ गुप्ताले तीतो पोखे । 

मतदाताले मत दिने बेलामा व्यक्ति, उसको क्षमता र योग्यता नहेरी पार्टीको झण्डा हेर्ने गरेका कारण महानगरको विकास हुन नसकेको वीरगञ्जका बुज्रुक मतदाताको अभिमत छ ।

वीरगञ्जमै स्थायी बसोबास गरिरहेका राजनीतिक विश्लेषक एवं लेखक चन्द्रकिशोर पनि वीरगञ्जले यसपटकको चुनावमा योग्य उम्मेदवार नपाएको बताउँछन् । 

‘यसपटकको चुनावमा वीरगञ्जका मतदाताले चाल र चरित्रभन्दा पनि चेहरा खोजिरहेका छन् । तर, त्यस्तो उम्मेदवार पाउन सकिएको छैन । योग्य प्रत्याशी नभएका कारण कमसलमध्यको अब्बल छान्नुपर्ने बाध्यता मतदातालाई छ’, चन्द्रकिशोरले भने । 

वीरगञ्ज सामरिक र राजनीतिक महत्त्वको शहर हो । समग्र देशको वैदेशिक व्यापार र देशको लाइफलाइन पनि वीरगञ्जले नै जोड्छ । नेपालको भारतसँग जोडिएको सबैभन्दा ठूलो नाका पनि यही हो । व्यापार, वैदेशिक सम्बन्ध आदिका आधारमा वीरगञ्ज रणनीतिक महत्त्वको महानगर हो । यसको  नेतृत्व पनि उत्तिकै सुझबुझपूर्ण हुनुपर्छ । 

तर, मतदाता त्यस्तो सुझबुझपूर्ण नेतृत्व उम्मेदवारको रूपमा नपाएको बताउँछन् । अर्कोतर्फ, राजनीतिक दलहरूले चुनावी गठबन्धन गरेका कारण पनि योग्य उम्मेदवार आउन नसकेको उनीहरूको विश्लेषण छ ।

वीरगञ्जका अर्का मतदाता मुरली जलान भन्छन्, ‘राजनीतिक पार्टीले चुनावी गठबन्धन नगरेको भए योग्य उम्मेदवार आउने सम्भावना रहन्थ्यो । गठबन्धनकै कारण योग्य उम्मेवारलाई मैदानमा आउन रोकियो ।’

चुनावी प्रतिस्पर्धाको हिसाब

वीरगञ्ज महानगरपालिकामा एक लाख २४ हजार ६४७ मतदाता छन् । त्यसमा पुरुष ७० हजार ८१० जना छन् ।  महिला ५३ हजार ८३३ र अन्य चारजना छन् । त्यसमध्ये करीब १३ हजार नयाँ मतदाता हुन् ।

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार सरावगीले १९ हजार ३९३ मत पाएका थिए । दोस्रो नम्बरमा रहेका कांग्रेसका उम्मेदवार अजयकुमार द्विवेदीले १७ हजार १९७ मत पाएका थिए।

त्यस्तै, तत्कालीन राजपा नेपालका उम्मेदवार राजेशमान सिंहले १२ हजार १६५, नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले आठ हजार ७०१ मत पाएका थिए ।

यसपटक ठूला दलहरूले चुनावी गठबन्धन गरेका कारण वीरगञ्जको मेयरमा द्विपक्षीय प्रतिस्पर्धा नै हुने मतदाताहरूको विश्लेषण छ । वीरगञ्जको मेयरका लागि विजय सरावगी र राजेशमान सिंहकै महाभिडन्त हुने देखिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पत्रकार गिरीश गिरी उम्मेदवार बनेका छन् । वीरगञ्जमा उनको बुवा र हजुरबुवाको राजनीतिक प्रतिष्ठाका कारण गिरीका पक्षमा मतदाताको झुकाव भेटिन्छ । तर, उनी उम्मेदवार बनेको दलको बलियो उपस्थिति वीरगञ्जमा छैन । 

वीरगञ्जको मेयरको कसले बाजी मार्छ भन्ने निर्क्यौल गर्ने शक्ति भने कांग्रेसका मतदाता रहेका छन् । कांग्रेस पाँचदलीय गठबन्धनमा रहेको भए पनि उम्मेदवारले उक्त पार्टीको मतदातालाई कत्तिको प्रभाव पार्न सक्छन् भन्ने कुराले चुनावी नतिजामा फरक पार्ने विश्लेषक चन्द्रकिशोर बताउँछन् । 

वीरगञ्जको कुलमध्ये करीब २५ प्रतिशत अनिर्णित मतदाता छन् । उनीहरूले कसलाई मत दिन्छन् भन्ने कुराले चुनावी नतिजामा फरक पार्ने चन्द्रकिशोरको विश्लेषण छ । 

अर्कोतर्फ, पर्सा क्षेत्र नम्बर २ का कांग्रेस सभापति मोहम्मद सहाबुद्दीन र जसपाका मेयरका उम्मेदवार राजेशमान सिंहको सम्बन्ध राम्रो छैन । नागरिकताको विषयलाई लिएर उनीहरूको ठूलो झगडा थियो । त्यसको असर अहिलेको चुनावमा पनि पर्नसक्ने वीरगञ्जवासीको विश्लेषण छ ।

वीरगञ्जमा अन्य दलको तुलनामा कांग्रेसको मत बलियो छ । तर, गठबन्धनमा सिट बाँडफाँडको लेनदेन हुँदा मेयर जसपाले पाएको थियो । राजेशमान सिंहलाई वीरगञ्जमा चुनाव जिताउँदा जसपालाई पहाडी भूभागमा उपस्थिति देखाउन सजिलो हुने भएकाले पनि जसपाका उपेन्द्र यादवले उनलाई रणनीतिक रूपमा उम्मेदवार बनाएको वीरगञ्जमा चर्चा छ । 

वीरगञ्ज प्रोपर मधेशको शहर भए पनि बसोबास र रहनसहन विविधतायुक्त छ । मधेशी समुदायका अलावा नेवार, तामाङ, क्षेत्री समुदायको पनि यहाँ बसोबास छ । तर, उनीहरूको संख्या अत्यन्तै न्यून छ । मधेशी समुदायको बाहुल्य रहेको ठाउँमा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट शान्ति कार्कीले उपमेयरमा निर्वाचन जितेकी थिइन् । 

यसपटक भने वीरगञ्ज महानगरको निर्वाचनको नतिजालाई मुख्यगरी चार कुराले प्रभावित गर्ने विश्लेषक चन्द्रकिशोर बताउँछन् । 

‘जातीय आधारमा उम्मेदवारमा पर्ने प्रभाव, उम्मेदवारको खर्च गर्न सक्ने क्षमता, अर्को दलको मत क्रस गराउने योग्यता र उम्मेदवारको सम्पर्क सम्बन्धले चुनावको नतिजामा असर पार्छ’, चन्द्रकिशोरले भने ।  

पैसा र टिकटको अफर

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर–१० मा वडा अध्यक्षको स्वतन्त्र उम्मेदवार बनेका छन् जयप्रकाश खेतान । उनी अगरबत्तीको व्यवसायमा संलग्न छन् । व्यवसायसँगै सामाजिक काममा पनि उनको संलग्नता छ । 

तर, उनलाई केही राजनीतिक दलले वडा अध्यक्षको उम्मेदवारको अफर गरेका थिए । उम्मेदवार बनाउने मात्रै होइन, टिकटसँगै पैसाको पनि अफर आएको खेतानले बताए । 

‘मैले स्वतन्त्र रूपमा वडा अध्यक्षको उम्मेदवार बन्छु भनिरहेको थिएँ । केही राजनीतिक दलले मलाई टिकट सहित ३० लाख रुपैयाँ दिने अफर गरे । मैले राजनीतिक दलका तर्फबाट उम्मेदवार बन्दिनँ भनेर इन्कार गरें,’ खेतानले भने ।

जयप्रकाश खेतान

उम्मेदवारी दर्ता गरेर घर बसेपछि चुनाव जिताइदिने आश्वासन आएको पनि उनले दाबी गरे । ‘टिकट पनि दिन्छौं, पैसा पनि दिन्छौं, उम्मेदवारी दर्ता गरेर घर बसे हुन्छ, चुनाव जिताइदिन्छौं भनेका थिए’, गुप्ताले भने । कुन पार्टीबाट यस्तो अफर आएको भन्ने उनले खुलाउन चाहेनन् ।  

राजनीतिक दलका तर्फबाट उम्मेदवार बन्दा जितेको खण्डमा स्वतन्त्र रूपमा काम गर्न नपाइने र आफ्नो सोच कार्यान्वयन गर्न नसकिने भएकाले पार्टीको टिकटको अफर अस्वीकार गरेको उनले बताए । 

‘१० प्रतिशत बाहुबलीले ९० प्रतिशत मानिसलाई नियन्त्रण गरिरहेका छन् । यस्तो अवस्थामा पार्टीको उम्मेदवार हुँदा १० प्रतिशतकै कित्तामा जानुपर्ने हुन्छ जुन मैले ठीक ठानिनँ’, खेतानले भने, ‘अब जनताले उनीहरूलाई ब्यालेटबाटै जवाफ दिनुपर्छ ।’

वीरगञ्जका मतदाता सोनालाल गुप्ता भन्छन्, ‘महानगरमा सही नेतृत्व ल्याउनका लागि उम्मेदवारले दिएको लिनु तर भोट चाहिँ सोचविचार गरेरै हाल्नु ठीक हुन्छ । हाम्रो नहेर्नु, राम्रो हेर्नु ।’ 

- प्रशिक्षार्थी पत्रकार अञ्जली गुप्ताको सहयोगमा

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x