३० जेठ २०८३, शनिबार
पकवान प्रणाली

परापूर्वकालको पकवान प्रणाली मटिया फर्कियो, कसरी बन्छ मटिया परिकार ?

बैशाख १७, २०७९
परापूर्वकालको पकवान प्रणाली मटिया फर्कियो, कसरी बन्छ मटिया परिकार ?

कुनै समय त्यस्तो थियो सबै खानाका परिकार माटोका भाँडामा पाक्थ्यो । आधुनिकतासँगै यो हाम्रो समाजबाट लोभ हुँदै गएको थियो तर पछिल्लो समय मटिया परिकार फेरि चर्चित र लोकप्रिय हुँदै गयो । 

पछिल्लो समय माटोका भाँडामा धेरै परिकार बन्न थालेका छन् । मटिया परिकार राखेर व्यवसाय गर्ने रेस्टुरेन्टहरू पनि उल्लेख्य बढेका छन् । पोखरा होस् या राजधानी काठमाडौं सबैतिर अहिले मटिया परिकारको चर्चा छ ।

मट्काको भाँडामा चिया मात्र होइन, दालभात, तरकारी र माछामासु लगायतका परिकार पस्किन थालिएको छ । नयाँ पुस्ताका लागि निकै चाखलाग्दो यो पौराणिक पकवान आजभोलि धेरैको नजरमा परेको छ । आधुनिक थालीभन्दा यस्ता माटोका भाँडामा खानु स्वास्थ्यका हिसाबले पनि राम्रो मानिन्छ ।

के–के बनाउन मिल्छ मटियामा ?

मटियामा पछिल्लो समय चियादेखि बिर्यानीसम्म पस्कन थालिएको छ । अझ नेपाली रहनसहनको खान्की दाल, भात, तरकारी, मासु समेत मटियामा पाक्ने हुँदा धेरैको मन तानिएको छ । नेपालीहरूलाई मन पर्ने थालिसेट समेत मटिया भाँडोमा पस्कन थालेपछि झन् लोकप्रियता बढ्दै गएको छ । 

जुजुधौ अर्थात् दहीको राजा भनेर चिनिएको भक्तपुरको मटिया दही त धेरै पहिलादेखि नै प्रख्यात छ ।

मटिया खाना सेट धेरैले रुचाएका कारण यस्ता परिकार पस्कने रेस्टुरेन्ट धमाधम बढ्दै गएका छन् । माटोका भाँडामा त्यो पनि दाउरा या गोलमा पकाउँदा परिकारको स्वाद नै भिन्न हुन्छ । जुन धेरैको जनजिब्रोमा बस्न थालेको छ । इकोफ्रेन्ली भएका कारण पनि यो खालको खान्की धेरैले रोजेका हुन सक्छन् ।

क्षारीय प्रकृतिका करण क्ले पट अर्थात् मटियामा बन्ने खाना पचाउन सजिलो मात्र होइन, स्वादिलो र स्वास्थ्यबर्द्धक मानिन्छ । त्यसैकारण त पहिला–पहिला साधुसन्त ऋषिमुनिहरूले मटिया परिकार नै सेवन गर्थे । मटिया परिकार धेरै चिल्लो पनि हुन्न । अरु भाँडाकुँडाभन्दा सस्तो र सहज पाइने हुँदा मटिया परिकार बनाउँदा महंगो पनि हुन्न । जुन सहजरूपमा जहाँ पनि किन्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्